नेपालगन्ज– चाँडपर्व मनाउनका लागि भारतबाट नेपाल फर्कने नेपाली कामदार तथा यात्रुहरुलाई सीमा नाकामा चेक जाँचका नाममा पैसा असुल्ने, नशालु पदार्थ खुबाएर लुटपाट गर्ने जस्ता कार्य हुन नदिन नेपालगन्ज रुपैडिया नाकामा यात्रु सहायता कक्ष खोलिएको छ।
यात्रुहरुलाई चेक जाँचका नाममा सीमा क्षेत्रमा रिक्सा टांगा संचालक सुरक्षाकर्मीहरुबाट हुने अवैध असुली रोक्नका लागि दुबै देशका सुरक्षा अधिकारीले पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
यात्रु सहायता कक्ष स्थापनाका लागि आयोजित कार्यक्रममा बोल्दै भारतको रुपैडिया प्रहरी थानाका प्रमुख आलोक रायले चाँड पर्व मनाउन भारतबाट नेपाल फर्कने नेपाली यात्रुमाथि भारतीय सीमावर्ती क्षेत्रमा हुने अवैध असुली तथा लुटपाटलाई पूर्ण रुपमा रोकिने बताए।
दशैँतिहार जस्ता नेपालीको प्रमुख चाँड पर्वका बेला रोजगारीका लागि भारत गएका नेपालीहरु दैनिक एक हजार देखि दुई हजार सम्म देश फर्केने गर्छन्। बर्ष भरी मजदुरी गरेर कमाएर
ल्याएको पैसा स्ािमावर्ती क्षेत्रमा लुटपाट हुने, सुरक्षाकर्मीबाट अवैध रुपमा असुल गर्ने कार्यलाई रोक्ने उद्देश्यले नेपालगन्ज रुपैडिया नाकामा यात्रु सहायता कक्ष खोलिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।