रोटेरडम– इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको यो सिजनको सुरुवात उत्कृष्ट ढंगले गरेको छ। बुधबार राती डच क्लब फेयर्नुडलाई उसैको घरेलु मैदानमा ४–० गोलले पराजित गर्ने क्रममा समूह ‘एफ’ मा सिटीले विजयी सुरुवात गर्यो।
सिटीको जितमा जोन स्टोन्सले २ गोल गरे। उनले च्याम्पियन्स लिगमा क्लबका लागि सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान राख्न २ मिनेटमा गोल गरेका थिए। सर्जियो अगुइरोले १० मिनेटमा दोस्रो गोल गरे। च्याम्पियन्स लिगमा डेब्यु गरेका ब्राजिलका गार्बियल जेससले २५ मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता लिएको थियो। स्टोन्सले ६३ मिनेटमा दोस्रो गोल थपेका थिए।
यही समूहको अर्को खेलमा युक्रेनको साख्टर डोनेस्कले इटाली क्लब नेपोलीलाई २–१ गोलले पराजित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।