• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आरक्षण : मर्मलाई बुझ्ने कि शब्दमा खेल्ने?

64x64
नेपाल लाइभ मंगलबार, साउन ७, २०७६  १२:१९
1140x725

आरक्षणको अभ्यास सरकारी जागिर प्राप्तिसँग जोडिएको देखिन्छ। सरकारी सेवा प्रवेशमा आरक्षणको व्यवस्थासँगै केहीले अधिकार गुमाएको र केहीले पाएको अनुभुति गर्दै आएका छन्। दुभार्ग्य यही हो की आरक्षणको व्यवस्थालाई पाउने/गुमाउनेको नजरबाट बढी र राज्यको विभिन्न निकाय र संयन्त्रमा बहुल समाजको प्रतिबिम्ब स्थापित गर्न खोजिएको प्रयासको रुपमा कम बुझियो छ।

आरक्षण राज्य संयन्त्र पनि समावेशी देखियोस् भन्ने उद्देश्यसहित चालिएको कदम हो। यो विधि आफैंमा समानता, मानव अधिकार जस्तो महान उद्देश्यबाट अभिप्रेरित छ। तर, यसको खास मर्मभन्दा पनि शब्दमा टेकेर बहस गरिंदै आएको छ। लेखिएका वाक्यकै आधारमा आरक्षण कार्यन्वयन गर्ने कोशिस हुँदैछ। आरक्षणको पक्षधर र विपक्षी बिचको जुहारी पनि राम्रैसँग मौलाएको छ।

विरोध गर्नेहरु क्षमताको आधारमा अवसर पाउनुपर्ने दलिल पेस गरिरहेका छन्। आरक्षणका पक्षधरले वर्षाैंदेखिको विभेद सम्बोधन गर्ने अस्त्र भएकोले यसको आवश्यकता औंल्याउँछन्। बहस र विवादबीच आरक्षण चलिरहेको छ।

तर्क-वितर्कको मझदारमा रहेको आरक्षणको मुल मर्म बिरलैले मात्र महसुस गरिएको देखिन्छ। नीतिमा लेखिएको शब्दलाई पढेर मात्र यसको मुल मर्म बुझ्न सकिँदैन। हाम्रो समाजको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई गहिरिएर नियाल्न सक्नुपर्छ। गहिरिएर नियालेपछि थाहा हुन्छ की समाजमा सबै किन समान हुन सकेनन्, समाजमा अंगालिएका संस्कारगत अभ्यासले समुदायहरु कसरी असमान हुन पुगे भनेर।

कुनै खास समयमा खास विधिबाट मापन गरेर व्यक्तिको क्षमता पत्ता लाग्छ भन्नु उचित तर्क होइन।

विगतको असमानताबाट पाठ सिक्दै छिट्टै सामेली/समावेशी समाज निर्माणको लागि तय गरिएको बाटो हो आरक्षण। यसले आन्तरिक रुपमा सबैलाई समान बनाएर हरेकको आत्मविश्वासलाई उचो बनाउँछ। 

निश्चय नै क्षमताको कदर हुनुपर्छ। तर, क्षमताको बारेमा बहस गर्दैगर्दा दुईवटा कुरा बुझ्नु जरुरी छ। पहिलो कुरा मानिस आफैंमा क्षमतावान् प्राणी हो। भलै क्षमताका विभिन्न स्वरुप हुन्छन्, जसलाई पत्ता लगाउन उचित विधिबाट मापन गर्नुपर्छ। दोश्रो कुरा क्षमता निरपेक्ष कुरा होइन, सापेक्ष हुन्छ। यसको सापेक्षता समय, परिस्थिति र यसको मापन विधिसँग जोडिन पुग्छ। तसर्थ, कुनै खास समयमा खास विधिबाट मापन गरेर व्यक्तिको क्षमता पत्ता लाग्छ भन्नु उचित तर्क होइन। कुनै खास विधिबाट मापन गरिने क्षमता कुनै खास व्यक्ति वा समुदायको मानिसमा नदेखिन सक्छ।

व्यक्तिमा अन्तर्निहित क्षमता वा गुण पत्ता लगाउन विधि वा प्रकृया पनि बदल्नु पर्ने हुनसक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

साथै मानिस निरन्तर सिक्ने गुण भएको प्राणी हो। मानिसले आवश्यकता र समय हेरि क्षमता बढाउँदै लैजान सक्छ। यसकारण क्षमताको प्रसंग निकालेर आरक्षणको विरोध गर्नुको औचित्य छैन। किनकी बहुल समाजबाट आएको मानिसको क्षमता जाँच्न बहुल विधि अपनाउनु पर्छ। बहुल समाजको मानिसलाई एकल विधिबाट क्षमता चाँज्ने प्रयास गरिन्छ भने त्यो उचित विधि होइन र हुन पनि सक्दैन।

