काठमाडौं– एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको क्लब अमनमा हुने खेलमा सिंगापुरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ।
सिंगापुरले २६ ओभरमा ८ विकेटको क्षतिमा ६६ रन जोडेको छ। नेपालका किशोर महतोले २ र पवन शर्राफले ५ विकेट लिएका छन्।
दुवै टोली लगातार २ जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। खेलको नजिताबाट समूह विजेताको टुंगो लाग्नेछ।
दुई महिनाअघि भएको आइसिसी यू–१९ विश्वकप छनोट नेपाल र सिंगापुरबीच दुई पटक प्रतिस्पर्धा भएको थियो। दुवै पटक नेपालले जित हात पारेको थियो।
बुधबार भुटानलाई ९ विकेटले हराएर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो। यसअघि नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।