काठमाडौं– क्रिस्टियानो रोनाल्डोको दुई महत्वपूर्ण गोलका कारण च्याम्पियन्स लिगको विजेता क्लब रियल म्याड्रिडले यस सिजनको सुरुवात जितबाट गरेको छ। मंगलबार रातीदेखि सुरु भएको यस सिजनको च्याम्पियन्स लिगअन्तर्गत दोस्रो दिन रियलले आफ्नो घरेलु मैदानमा साइप्रसको एपोइल निकोसियालाई ३–० ले पराजित गर्यो।
समूह ‘एच’ मा रहेको रियलले सान्टियागो बेर्नाबेउ रंगशालामा १२ मिनेटमै अग्रता लिएको थियो, जब रोनाल्डोले पहिलो गोल गरे उनले ५१ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए। तेस्रो गोल सर्जियो रामोसले ६१ मिनेटमा गरे।
यही समूहमा रहेको इंग्लिस क्लब टोटेनहामले पनि ३–१ गोलले बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।