• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

माल्दिभ्समा यस्ता सुन्दर रिसोर्ट बनाउने नेपाली इन्जिनियर

64x64
नेपाल लाइभ बिहीबार, भदौ २९, २०७४  ०६:२१
1140x725

माल्दिभ्स– रोजगारीका लागि विदेश गएका नेपालीहरुले श्रम मात्र बेचेको खबर हामीले बढी सुन्ने गरेका छौं। कहिलेकाहीँ आफ्नो सिपको दक्षता देखाएर नेपालीहरुले विदेशमा देशको नाम उच्च राखेको समाचार फाट्टफुट्ट आउने गरेको छ। 

यस्तै आफ्नो सिपले माल्दिभ्सलाई सिँगारेर देशलाई गौरवान्वित पार्ने नाम हो, कृष्णप्रसाद चालिसे। जो पेसाले सिभिल इन्जिनियर हुन्।  

उनी ९ वर्षदेखि माल्दिभ्समा छन्। यहाँका बन्जर टापुलाई आफ्नो इन्जिनियरिङको कौशलले सिँगारेर उनले सुन्दर रिसोर्टमा ढालेका छन्। चारैतिर समुद्रले घेरेका यस्ता टापुमा रिसोर्ट मात्र होइन, पानीमुनि पनि रेस्टुराँ निर्माण गरेर उनले आफूलाई अब्बल साबित गरिसकेका छन्। 

त्यसैले उनलाई माल्दिभ्सको चर्चित निर्माण कम्पनी एट्मोस्फेयर होटेल एन्ड ग्रुपले कतै उम्किनै दिँदैन। उनी आफ्नो कम्पनी छोडेर अन्यत्र जान्छन् भन्ने डरले उनलाई प्रोजेक्ट डाइरेक्टर जस्तो ठूलो जिम्मेवारी सुम्पिएको छ। 

एट्मोस्फेयर माल्दिभ्सको यस्तो कम्पनी हो, जसले अरुका लागि रिसोर्टको भौतिक संरचना निमार्ण मात्र गर्दैन, आफैले पनि रिसोर्ट र रेस्टुराँ सञ्चालन गर्ने काम गर्छ। यी दुवै काममा चालिसे खटिने गरेका छन्। करिब ३ हजार कर्मचारीमाथि उनको प्रत्यक्ष–अप्रत्यक्ष निगरानी हुने गर्दछ। 

उनी संलग्न भएर ८ वटा रिसोर्ट, होटेल र रेस्टुराँको संरचना निर्माण भइसकेको छ। जसमा उनले आफ्नो एकल नेतृत्वमा ३ वटा रिसोर्टको काम पूरा गरिसकेका छन्। एउटाको निर्माण कार्य अन्तिम अवस्थामा छ। 

उनले निर्माण गरेको रिसोर्टमा अराइभल जेट्टी र जुमेराह धेभानाफुसी पर्छ। युनाइटेड अरब इमिरेट्स (युएई) का राजाको लगानी रहेको भनिएको जुमेराह होटलको विश्वभरि सयभन्दा बढी सञ्जाल भएको बताइन्छ।  

यो होटलको संरचना आफैमा लोभलाग्दो छ। चालिसेको सिपले यहाँ मन्त्रमुग्ध नहुने सायदै कोही भेटिएलान्। (तस्बिरमा हेर्नुहोस्)



उनले बनाएको अर्काे सुन्दर संरचना हो, ओजन रिसोर्टको। ससाना जमिनका भूभाग जोडेर बनाइजस्तो यो कलात्मक रिसोर्ट उनको एकल नेतृत्वमा सम्पन्न भएको हो । (तस्बिरमा हेर्नुहोस्)


यी बाहेक ‘ओब्लु वाई एट्मोस्फेयर’ पनि उनको इन्जिनियरिङ क्षमताको उत्कृष्ट नमूना हो। 