आरक्षणको सवालमा मानिसहरु दुई कित्तामा विभाजित छन्। क्षमताको पक्षधर हुन् वा आरक्षणको पक्षधर, दुवैको ध्यान नोकरी सुनिश्चित गर्नेमा केन्द्रित छ।

विधिमा बहुलता नभएपछि सिमान्तकृतलाई कुनै न कुनै रुपमा सहजता प्रदान गर्नुपर्छ र त्यसैको अभ्यास हो आरक्षण।

आरक्षणको सवालमा मानिसहरु दुई कित्तामा विभाजित छन्। क्षमताको पक्षधर हुन् वा आरक्षणको पक्षधर, दुवैको ध्यान नोकरी सुनिश्चित गर्नेमा केन्द्रित छ। मानिसमा यो सोचाई आउनु स्वभाविक पनि हो। किनकि बेरोजगारी समस्या दिनानुदिन बढ्दो छ। आरक्षणको विरोध वा समर्थनको मनोविज्ञान बेरोजगारीको समस्यासँग पनि जोडिएको छ। आरक्षणको व्यवस्थाले वर्षाैंदेखि नेपालको कर्मचारीतन्त्रमा अनुभव संगालेको जाति/समुदायको कोटालाई साँघुर्‍याउँछ। उनीहरुलाई आरक्षण पक्षधरताले भन्ने गरेको- 'यो राज्यले प्रदान गरेको अधिकार हो, तिम्रो सम्पत्तिको भाग मागेको हैन' भन्ने जवाफले चित्त बुझ्दैन। अर्काे सत्य के पनि हो भने, राज्यले आरक्षण कोटा निर्धारण गर्दैगर्दा एकथरिलाई मार पर्छ नै। तर, एकथरि मानिसको रोजगारीको सम्भवाना साँघुरिदै गर्दा, अर्काेतिर यसले पार्ने वृहत्तर प्रभाव भुल्नुचाहिँ हुँदैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पितापुर्खाको पालादेखि नै सरकारी सेवाको अनुभव संगालेकाहरुलाई आरक्षणको व्यवस्थाले विभेद गरेकै छ। तर, यो विभेदको पछि एउटा पवित्र उद्देश्य लुकेको छ। त्यसैले आरक्षणलाई सकरात्मक विभेद भनिएको हो। समुन्नत जातिको केही युवाले अवसर गुमाउँदै गर्दा, सिंगो सिमान्तकृत समुदायले राज्य संयन्त्रमा आफ्नो प्रतिनीधि पाउँछ भन्ने हो। तसर्थ, आरक्षण नपाउनेले पनि छाति चौडा पार्ने बेला हो यो।

किनकी आरक्षणले सिमान्तकृत समुदायको केही व्यक्तिले जागिर मात्र खाँदैनन्। राज्य संयन्त्रमा हाम्रा मानिस पनि पुग्न थाले भनेर सिमान्तकृत समुदाय उत्साहित हुन्छन्।

आन्दोलनको मर्म एकाधलाई जागिर खुवाउनु मात्र थिएन। आफ्नो समुदायलाई राज्य संयन्त्रमा पुर्‍याउनु थियो। अनि त्यो राज्य संयन्त्रबाट बढीभन्दा बढी लाभान्वित हुनु थियो। तर, दुर्भाग्य यसरी जानेहरुको आनीबानी पनि पुराना कर्मचारीको जस्तै छ र ती कर्मचारीमा राणाकालीन सोच छ। जो सेवाग्राहीलाई रैतिको रुपमा देख्छन्।

जसरी आरक्षण नपाउनेले सोचाई फराकिलो बनाउनु जरुरी छ, त्यसरी नै आरक्षणबाट अवसर पाउनेले पनि जागिरभन्दा धेरै कुरा सोच्न जरुरी छ। खुल्ला प्रतिस्पर्धामा सक्षम समुदायको लागि सरकारी सेवा प्रवेश जागिर खाने माध्यममात्र होला। तर, आरक्षणबाट सेवा प्रवेश गर्नेका लागि यो जागिर कम सामाजिक दायित्व बढी हो। आरक्षण कोटाबाट प्रवेश गरेकाले कार्यालयमा बसेर १०-५ बजेको जिम्मेवारी निर्वाह गरेर मात्र हुँदैन। सिंगो समुदायलाई प्रोत्साहित गर्ने काम र व्यवहार देखाउनु पर्छ। किनकी आरक्षण कोटाबाट प्रत्यक्षरुपमा एकाधले अवसर पाउँछन्। तर, यो अवसरको लागि सिंगो समुदायले आन्दोलन गरेको हो।

