• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भरत नाट्यम् : देवदासीको नाच कसरी बन्यो घरानियाँ महिलाको शास्त्रीय नृत्य?

64x64
नेपाल लाइभ बुधबार, साउन १, २०७६  ०५:४५
1140x725

जातीय एवं वर्गीय वर्चस्व स्थापित गर्ने काम विभिन्न स्तरमा हुने गर्दछ। कला क्षेत्रमा त यस्तो झन् धेरै हुन्छ। यसको असर पनि लामो समयसम्म हुने गरेको पाइन्छ। 

बेलायती औपनिवेशिक शासनपछि स्वतन्त्र भएको भारत योग, धर्मशास्त्र, लोककला जस्ता पूर्वीय सांस्कृतिक सम्पदा अन्य देशका अन्वेषकका लागि कौतुहलको विषय थियो। प्रभावशाली जाति एवं वर्गले मौकाको फाइदा उठाउँदै भारतीय कलामा कब्जा जमाए। यसरी उपल्लो वर्गका मानिसले कलामा गरेको कब्जाको गतिलो उदाहारण भरत नाट्यम् हो।

देवदासीहरुको नाच कसरी सम्भ्रान्त वर्गका महिलाको इज्जतको नाच बन्यो भन्ने इतिहासको खोजले नै यसको पुष्टि गर्दछ। यो कला सिक्न स्कुल र एकेडेमी खुले। तर त्यहाँ सहज रुपमा जोसुकैले प्रवेश पाउन सम्भव भएन। यो नृत्य पैसा र इज्जतको विषय बन्यो। विदेशमा समेत यसको माग हुन थाल्यो। विदेशमा यसको शो गरेर यसलाई थप सम्भ्रान्त वर्गमा पुर्‍याइयो। 

के हो देवदासी प्रथा?
प्राचीनकालदेखि नै मन्दिरमा देवदासी राख्ने प्रथा रहेको थियो। आजसम्म पनि यो प्रथा पूर्ण रुपमा बन्देज नलागेको सुन्न पाइन्छ। यसविरुद्ध भारतमा पहिलो पटक सन् १९४७ मा कानुन निर्माण गरेर प्रतिबन्ध लगाइयो। १९८८ मा पूरा भारतभर यस्तो कार्य गर्नु गैरकानुनी भएको घोषणा गरियो। 

देवदासीहरुको काम मन्दिरमा देवताको सामु नाच्नु हुन्थ्यो। उनीहरु विभिन्न शास्त्रीय रागमा मन्दिरमा देउतालाई खुसी पार्न नाच्ने गर्दथे। यो देखिने आवरण मात्र थियो। वास्तवमा यो प्रथा अन्य रुपमा चलेको थियो। उनीहरुको दैहिक शोषण (यौनजन्य कार्य)मा हुने गरेको थियो।

देवदासी खासमा तल्लो जातिका कन्या हुने गर्दथे। उनीहरुलाई धार्मिक, सामाजिक दबाब र अन्धविश्वासको आडमा मन्दिरमा भगवान्‌लाई चढाइन्थ्यो। यसरी मन्दिरमा चढाएपछि उनीहरुले कुनै पुरुषसँग विवाह गर्न पाउँदैनथे। 

देवदासी प्रथा र नृत्यको सम्बन्ध 
हिन्दू आगम शास्त्रअनुसार नृत्य एवं संगीत देवपूजाको लागि अनिवार्य अंग हो। हिन्दू मन्दिरमा सयौं संख्यामा देवदासी हुने गर्दथे जो नृत्य संगीतमा पारंगत हुने गर्दथे। यस्ता मन्दिरको संरक्षक राजा वा जमिनदार हुने गर्दथे। वस्तुत: देवदासी मन्दिरका पूजारी एवं संरक्षक राजा/जमिनदारको सम्पत्ति हुने गर्दथे। उनीहरु यौनदासीको रुपमा प्रयोग गरिन्थे।

nimb
nimb
Ncell 2
Ncell 2

यस्ता देवदासीलाई सादिर या दासीअष्टम भनिन्थ्यो। १९औं शताब्दीसम्म देवदासीहरु राजकीय संरक्षणका कारण राम्रो अवस्थामा थिए। ब्रिटिसकालमा राजारजौटाहरुको पतन भएपछि यिनीहरुको हालत पनि खराब भएको थियो। यसरी उनीहरुको संरक्षण हुन छाडेपछि उनीहरु वेश्यावृत्तिमा समेत लागेको पाइयो। 

यी देवदासीका सन्तान राजा र जमिनदारको संसर्गपछि जन्मन्थे। उनीहरुलाई नटुआनार भनिन्थ्यो। केही नटुआनार मन्दिरको वाद्यसामग्री बजाउने काम गर्दथे। उनीहरु आफ्नो समुदायका महिलाहरुलाई नृत्य सिकाउँथे।