उनले समुद्रमाथि करिब आधा दर्जन भौतिक संरचना बनाएका छन् नै, समुद्रमुनि पनि रेस्टुराँ निर्माण गरेका छन्। यसमा पर्छ, ओजन रिसोर्ट अन्डरवाटर रेस्टुराँ। (तस्बिरमा हेर्नुहोस्)


काठमाडौंको पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ग्य्राजुएट गरेका उनले पोस्ट ग्य्राजुएट जर्मनीबाट गरेका हुन्। उनी नेपालमा हुँदा शर्मा एन्ड कम्पनीमा आबद्ध थिए। काठमाडौंमा चलचित्र विकास संस्थानको भवन, कमलादी कमर्सियल कम्प्लेक्स निर्माण हुँदा यो प्रोजेक्टमा उनी पनि संलग्न थिए। 

उनले जगदम्बा सिमेन्टको प्रोजेक्ट म्यानेजर भएर पनि केही समय काम गरे। 

जर्मनमा पढाइ सकेर देश फर्किएका चालिसे आफ्नै ठाउँमा केही गर्न चाहन्थे। तर, २०६३ सालपछि देशमा फैलिएको राजनीतिक अस्थिरताका कारण उनी नेपाल छोडेर विदेशिए।
भन्छन्, ‘कहिले तराई, कहिले कुन जाति, कहिले कुन दलले बन्द गरेर देश नै लथालिंग भयो। मैले चाहेको काम गर्ने वातावरण देखिनँ। त्यसैले विदेशिने निर्णय गरेँ,’ माल्दिभ्समा नेपाल लाइभसँग छोटो कुराकानी गर्दै उनले भने। 

उनी सुरुमा माल्दिभ्स कामको खोजीमा आएका थिएनन्। साथीहरुले घुम्न मात्र बोलाएका थिए। तर, उनलाई यहाँको वातावरणले लोभ्यायो। फेरि आफ्नो सिपको सम्मान हुने देखेपछि बस्ने रहर पलायो। 

‘सुरुमा मलाई यहाँ टिक्न गाह्रो पर्‍यो। जतात्यतै पानी।  घरको सम्झनाले ४ महिनामै फर्किने मनस्थितिमा पुगिसकेको थिएँ,’ उनी सम्झिन्छन्। 

तर, काम गर्न सुरु गरेपछि बिस्तारै यतै रमाउन थालेको उनी बताउँछन्। ‘मेरो काम उनीहरुले यति मन पराए। फर्किन्छ कि भन्ने डरले जे भन्यो पूरा गरिदिन्थे’, गुल्मीको मुसिकोटबाट माल्दिभ्स आएका चालिसे आफ्नो विगत सुनाउँछन्। 

दक्षिण एसियामै भएको हुनाले आवश्यक परेको बेला घर फर्किन सजिलो पर्ने, राम्रो हावापानी, योग्यताको उचित कदर हुने हुनाले आफूलाई माल्दिभ्स मन परेको उनी बताउँछन्। 

प्राविधिक जनशक्तिका लागि माल्दिभ्स निकै राम्रो भएको उनको बुझाइ छ। त्यसैले अवसरको खोजी गरिरहेका नेपाली इन्जिनियरका लागि माल्दिभ्स राम्रो गन्तव्य बन्न सक्ने उनी बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘सेवासुविधा राम्रो छ। ढुक्क भएर काम गर्ने वातावरण छ। छुट्टी पनि पाइन्छ,’ उनले भने, ‘एउटा पेसाकर्मीले अपेक्षा गरेका कुराहरु माल्दिभ्समा पूरा हुन्छन्।’ 
 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रकाशित मिति: बिहीबार, भदौ २९, २०७४  ०६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मधेशले मालिक खोजेको होईन : रवि लामिछाने शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
रुस र युक्रेनबीच ऊर्जा, बन्दरगाह र ड्रोन केन्द्रलाई लक्षित गर्दै आक्रमण शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्