• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

७७ हजार वर्षअघि पनि थियो ओछ्यानको अस्तित्व, थाहा पाउनुस् रोचक इतिहास 

64x64
नेपाल लाइभ शनिबार, साउन ११, २०७६  १४:३५
1140x725

दिनभरको थकान आफ्नो ओछ्यानमा गएपछि मात्र समाप्त हुन्छ। सुत्न, पढ्न र यदि शान्तसँग बस्नुछ भने पनि पहिलो रोजाइको ठाउँ ओछ्यान नै हो। यही ओछ्यानको उत्पत्ति कसरी भयो र कसले गर्‍यो भन्ने बारेमा बिबिसीका संवाददाता केटी ब्रान्डले पत्ता लगाउने प्रयास गरेका छन्।

१) ७७ हजार वर्षअघि पनि भेटिएको थियो ओछ्यान 
इतिहासकार ग्रेग जेनर ओछ्यानको आविष्कार पाषाणकालमै भएको मान्दछन्। यो अस्तित्वमा आएको प्रमाण ७७ हजार वर्षपहिले पनि पाइने उनको बुझाइ छ। 

दक्षिण अफ्रिकाको गुफामा मानिसहरु आफ्नो हातले बनाएको ढुंगाको ओछ्यानमा सुत्ने गरेका थिए। ‘यसरी चट्टानलाई कुँदेर बनाइएको  ओछ्यान आरामदायी थिएन, त्यहाँ विभिन्न प्रकारका किराहरु समेत पाइन्थ्यो,’ इतिहासकार ग्रेग भन्छन्, यस्तो अवस्थामा सतहदेखि केही माथि उठाएर सुत्ने गरिन्थ्यो।’ 

ग्रेगका अनुसार उक्त समयमा मानिसहरु खानासमेत ओछ्यानमै बसेर खाने गर्दथे। जसका कारण त्यहाँ फोहोर हुन्थ्यो। त्यसलाई सफा गर्न उनीहरु त्यहाँ आगो बाल्ने गर्थे।  पुरातत्वविदहरुले आगोमा जलेको केही यस्ता वस्तु र पत्थरसमेत फेला पारेका थिए, जसले यो कुरालाई पुष्टि गर्ने ग्रेगको दाबी छ।

२) पत्थरको थियो सुरुवाती ओछ्यान  
इतिहासकार ग्रेगका अनुसार १० हजार वर्षपहिले नव-पाषाणकालमा टर्कीको आधुनिक दिनमा कैटैलहक यस्तो पहिलो सहर थियो, जहाँ सुत्नका लागि मानिसहरु जमिनभन्दा केही माथि ओछ्यान लगाउने गर्थे। इतिहासकार ग्रेग भन्छन्, ‘ओर्कनेयस (स्कटल्यान्ड) को स्कारा ब्रे नामक गाउँमा पनि यस्तै पत्थरबाट निर्माण भएका ओछ्यानहरु देखिएका थिए।’ यसरी जमिनमा पत्थर ओछ्याएर यसरी निर्माण गरिएको यो नै पहिलो पलङ (खाट) थियो। 


‘त्यहाँका मान्छेहरु पत्थरलाई एक ठाउँमा जम्मा गर्थे र त्यसलाई एक प्रकारको ओछ्यानको रुप दिन्थे, उनी भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

३) मिश्र सभ्यतामा जनावरको स्वरुप
समयक्रमसँग ओछ्यान आधुनिक र थप विस्तार हुँदै गयो। मिश्र सभ्यताका क्रममा धनी मानिसहरुले आफ्नो पलङमा खुट्टा हाल्न सुरु गरे। 

‘काठबाट निर्माण भएको ओछयान जनावरको आकारमा हुन्थ्यो,’ ग्रेगले भने, ‘खाटको खुट्टा जनावरको जस्तो बनाउन सुन्दर बुट्टा खोप्ने काम गरिन्थ्यो।’ तर यस्ता ओछ्यानहरु आधुनिक जस्ता समतल हुँदैन थिए।

ती खाट अहिले जस्तो सपाट थिएनन्। मुनितिर थोरै झुकेका हुन्थे। साथै तलतिर आड लाग्न मिल्नेगरी बनाइएको हुन्थ्यो।

