• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चुनावमा चासो छैन मुसहर बस्तीका बासिन्दालाई, भन्छन्- 'कुन नेताले हामीलाई चिनेको छ र?'

64x64
नेपाल लाइभ बुधबार, भदौ २८, २०७४  ११:०३
1140x725

वीरगञ्ज- लोकतन्त्र प्राप्तिपछि देशमा ठूल्ठुला परिवर्तन भए तर तेलकुवाका मुसहर बस्तीले भने परिवर्तनको कुनै आभास पाएन।

बाराको गढीमाई नगरपालिका–२ मा पर्ने तेलकुवा मुसहर बस्तीका ७० वर्षीय तनु माझी आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनप्रति चासो नै छैन। 'प्रत्येक पटकको निर्वाचनमा नेताले झुटो आश्वासन दिएर जितेर जान्छन्, तर फर्किएर कहिल्यै आउँदैनन्,' वृद्ध माझी मलिनो अनुहार लाएर भन्छन्, 'कुन नेताले आजसम्म हामीलाई चिनेको छ र? हामी दिनदिनै गरिब हुँदै गएका छौं, हाम्रो दु:ख  हेर्ने कोही नेता भएनन्।' 

एक सय ६० घरधुरी रहेको यो बस्तीमा करिब ३ सय मुसहर मतदाता छन्। चुनावी माहोलमा नेता कार्यकर्ताको ताँती लाग्दा मुसहर बस्तीका मतदाता दैनिक जीवनयापनका लागि साहु महाजनको खेतमा नै व्यसत हुने गरेका छन्।

अर्का वृद्ध बाबुलाल माझीको पीडा छ, 'मुलुकमा धेरै परिवर्तन भएको आफूले सुनेको छु, तर हाम्रो मुसहर बस्तीको अवस्था आदिमयुगको जस्तै भएको छ।' यस पटक भने उनीहरुले मत माग्न आउने उम्मेदवारसँग पक्की घर, निःशुल्क शिक्षा र खानेपानीजस्ता आधारभूत आवश्यकताको माग गरेका छन्। 'जसले पूरा गर्छ उसैलाई मत दिन्छु,' स्थानीय लालमतिदेवी माझी भन्छिन्, 'हामी बसेको जग्गाको लालपूर्जा छैन, उनीहरुले सोको व्यवस्था मिलाउनैपर्छ।' 

ऐलानी जग्गामा घर बनाई बसिरहेका ८० घर परिवारका लागि त्यहाँ ३ वटा चापाकल छन्, ती पनि अरुले जडान गरेका। कांग्रेस, नेकपा एमाले र माओवादीका नेताले मुसहर बस्तीको मुहार फेर्न यसअघिका निर्वाचनमा ठूलठूला सपना देखाए पनि आजसम्म आधारभूत आवश्यकता नै पूरा नगरेको रामजी माझी बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

शिक्षा, खानेपानी, स्वास्थ्य, शौचालय जस्ता आधारभूत आवश्यकताबाट वञ्चित मुसहरबस्तीका दलित बासिन्दाका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाबाट आर्थिक सहयोग नभएको होइन तर समस्या उस्तै छ। सञ्चारकर्मी तथा मानवअधिकारकर्मी श्यामबाबु यादवका अनुसार दलितको मत लिएर जित्ने नेताहरुकै विभेदका कारण मुसहर बस्तीका बासिन्दाको जीवनस्तर दयनीय भएको हो।

स्थानीय तहमा दलित महिला सदस्य अनिवार्य भएकाले असोज २ गतेको निर्वाचनमा मुसहर बस्तीका मतदातालाई तान्न नेकपा एमालेले वडा सदस्यमा लोरिक माझी र लालमति मुसहरलाई, संघीय समाजवादी फोरम नेपालले वडा सदस्यमा मन्जोतिया मुसहरलाई उम्मेदवार बनाएको छ। 

जनता आवास कार्यक्रमअन्तर्गत सरकारले मुसहरबस्तीमा पक्की घर बनाउन करोडौँ रुपैयाँ दिए पनि त्यो रकम वास्तविक घरबार विहीनका लागि घर बनाउनेतर्फ खर्च नभएको सहरी विकास तथा भवन कार्यालयका एक कर्मचारी भन्छन्। यस कार्यालयअन्तर्गत प्रत्येक घरका लागि रु २ लाख १४ हजारका दरले बारा, पर्सा र रौतहटमा गरी ३ हजार घर बनाउन ६ करोडभन्दा बढी रकम सरकारले विनियोजन गरेको छ। जनता आवास घर बनाउन बारामा मात्रै ६ हजार मुसहरले निवेदन दिएको लामो समय भए पनि अहिलेसम्म केही उपलब्धि हुन नसकेको मुसहरबस्तीका बासिन्दाको भनाइ छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पछिल्लो जनगणनाअनुसार बारामा ९ हजार ६३९ दलित मुसहर परिवार रहेका छन्।

बारा जिल्लामा ५ नगरपालिका, ३ उपमहानगरपालिका, ९ गाउँपालिका गरी १६ स्थानीय तह र १ सय ६७ वडा रहेका छन्। जिल्लामा ३ लाख ३४ हजार ७ सय ४६ मतदाता, ३ सय ४ मतदान स्थल र ४ सय ५९ मतदान केन्द्र छन्।रासस

प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्