काठमाडौं – एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको क्लब अमनमा भइरहेको खेलमा सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ।
सुरुवाती १० ओभरमा नेपालका लागि किशोर महतोले दुई विकेट लिएका छन्। किशोरले सिंगापुरका दुवै ओपनरलाई आफ्नो सिकार बनाए। ४ विकेट शर्राफले २ विकेट लिएका छन्। अर्का बलर रोहित पौडेलले सुरुवाती १० ओभरमा ५ ओभर बलिङ गरेका छन्। सिंगापुरले २५ ओभरको खेल सकिँदा ६ विकेटको क्षतिमा ६५ रन जोडेको छ।
दुबै टोली लगातार २ जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। खेलको नतिजाबाट समूह विजेताको टुंगो लाग्नेछ। दुई महिनाअघि भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र सिंगापुरबीच दुई पटक प्रतिस्पर्धा भएको थियो। दुवै पटक नेपालले जित हात पारेको थियो।
बुधबार भुटानलाई ९ विकेटले हराएको नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। नेपालले पहिलो खेलमा थाल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।