काठमाडौं– विश्व चर्चित अमेरिकी ब्रान्ड एप्पलले मंगलबार राति अहिलेसम्मकै सबैभन्दा महँगो र एड्भान्स फिचर भएको स्मार्टफोन आइफोन–८, आइफोन–८ प्लस र आइफोन– एक्स सार्वजनिक गरेको छ।
एप्पल पार्कस्थित स्टिभ जब्स थिएटरमा भव्य कार्यक्रमका बीच कम्पनीका प्रबन्ध निर्देशक टिम कुकले नयाँ आइफोन सार्वजनिक गरे । दुई वटा स्टोरेज, ६४ जिबी र २ सय ५६ जिबी रहेको आइफोन–८ को मूल्य ६ सय ४७ अमेरिकी डलर हुनेछ। आइफोन–८ प्लसको मूल्य भने ७ सय ९९ डलरबाट सुरु हुनेछ।
यसमा विशेष आइफोन–एक्समा होम बटन छैन्। यो ‘फेस आइडी’ युक्त हुनेछ । फोन सार्वजनिक गर्ने कार्यक्रमभन्दा पहिले नै एप्पलको सबै स्टोरलाई केही समयका लागि बन्द गरिएको थियो। स्टोरको वेभ साइटमा ‘हामी केही समयपछि पुन भेट्ने छौं’ भन्ने सन्देश छोडिएको थियो । साथै वेबसाइटमा तपाईहरुका लाग एप्पल स्टोर अपडेट गरिरहेका छौं भन्ने लेखिएको थियो।
के भयो फोन सार्वजनिक समारोहमा
– कम्पनीका प्रमुख टिम कुकले आफ्नो मन्तब्यमा संस्थापक स्टिभ जब्सलाई स्मरण गरे। उनले फोन सार्वजनिक गर्ने समारोहमा आफ्नो दिन स्टिभलाई स्मरण नगरी नबित्ने गरेको बताएपछि महौल भावुक बनेको थियो।
– कम्पनीका उपाध्यक्षले एप्पल स्टोरको बारेमा जानकारी दिएका थिए।
– सबैभन्दा पहिले एप्पलको घडी सार्वजनिक गरिएको थियो।
– एप्पल प्रमुख टिम कुकले रोलेक्स र कार्टियरजस्ता विश्व चर्चित ब्रान्डलाई पछाडि छोडेर एप्पलको घडी विश्व कै नम्बर एक बन्न सफल भएको जानकारी दिए।
– पहिलो पल्ट प्रदर्शनीका लागि प्रयोग गरिएको एप्पल पार्कको विषयमा जानकारी दिइएको थियो।
– मुटुको धड्कन बढ्को खण्डमा एप्पल घडीले अलर्ट गराउने बताइयो।
– एप्पल घडीको सिरिज–३ सार्वजनिक कार्यक्रममा घडीमा सेल्युलर विल्ट इन फिचर रहेको जानकारी दिइयो।
– एप्पल घडीको सिरिज–३ मा फोन गर्न पनि र उठाउन पनि सकिन्छ। गीत सुन्न पनि सजिलो छ।
– घडीको बुकिङ १५ सेप्टेम्बरदेखि हुनेछ। २२ सेप्टेम्बरदेखि बिक्री गरिनेछ।
– एप्पल घडी सिरिज–१ को मूल्य २ सय ४९ डलरबाट सुरु हुनेछ। सिरिज–३ को मूल्य ३ सय २९ डलर हुनेछ।
– एप्पल घडी पछि टेलिभिजन सार्वजनिक गरिएको थियो।
– नयाँ टेलिभिजनको नाम एप्पल टिभी–४ नामांकरण गरिएको छ।
– यसपछि आइफोन ८ सार्वजनिक गरिएको थियो। प्रोमो भिडियोबाट नयाँ सिरिजको दुईवटा हेन्डसेटको तस्वीर देखाइएको थियो।
– सिल्वर, स्पेस ग्रे र नयाँ गोल्ड कलरमा आईफोन बजारमा आउँदैछ। आईफोन–८, ७ हजार सिरिजमा अल्मुनियम प्रयोग भएको छ।
– आइफोन–८ र आइफोन– ८ प्लसमा ए–११ बायोनिक चिपसेट प्रयोग भएको छ।
– आइफोन–८ मा १२ मेगापिक्सलको रियल क्यामरा, अप्टिकल इमेज र स्टेबलाइजेशनयुक्त हुनेछ।
– आइफोन ८ प्लसमा १२ मेगापिक्सलको दुईवटा सेन्सर, अप्टिकल इमेज, स्टेबलाइजेशन फिचरलाई ठाउँ दिइएको छ।
– आइफोन–८ र आइफोन–८ प्लस वायरलेस चार्जिङलाई सपोर्ट गर्छ।
– आइफोन–८ र आइफोन–८ प्लसको सुरुवाती भेरियन्ट अब ६४ जिबीको हुनेछ।
– आइफोन– एक्समा सुपर एन्टिना डिस्प्ले हुनेछ। यसमा २४३६ गुणा ११२५ पिक्सेलको रेजुलुसन हुनेछ।
– आइफोन– एक्समा कुनै होम बटन हुने छैन। अनुहारलाई पढेर यो खुल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।