complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

'पूर्ण' बन्दै गएका पल

64x64
नेपाल लाइभ बुधबार, भदौ २८, २०७४  १९:३४
1140x725

कामका हिसाबले उनी ‘पूर्ण’ बन्दै गइरहेका छन् । तर, नाम फेरेर ‘पल’ बनाएका छन्।
 
कुरा हो, अभिनेता पल शाहको । उनको वास्तविक नाम पूर्णविक्रम शाह हो । केही वर्षअघि सम्म उनले म्युजिक भिडियोमा सफलताको एक्लौटी झन्डा गाडेका थिए। अहिले फिल्ममा पनि उनी त्यही पहिचान बनाउन लालायित देखिन्छन्। 

उनको डेब्यु फिल्म ‘नाइँ नभन्नू ल –४’ हिट भयो । त्यसपछि ‘म यस्तो गीत गाउँछु’ ले उनको स्टारडम चुलियो । हाल उनी आफ्नो तेस्रो फिल्म ‘जोनी जेन्टलम्यान’ रिलिजको पर्खाइमा छन् । र, यो फिल्म पनि हिट हुने अपेक्षा गरिएको छ। 

तेस्रो फिल्म सफल भएको खण्डमा उनले नेपाली फिल्म उद्योगमा सफलताको ‘हयाट्रिक’ गर्नेछन्। 

‘म निकै आशावादी छु’ पल भन्छन् । ‘हनीबनी’ बोलको ‘म्युजिक भिडियो’ रिलिज भएपछि उनी सानो पर्दामा निकै व्यस्त बनेका थिए । ठूलो पर्दामा पनि उनको अभिनय रुचाइएको प्रमाण हो, अघिल्लो २ फिल्म हिट हुनु । पछिल्लो ४ वर्षमा उनले करिब २ सय म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने ६ वटाको निर्देशन र सयभन्दा बढी सम्पादन गरेका छन्। 

सपना सेकेन्ड लेफ्टिनेन्टको 

एक दशकअघि पलको सपना थियो, आर्मी बन्ने । सेकेन्ड लेफ्टिनेन्ट बन्ने सपना बोकेर उनी १० वर्षअघि दाङबाट ‘सपना साकार बनाउने सहर’ काठमाडौं प्रवेश गरेका थिए। 

तर, समयले उनलाई अन्तै डोर्‍यायो। काठमाडौं आएपछि उनी आफू र आफ्नो परिवारको आर्मी बन्ने सपना होइन, अर्को बाटो हिँडे । आर्मी नबनेको विषयलाई लिएर पोहोर सालसम्म उनको परिवार उनीसँग त्यति खुसी थिएन। 

भन्छन्, ‘पोहोर सालसम्म बुवा–आमा सेकेन्ड लेफ्टिनेन्ट भिडेको भए यतिबेला त मेजर भइसक्थिस् भन्नुहुन्थ्यो।’ 

तर, अहिले पल शाहले ‘हिट हिरो’को छवि बनाएका छन् । त्यसैले उनको परिवारको सदस्य पनि खुसी छन् । यतिबेला उनका फ्यान पलको बुवासँग फोटो खिच्ने भन्दै घरै पुग्दा रहेछन्। 

‘अहिले दंग परेर ‘तेरा फ्यान आएका छन्, फोटो खिच्दै छु’ भनेर फोन गर्नुहुन्छ,’ यति भनिरहँदा खुसी देखिएका पलले नेपाल लाइभसँग भने।  

ट्याक्सी चालक बन्ने बाध्यता

दाङबाट काठमाडौं आउँदा सेकेन्ड लेफ्टिनेन्ट बन्न कम्तिमा सर्टिफिकेट लेभलको पढाइ पूरा गर्नुपर्थ्यो । एसएलसी पास गरेर काठमाडौं छिरेका पललाई यसका लागि दुई वर्ष कुर्नुपर्ने भयो । त्यसैले उनले दुई वर्ष काठमाडौंमा टिक्न दिउँसो कलेज जाने र राति ट्याक्सी चलाउँने योजना बनाए। 

उनलाई यो आइडिया, उनकै अंकलले दिएका थिए । उनले रात्रिकालीन ट्याक्सी चलाउन तीन महिना ड्राइभिङ पनि सिके । तर, भाग्यलाई यो अस्वीकार थियो । उनी लाइसेन्सका लागि आवेदन दिन प्रहरीकहाँ जाँदा उनको फर्म नै दर्ता भएन । किनभने उनी त्यतिबेला १८ वर्ष पूरा भएका थिएनन् । र, नेपाली कानुनमा १८ वर्षभन्दा मुनिका व्यक्तिलाई लाइसेन्स दिने प्रावधान नै छैन्। 

‘मलाई नायक बन्न लेखेको रै'छ, म जबर्जस्ती ड्राइभर बन्न दौडिरहेको रै'छु’, विगत सम्झिँदै उनी ठट्टा गर्छन्। 

जहाँ पुग्यो, त्यहीँ हन्डर

Ncell 2
Ncell 2
nimb
nimb

उनी कला क्षेत्रमा हिरो नै बन्छु भनेर प्रवेश गरेका थिएनन् । बाध्यताको घुमाउरो बाटोले उनलाई यहाँनेर डोर्‍याएर ल्याएको थियो। ‘म जे गर्न खोज्थेँ, त्यसैमा असफलता भोग्थेँ। निराश भएर अर्काेतिर लाग्थेँ । गर्दागर्दै कला क्षेत्रमा आइपुगेँ,’ उनले आफ्नो सघर्षको कथा सुनाए। 

