• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बाढीमा ५० घन्टा बेपत्ता कामेश्वर भन्छन्- मरेँ भनेर आफैंले आश मारेको थिएँ, घर फर्किएँ

'दोस्रो जन्म पाएजस्तै लागेको छ'
64x64
दिनेश शर्मा मंगलबार, असार ३१, २०७६  १८:४०
1140x725

राजविराज- सिरहाको कल्याणपुर नगरपालिका-४, जमुवा परासीका ५५ वर्षीय कामेश्वर यादव बाढीमा बेपत्ता बने। उनलाई २८ गते उज्यालो हुनु अगावै कमला खोलामा आएको बाढीले बगायो। डुङ्गा चलाउने पेशा गर्दै आएका कामेश्वरको डुंगा दुई दिनपछि ४ किलोमिटर दक्षिण कल्याणपुर-५ स्थित हथमुन्डा भन्ने स्थानमा फेला पर्‍यो।

डुङ्गा पनि पल्टिएको अवस्थामा फेला परेपछि कामेश्वरको मृत्यु भएको अनुमान गरे। परिवारका सदस्यले शव खोजी सुरू गरे। 

यही बेला करिब ५० घन्टापछि उनी जीवितै भएको खबर आयो। भारतको मधुवनी जिल्लास्थित जयनगर क्षेत्रबाट उद्धार गरिएका उनी ३० गते नै नेपाल फर्किएका छन्।

२० किलोमिटरसम्म बाढीले बगाएर पनि जिवितै घर फर्केका कामेश्वरले सोमबार सप्तरीको चोहर्वास्थित रेडक्रसको भवनमा आयोजित एक कार्यक्रममा सहभागी भए। त्यहाँ उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र सिरहाका सिडिओ गोपालकुमार अधिकारीसँग पनि भेट गरे। 

उनलाई भेट्न आउनेको मानिसको लर्को छ भने घटनाबारे बुझ्न खोज्ने पनि धेरै छन्। हामीले पनि कामेश्वरसँग सम्पर्क गरेका थियौं।

यस्तो छ उनको बाढी अनुभव जस्ताको तस्तै-
म कमला नदीको चिकना घाटमा डुङ्गा चलाउँछु। मानिसहरु वारपार गराउने मेरो काम हो। २७ गते राती धेरै पानी परेपछि डुङ्गा बगाउला भनेर चिन्ता लाग्यो। हतार-हतार गर्दै घाटतिर लागें। करिब साढे २ बजे खोलामा पुग्दा बाढी बढेको थियो। डुङ्गा बाँधेको डोरी खोल्न थालें। 

डोरी खोल्दाखोल्दै अचानक नदीको सतह बढ्न थाल्यो। बाढीले ठेल्न थालेपछि डुङ्गा छोडेर ज्यान बचाउन प्रयास गरें। तर, जति नै प्रयास गरेपनि बाहिर निस्कन सकिनँ। 

बाढीले मलाई पानीको भंगालोमा हुत्यायो। अलिअलि मात्रै पौडिन जान्दछु। तर एक जमानाको खेलाडी (पहलमान) भएका कारण हिम्मत भने हारीनँ। अँध्यारोमा खोलाले जता बगाएपनि जसोतसो ज्यान बचाउने प्रयत्न गरिरहें। 

Ncell 2
Ncell 2
nimb
nimb

धेरै कुरा सम्झन सक्दिनँ, तर बाढीको वेगमा किनारातिर निस्कने प्रयास गर्दागर्दै जिउ गलेर थिलथिलो भएको थियो। बिहान अन्दाजी करिब साढे ४ बजेको हुँदो हो, अचानक जयनगर नजिकै पुलमा भएको फाटक याद आयो। त्यसपछि भने बाँच्ने आश हरायो। त्यही फाटकमा चेपिएर मर्छु होला भन्ने लागेपछि म आत्तिएँ। कमला माईलाई गुहार गरें। 

‘हे कमला माई अब म तिम्रै शरणमा छु, मलाई बचाईदेऊ’ भनेर कल्पना गरेपछि अचानक हातखुट्टा बाँधिएको अनुभुति भयो। आफूसँगै सर्प पनि बगिरहेको देखें। एकातर्फ डर लागिरहेकै थियो भने अर्कोतर्फ कमला माईले सहयोगी पठाएको जस्तो पनि लाग्यो। 

डर, त्रास र विभिन्न कल्पना गर्दागर्दै मलाई बाढिले पुल मुनी (फाटक) पुर्‍याएछ। करिब ९ किलोमिटर दक्षिण पुगेपछि कमला नदी दुई भंगालोमा बाँडिन्छ। ठूलो भंगालो कोशीमा मिसिन्छ। 

धन्न बाढीले मलाई सानो भंगालोमा धकेलिदियो। सानो भंगालोमा परेपछि बाढीको वेग कम भयो। म निकै प्रयास गरेर बाहिर निस्कन सफल भएँ। यति गर्दा उज्यालो भइसकेको थियो। 

Xtrem

Xtrem

थकानले गर्दा हिड्न सक्ने अवस्था थिएन। वरिपरि देखिएका स्थानीयबासीलाई आफूलाई बाढीले बगाएर ल्याएको विषयमा बताएपछि उनीहरुले मलाई गाउँमा लगेर औषधी उपचार गरे। 

चिसोले जिउ कामिरहेको थियो। उनीहरूले नै आगो बालेर सेकाए। सोधखोज हुँदै गर्दा अस्राही गाउँमा रहेकी मेरी साली (इन्दिला यादव)को परिवारलाई थाहा भयो। मलाई बाढीले बेपत्ता पारेको खबर सुनेका उनीहरू मलाई हेर्न आए। त्यसपछि २८ र २९ गते उतै बसें। ३० गते भतिजा मोहितसहित गाउँका धेरै मान्छे मोटरसाइकलसहित पुगेर मलाई उद्धार गरे। 

मेरो बारेमा जानकारी पाउनेले कसरी बाँच्यो भन्दा हुन्। मलाई पनि त्यस्तै लागिरहेको छ। 'म कसरी बाँचे?' तर, आफैंले मरें भनेर आश मारेको मान्छे घर फर्किन पाउँदा दोश्रो जन्म पाएको महसुस भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दिनेश शर्मा
दिनेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
राहतको चामलमा पनि जनप्रतिनिधिको अनियमितता, सोना मन्सुलीको बोरामा मोटा चामल
सप्तरी : राहतको चामल समितिकै मिलेमतोमा बिक्री गरेको आरोप
चोरी गर्ने 'पार्टनर'को हत्या गरेको आरोपमा तीन जना पक्राउ
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
पानामामा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प: जनजीवन प्रभावित, उद्धार कार्य तिब्र शनिबार, असोज २४, २०८३
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्