Xtrem

Xtrem

४) उच्च दर्जाका मानिससँग जोडिएको ओछ्यान 
पश्चिमा देशहरुका साथै चीनको केही क्षेत्रमा केही भाग उठेको ओछ्यानलाई उच्च दर्जाका मानिससँग जोडेर हेर्ने गरिन्थ्यो। 

तर जापानमा यस्तो थिएन। त्यहाँ आज पनि परम्परागत टेटामी ओछ्यान लोकप्रिय रहेको छ। मानिसहरु भुइँमा गद्दा ओछ्याएर ओछ्यान लगाएर सुत्ने गर्दछन्। 

ग्रेगका अनुसार काजकिस्तानमा आज पनि जमिनमा ओछ्यान लगाउने परम्परा रहँदै आएको छ। उनीहरु एक प्रकारको गद्दाको प्रयोग गर्दछन्, जसलाई ‘तशक’ भनिन्छ।

यसकारण पनि भुइँमा ओछ्यान लगाइन्छ कि उनीहरुको स्थायी ठेगाना हुँदैन। घुमेर विभिन्न स्थानमा गएर उनीहरुले आफ्नो जीवन चलाउने गर्दछन्। उनीहरु टेन्ट, र अस्थायी ओछ्यान साथै लिएर घुम्ने गर्दछन्। आज पनि काजकिस्तानमा यो परम्परा कायमै रहेको छ।

५) ओछ्यानमै खाना खाने गर्थे रोम र युनानका मानिस 
रोम र युनानको समयमा ओछ्यानको काम धेरै रुपमा प्रयोग हुन थाल्यो। उनीहरुले ओछ्यानलाई सुत्नुको अलावा खाना खाने ठाउँको रुपमा प्रयोग गरे। ग्रेगका अनुसार उनीहरु ओछ्यानको एक किनारामा सिरानीको सहारा लिएर बस्ने गर्दथे।

जसले गर्दा छेउमा टेबल राखेर त्यसमा खाने कुरा राखेर सहज रुपमा खाने गरेका थिए। 

६) मध्यकालीन युगको ‘ग्रेट बेड’
मध्यकालीन युरोपमा सबैभन्दा गरिब मानिसहरु भुस र घाँसमा सुत्ने गर्दथे। तर धनाढ्यहरु सुनजडित ओछ्यानमा सुत्ने गर्दथे। यस्तो ओछ्यानलाई ‘ग्रेट बेड’ भनिन्थ्यो। 

यो ओछ्यान एक स्थानबाट अर्को स्थानमा लैजान सक्ने गरी बनाइएको हुन्थ्यो।

‘देख्नमा यो ओछ्यान ठोस जस्तो लाग्छ। जब मानिसहरु विदेश जान्थे त्यसलाई बोकेरै लैजाने गर्दथे। ग्रेगले भने, ‘तर यो ओछ्यान यति ठूलो थियो कि पूरै फुटबल टिम त्यसमा अट्न सक्ने हुन्थ्यो।’

७) काठ र डोरीले बनेको ओछ्यान  
सुरुवाती आधुनिक समयमा ओछ्यानको ढाँचामा आमुल परिवर्तन हुँदै आयो। समयक्रमसँगै आधुनिक समयमा ओछ्यानको आकार काठबाट बन्न थाल्यो। वरिपरि काठ र बीचमा प्राकृतिक रुपमा निर्माण भएका डोरीहरुको प्रयोग हुन थाल्यो। 

‘यस्तो खाटमा डोरीहरुले तानेर काठलाई ढाँचामा ल्याइन्छ। जब यो खुकुलो हुँदै जान्थ्यो, पुन: कसिन्थ्यो। भारतमा यसलाई चारपाईको नाममा अहिले पनि चिनिन्छ। 

८) सम्पन्नता झल्काउने ओछ्यान 
चौधौं-पन्ध्रौं शताब्दीमा यस तरिकाका ओछ्यानहरु लोकप्रिय भए। 

‘यस्ता ओछ्यानहरुको माथि  एक प्रकारको आवरण हुने गर्दछ,’ ग्रेगले भने, ‘खासगरी इटालीका मानिस यस्तो ओछ्यानमा धेरै उत्सुक रहेका थिए। यी ओछ्यानमा पातलो पर्दा र छोटा तकिया हुने गर्दथे। जसले गर्दा यी ओछ्यान ठूलो थिएटरझैं लाग्दथे।’