पलका मामाका छोरा नितिन चन्द (‘जोनी जेन्टलमेन’का निर्देशक) र नमित चन्द (मोडल) ले मिलेर भिडियो ‘एडिटिङ’को काम गर्थे। 

ड्राइभर बन्न नसकेर निराश बसेको अवस्थमै यी दुई दाईले उनलाई एडिटिङ सिक्न सल्लाह दिए । यही काम उनका लागि फिल्मी क्षेत्रमा प्रवेश गर्ने बाटो बन्यो। तर, यहाँ पनि उनलाई दुःखले पिछा छोडेन। 

‘मालिक घर गएपछि रातभरी म दाजुहरुसँग एडिटिङ सिक्थे‘ उनले भने । यही सिकेको केही सीपले गर्दा उनले दोहोरी गीतको म्युजिक भिडियो एडिटिङ गर्ने एउटा कम्पनीमा काम पाए । उनी अर्काे तरिकाले आफ्नो करिअर अघि बढ्न थालेकोमा खुसी थिए। 

तर दुर्भाग्य, एकदिन काम गर्न बिहान १० बजे अफिस पुग्दा ढोकामा बडेमानको ताल्चा झुन्डिएको थियो। ‘तलब लिन बाँकी नै थियो । सञ्चालक त कोठाको सबै सामना बोकेर अफिस छाडेर कुलेलम ठोकिसकेका रहेछन्।’ 

यहाँ पनि भाग्यले साथ नदिएपछि उनी ‘एनटिभी प्लस’ बाट आउने ‘मिडिया प्लस’ कार्यक्रममा काम गर्न थाले । उनलाई यहाँ पुर्‍याउन नितिनको ठूलो हात थियो। ‘एनटिभी प्लस’मा केही समय उनले मनोज पाण्डेसँग काम गरे । यसपछि तराई टिभीमा एडिटरका रुपमा जागीर खान थाले । यहाँ पनि तीन वर्ष बरालिए । भारत पुगेर त्यहाँको ठूलो म्युजिक ब्रान्ड ‘टि–सिरिज’मा ११ महिना एनिमेसन पनि सिके।

उनले आफ्नो करिअर अगाडि बढाउन भारतको फिल्मी नगरी मुम्बई जाने सोच पनि बनाएका थिए । तर, तराई टिभी (टिटिभी) बाट राम्रो प्रस्ताव आएपछि उनी काठमाडौंमै थन्किए । यतिबेला पनि उनले दुःखै पाए । केही महिनाभित्र टिभीको हालत यसरी बिग्रियो, उनले ११ महिना तलबै पाएनन्। 

‘घरबेटीले भाडा नतिरेको भन्दै कोठामा ताला लगाइदिए । यसपछि एउटा सानो कोठामा बसेर केही समय गुजारा गरेँ,’ उनले दुःखको फेहरिस्त सुनाए। 

बल्ल आयो अवसर

उनीसँग एडिटिङ र एनिमेसन गर्ने सीप थियो । त्यसैले म्युजिक भिडियो सम्पादन गर्ने काममा आफूलाई सक्रिय बनाए । यही क्रममा एकदिन उनको भेट भयो, म्युजिक भिडियो निर्देशक विज्ञान राईसँग। 

विज्ञानले नै उनलाई मोडलिङमा आउन प्रेरित गरेका थिए । त्यतिबेला श्यामसङ राईले ‘तिम्रो यादमा रम्छु’ भन्ने गीत गर्दै थिए । विज्ञानले प्रस्ताव राखेछन्, ‘हिरो देखिन्छौ, मोडलिङमा ट्राइ गर न।’ 

पलले यतिबेलासम्म थुप्रै म्युजिक भिडियो सम्पादन गरिसकेको थिए । सम्पादनकै क्रममा उनीभित्र अभिनयको भूत चढिसकेको थियो । त्यसैले उनले आफूलाई आएको नयाँ प्रस्ताव अस्वीकार गरेनन्। 

‘मैले अभिनयबाट निर्देशकलाई निराश पारिनँ,’ उनले भने । उनको पहिलो भिडियो धेरैले रुचाए पनि । सतिश श्रेष्ठको ‘को होला त्यो’ भन्ने गीतमा अभिनय गरेपछि उनी एकाएक चर्चाको शिखरमा पुगे। 

‘मेरो करिअरको यू टर्न नै यही सावित भयो’, उनी भन्छन्। 

अचम्मका १२ वर्ष 

पललाई पछिल्लो १२ वर्षको भोगाइ निकै अचम्म लाग्छ । ‘म के बन्न चाहन्थेँ ? के भएँ ? आफै चकित पर्छु,’ हाँस्दै भने। ‘जोनी जेन्टलम्यान’ बाट उनलाई ठूलो आशा छ । म्युजिक भिडियोमा उनको छवि बन्यो, ‘लभरब्वाइ’ को । तर, पहिलो फिल्म ‘नाइँ नभन्नू ल–४’मा उनले यसको विपरीत भूमिका निर्वाह गरे । सफलता पनि हात पारेँ । ‘म यस्तो गीत गाउँछु’ मा उनको अभिनय थियो, लभरब्वाइकै। 

पलले दर्शकको अपेक्षा अघिल्लो दुई फिल्ममा पूरा गरेका छन् । तर, के उनी तेस्रो फिल्ममा पनि दर्शकको त्यो अपेक्षालाई पूरा गर्न सफल होलान् ? यसका लागि उनका फ्यानहरुले शुक्रबारसम्म कुर्नुपर्ने हुन्छ । किनभने उनको नयाँ फिल्म ‘जोनी जेन्टलम्यान’ रिलिज हुँदै छ। 
 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रकाशित मिति: बुधबार, भदौ २८, २०७४  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्