काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) नेकपाले टुंग्यायो ७७ जिल्ला, ६ महानगरका इन्चार्ज र सहइन्चार्ज, विभाग र आयोगको नेतृत्व टुंगो लगाउन मंगलबार अर्को बैठक बस्ने
२) वित्तीय अनुशासन उल्लंघन गर्दै अर्थ मन्त्रालयद्वारा एक वर्षमा १ खर्ब रुपैयाँ रकमान्तर, असोजमा रकमान्तर शून्य, असारमा मात्र २२ अर्ब
३) संकटमा वैदेशिक रोजगारीः फ्री भिसा फ्री टिकट निष्प्रभावी, खुम्चिँदै खाडीको अवसर, रोजगारीमा जानेको संख्या ०७२ सालदेखि घटेको सरकारी अधिकारीहरुको दाबी
४) दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण, नरेश र मल्लिकाले भारतलाई पछि पारे
५) र, पाकिस्तानमा लगानी गर्न प्रधानमन्त्री इमरान खानको अमेरिकालाई आग्रह, सोमबार ट्रम्पसँग भेटवार्ता हुने
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।