काठमाडौं– एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको क्लब अमनमा भइरहेको खेलमा सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ।
नेपालका लागि पवन शर्राफले ६ विकेट लिएका छन् भने सुरुवाती २ विकेट किशोर महतोले लिए। १ विकेट कप्तान दीपेन्दंसिह ऐरीले लिए। किशोरले सिंगापुरका दुवै ओपनरलाई आफ्नो सिकार बनाए। सिंगापुरका लागि अहिलेसम्म २ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुलेका छन्। अर्का बलर रोहित पौडेलले सुरुवाती ओभर ५ ओभर बलिङ गरेका पनि विकेट लिन सकेनन्। सिंगापुरले २७ ओभरको खेल सकिँदा ७ विकेटको क्षतिमा ६७ रन जोडेको छ।
दुबै टोली लगातार २ जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। खेलको नतिजाबाट समूह विजेताको टुंगो लाग्नेछ। दुई महिनाअघि भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र सिंगापुरबीच दुई पटक प्रतिस्पर्धा भएको थियो। दुवै पटक नेपालले जित हात पारेको थियो।
बुधबार भुटानलाई ९ विकेटले हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। नेपालले पहिलो खेलमाथाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।