आन्दोलनको मर्म एकाधलाई जागिर खुवाउनु मात्र थिएन। आफ्नो समुदायलाई राज्य संयन्त्रमा पुर्‍याउनु थियो। अनि त्यो राज्य संयन्त्रबाट बढीभन्दा बढी लाभान्वित हुनु थियो। तर, दुर्भाग्य यसरी जानेहरुको आनीबानी पनि पुराना कर्मचारीको जस्तै छ र ती कर्मचारीमा राणाकालीन सोच छ। जो सेवाग्राहीलाई रैतिको रुपमा देख्छन्। तसर्थ, सिमान्तकृत समुदायले सरकारी सेवा प्रवेशलाई जागिरको रुपमा मात्र लिए भने त्योभन्दा ठूलो भुल केही हुँदैन। उनीहरुले सबैलाई सम्मान गर्ने र आफ्नो समुदायलाई प्रोत्साहित गर्ने काम गर्नुपर्छ।

नेपाल जस्तो बहुल समाजको राज्य संयन्त्र जति समावेशी हुन्छ, उति राम्रो। यसो गर्दा सबैले अपनत्वको महसुस गर्न पाउँछन्। सबैले अपनत्व महसुस गरेको ठाउँमा सकरात्मक सोचले बढी स्थान पाउँछ। सकरात्मक सोच भएकाहरुको देश सभ्य, समृद्ध र समुन्नत हुन बेर लाग्दैन।

आरक्षण समतामुलक समाज निर्माणको लागि चालिएको कदम हो। तर, समतामुलक समाज निर्माणमा चाहिने फराकिलो सोच भने देखिएको छैन।

भाग गुम्यो कि मिल्यो भन्ने मनोविज्ञानबाट ग्रसित छन् मानिसहरु। यस्तो साँगुरो सोचले उपलब्धि हाँसिल हुँदैन। अर्काेतिर आरक्षण कसरी अगाडि बढाउने भन्नेमा विभिन्न तर्कहरु पनि आउन थालेका छन्। आउनु स्वभाविक पनि छ। किनकि अभ्यासको क्रममा नयाँ कुरा सिकिँदै गइन्छ। त्यसअनुरुप सुधार गर्दै पनि जानुपर्छ। तर, आरक्षणबारे लेखिएका शब्दमा खेलेर संख्या घटाउने, बढाउने काम चाहिँ उचित होइन।

मुख्य कुरा आरक्षण राज्यलाई समावेशी बनाउन चालिएको एक विधि हो भनेर महसुस गर्नुपर्छ। नेपाल जस्तो बहुल समाजको राज्य संयन्त्र जति समावेशी हुन्छ, उति राम्रो। यसो गर्दा सबैले अपनत्वको महसुस गर्न पाउँछन्। सबैले अपनत्व महसुस गरेको ठाउँमा सकरात्मक सोचले बढी स्थान पाउँछ। सकरात्मक सोच भएकाहरुको देश सभ्य, समृद्ध र समुन्नत हुन बेर लाग्दैन।

सबैमा आत्मविश्वास भरिएपछि, सबैले सबैलाई सराबरीरुपमा सक्षम व्यवहार गर्ने वातावरण बनेपछि आरक्षण बन्द गर्न सकिन्छ। तर, अहिले सबै जाति तथा समुदायमा समान तहको आत्मविश्वास निर्माण गर्न आरक्षणप्रति सकरात्मक हुनैपर्छ।

आरक्षण सबै जाति–समुदायलाई समान भएको अनुभुति गराउँदै राज्यको मुल प्रवाहमा ल्याउने प्रयास हो। तर, यो अन्तिम विकल्प भने होइन। तसर्थ, यो माध्यमबाट सबै जातजातिलाई चाँडोभन्दा चाँडो राज्यको मुल प्रवाहमा ल्याउने र सबै जाति तथा समुदायलाई समान हैसियत दिलाउनुपर्छ। तर, यसको लागि आरक्षणको विरोध वा समर्थनमा जुहारी खेलेर उपलब्धि हाँसिल हुँदैन। यो व्यवस्थाप्रति सबै इमानदार हुनुपर्छ। यसको मर्मलाई महसुस गरेर व्यवहारमा उतार्ने प्रयास गर्नुपर्छ। अनि मात्र सामेली समाज निर्माणको कामले गति लिन्छ।

सबैमा आत्मविश्वास भरिएपछि, सबैले सबैलाई सराबरीरुपमा सक्षम व्यवहार गर्ने वातावरण बनेपछि आरक्षण बन्द गर्न सकिन्छ। तर, अहिले सबै जाति तथा समुदायमा समान तहको आत्मविश्वास निर्माण गर्न आरक्षणप्रति सकरात्मक हुनैपर्छ। 

सामेली समाज निर्माण नभइन्जेल आरक्षणको अन्त्य हुँदैन। तसर्थ, इमानदार भएर आरक्षण कार्यन्वयन गरौं। इमानदारीताले उपलब्धि ल्याउँछ। उपलब्धि हाँसिल भइसकेपछि कुनै पनि विधिको औचित्य आफैं समाप्त हुन्छ। तर, इमानदार भएनौं भने, वर्षाैंपछि पनि भारतमा जस्तै आरक्षण हटाउने होइन, बरु आरक्षण सूचीमा नयाँ समुदायको नाम थप्दै विवाद गरिरहेका हुनेछौं।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्