काठमाडौं– एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरले नेपालललाई ६८ रनको लक्ष्य दिएको छ।
मलेसियाको क्लब अमनमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर २८.३ ओभरमा ६७ रनमा अलआउट भयो। सिंगापुरको इनिङ ध्वस्त पार्न नेपालका लागि पवन शर्राफले उत्कृष्ट बलिङ गरे। पवनले ६ विकेट हात पारे। यस्तै किशोर महतोले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए।
पवनले ८ ओभरमा ४ मेडन राखेर १२ रन खर्चिए । किशोरले ५ ओभरमा १ मेडन फ्याँक्दा १४ रन दिए। सिंगापुरका लागि सिद्धान्त र सुनील उचिलले समान २०-२० रनको योगदान गरे।
दुवै टोली लगातार २ जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। खेलको नतिजाबाट समूह विजेताको टुंगो लाग्नेछ।
दुई महिनाअघि भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र सिंगापुरबीच दुई पटक प्रतिस्पर्धा भएको थियो। दुवै पटक नेपालले जित हात पारेको थियो।
बुधबार भुटानलाई ९ विकेटले हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
सिंगापुरको ब्याटिङ स्कोरकार्ड

बलिङको स्कोरकार्ड

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।