म्याड्रिड– रियल म्याड्रिडले ब्राजिलियन फूल ब्याक मार्सेलोको सम्झौता २०२१–२२ को सिजनसम्मका लागि लम्बाएको छ। २९ वर्षीय मार्सेलो २००६ देखि म्याड्रिडमा अनुबन्धित छन्। उनी फ्लुमिनेसबाट स्पेन आएका थिए। उनी म्याड्रिडबाट ४ सय ६ खेलमा देखिसकेका छन्। उनले २८ गोल गरेका छन्।
उनको आगमनपछि म्याड्रिडले तीन पल्ट च्याम्पियन्स लिग, ४ पल्ट ला लिगा, एक पल्ट कोपा डेल रे र २ पल्ट फिफा क्लब वल्र्ड कप जितेको छ। उनी दुई पल्ट ला लिगाको खेलमा प्रतिबन्धित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।