काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) व्यापारी सुमार्गीले १० दिनभित्र ९० करोड नबुझाए स्मार्ट टेलिकमको लाइसेन्स खारेज हुने संभावना, अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्विकार
२) तलब बढे पनि आफूले पाउँने रकमबारे कर्मचारी नै अनविज्ञ, मन्त्रालयले तलब संरचना टुंगो नलगाउँदा सेवानिवृत्त कर्मचारीमा अन्योल ।
३) लक्ष्य अनुसारको राजश्व संकलनमा भैरहवा भन्सार असफल, व्यापार घाटा २ खर्ब २५ करोड, मोटरसाइकलको आयात बढ्दा चिनीको घट्यो ।
४) भारतीय क्रिकेट टोलीको प्रशिक्षकमा रवि शास्त्रीलाई नै निरन्तरता दिन कोहलीको आग्रह, आफ्नो विचार जान्न खोजे तयारी अवस्थामा रहेको स्पष्ट ।
५) र, ब्राजिलको अल्टामिरा जेलमा कैदीहरु बीचमा ’ग्याङ फाइट’, पाँच घण्टासम्म चलेको फाइटमा ५७ कैदीको मृत्यु
पूरा समाचारका लागि भिडियो हेर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।