खान्दानी रुपमा देखाउनका लागि पनि यस्ता ओछ्यान बनाइन्थ्यो। यसलाई सम्हाल्नका लागि भने अलग्गै व्यक्तिको आवश्यकता हुने गर्दथ्यो। 

९) राजनीतिक जीवनको केन्द्र ओछ्यान 
सुरुवाती आधुनिक कालका जानकार प्रोफेसर आशा ह्यान्डका अनुसार आधुनिक कालको सुरुवातामा सरकारी ओछ्यान प्रसिद्ध रहेको थियो। 

१७औं शताब्दीको अन्त्यमा बर्सेल्सलमा फ्रान्सका लुई चौधौं र इंग्ल्याडका राजा चार्ल्स यस ओछ्यानको विस्तार गर्ने दुई प्रमुख सम्राट थिए। बरोकको राजनीतिक संस्कृतिमा राजशाहीको समयमा यो धारणा थियो कि राजा या रानीलाई भगवानले सोझै शासन गर्ने अधिकार र शक्ति मिल्ने गर्छ। उनीहरुको लागि ओछ्यान राजनीतिक जीवनको केन्द्र थियो। यसको वरिपरि धेरै अनुष्ठान हुने गर्थ्यो। त्यसमा सम्राटलाई मन परेका दरबारियाहरु सहभागी हुने गर्दथे। 

१०) ओछ्यानमा चक्कु 
इसाईहरुको मान्यता थियो कि रातमा सुतेपछि खराब शक्ति बलियो हुने गर्दछ। बाइबलमा यस किसिमका अनेक उदाहरण रहेको छन्। जसमा बताइएको छ, खराब शक्तिले सुतेका मानिसलाई मारिदिएको छ। यसबाट बच्नका लागि मानिसले धार्मिक उपायहरु अवलम्बन गर्न थाले।

जसअनुसार बच्चाहरुको ओछ्यानमा चक्कु राख्न थालियो। यसको अलावा भेडाको दाँतसमेत लगाएर सुत्ने गर्न थाले। 

आज पनि अमेरिकामा खराब शक्ति र सपनासँग बच्नका लागि ड्रिम क्याचरको प्रयोग हुने गरेको छ।

११) ६ गद्दा समावेश भएको मूल्यवान ओछ्यान
आधुनिककालको सुरुवातमा कुनै पनि परिवार ओछ्यानका लागि पैसा र समय दुवै खर्च गर्न तयार थिए। यस्ता खाटहरुलाई परिवारको विरासतको रुपमा लिइन्थ्यो।

१२) बिरामसँग लड्नका लागि फलामको ओछ्यान 
१९औं शताब्दीसम्म काठले बनेका ओछ्यान प्रयोगमा थिए। तर १८६० को दशकमा मानिसहरुले किटाणुका बारेमा जानकारी पाए। काठको ओछ्यानमा धमिरा लाग्न थाल्यो। यही सम्भावना कम गर्ने खोजी गर्दै जाँदा फलामको ओछ्यानमा परिवर्तन भयो।

फलामको ओछ्यान स्वास्थ्यका लागि पनि आरामदायी र राम्रो मानिन्थ्यो। यसलाई सफा गर्नसमेत सहज र सजिलो थियो। 

१३) बच्चाको ओछ्यान 
ऐतिहासिककालमा एक परिवार एउटै ओछ्यानमा सुत्ने गर्दथे। तर ब्रिटेनमा मानिसहरुले अलगअलग स्थानमा सुत्नुपर्नेबारे सोच्न थाले। 

भिक्टोरियनका स्वास्थ्य विशेषज्ञले बच्चाहरु आमाबाबुसँगै सुत्न नहुने तर्क अघि सारे। उनले बाबुआमासँगै सुत्दा बच्चाको ऊर्जामा असर पर्ने भएकाले अलग्गै सुत्नुपर्ने तर्क गरे। यही कारण बच्चाका लागि अलग्गै ओछ्यानको आविष्कार भयो।

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्