तमिलनाडुमा यिनै नटुआनारहरुसँग नृत्य सिक्दै उच्च वर्गका महिलाहरुले दासीअट्टमलाई नै भरत नाट्यमको नाम दिए। १९३० को दशकमा भरत नाट्यम् शब्दको प्रयोग भएको देखिन्छ। भरत नाट्यमका प्रर्वतकहरुका अनुसार यो दोस्रो शताब्दीमा लेखिएको भरतमुनिको ग्रन्थ नाट्यशास्त्रमा आधारित भएर रचना गरिएको हो। त्यसैले यसको नाम भरत नाट्यम राखिएको हो। वास्तममा भरत नाट्यम नाट्यशास्त्रमा पूर्णरुपले आधिकारिक हो। 

रुक्मणिदेवी अरुन्देलको भूमिका 
दासीअट्टमको भरत नाट्यम् बनाउने काम रुक्मणीदेवी अरुन्देलले गरेकी थिइन्। तर केही मानिसले यसमा पनि फरक मत राख्ने गरेका छन्। 

उनीहरु इन्जिनियर कृष्ण अय्यरको कारण यो भरत नाट्यम भएको मान्यता राख्दछन्। मदुरैको एक तमिल ब्राह्मण परिवारमा जन्मेकी रुक्मणिदेवी बच्चादेखि ने निकै महत्वाकांक्षी थिइन्। उनले प्रसिद्ध नर्तकी एना पावलोवासँग बेली नाच सिकेकी थिइन्। मीनाक्षी पिल्लैबाट रुक्मणीदेवीले दासीअट्टम सिकेकी थिइन्। उनको ब्रिटिस थियोसोफिस्ट जर्ज अरुन्देलसँग विवाह भएको थियो। रुक्मणी राज्यसभाका लागि चयन हुने पहिलो महिलासमेत हुन्। 

रुक्मणीले पहिले युरोपमा बेली नाच सिकिन्। उनले उक्त नृत्यबाट आफू नाम कमाउन नसक्ने देखिएपछि उनको ध्यान भारततिर गयो। भारतमा भएका नृत्यहरुको अध्ययनमा उनले आफूलाई केन्द्रित गराइन्। १९३६ मा रुक्मणिले चेन्नईमा कलाक्षेत्रको नृत्य विद्यालय खोलिन्। 

त्यहाँ उनले देवदासीहरुको नृत्य सादिर नाट्यम र दासीअट्टमको नयाँ रुप दिइन्। यहीँबाट यो नृत्य भरत नाट्यमको रुपमा चर्चित हुन थाल्यो। भारत स्वतन्त्र भएलगत्तै विदेशमा भारतीय कलाको प्रदर्शन गर्न पोख्त देवदासी नगएर उच्च वर्गका कुलीन महिलाहरु जान थाले। किनकि यो समयसम्म दासीअट्टम भरत नाट्यम भइसकेको थियो।  
 
विदेशमा भरत नाट्यम नै भारतको मुख्य पहिचानको रुपमा देखाउन थालिसकिएको थियो। यससँगै भरत नाट्यम सिकाउनका लागि विश्वविद्यालय, संगीत एकेडेमी र शास्त्रीय नृत्यको नाममा औपचारिक शिक्षा दिन थालियो। यसबाट धेरैले आकर्षक रोजगारी समेत पाए।

रुक्मणिदेवी भर्सेस बाला सरस्वती
रुक्मणिदेवीको भनाइ सधैं एउटै हुने गर्दथ्यो। उनी भन्थिन्, 'भारतीय अमूल्य कला परम्पराको उद्धार गर्नुपर्छ।' जसले गर्दा आगामी दिनमा युवा पिँढीहरुले पनि यो कुरा सिक्न सिकून् भन्ने आफ्नो उद्देश्य रहेको उनको तर्क थियो। 

उनले उक्त नृत्यको व्यावसायीकरण गरिन्। रुक्मणिभित्र यो नृत्यद्वारा चर्चामा आउने यत्रो भोक थियो कि उनले एक वर्षमात्र सिकेर मञ्चमा आफूलाई उतारेकी थिइन्। जबकि उनका गुरुले उनलाई यति सिक्नु पर्याप्त नभएको भनेका थिए। यो नृत्य प्रस्तुत गर्ने उनी गैरदेवदासी एक मात्र महिला थिइन्। 

धेरै मानिसले यो नृत्य बाँचेकोमा खुसी मनाए र प्रश्न पनि उठाए कि उनी किन देवदास भनेर चिनिइन्? 

कला क्षेत्रमा भरत नाट्यम, सादिर नाट्यम समान शृंगार रसतिर केन्द्रित नभएर पौराणिक, महाभारत, रामायाण र अन्य देवीदेवतातिर केन्द्रित हुन थाल्यो। एक देवदासी परिवारसँग सम्बन्ध भएकी नर्तकी टी बाला सरस्वतीले भरत नाट्यमको संस्कारित रुपको चुनौती दिइन्। उनले विश्वभर यसको प्रदर्शनसमेत गरिन्। योसँगै यस नृत्यमा दुई धार निर्माण भयो। भरत नाट्यमको प्रतिनिधित्व रुक्मणिदेवीले गरिन् भने दासीअट्टमको प्रतिनिधित्व बाला सरस्वतीले गरिन्। यो विवाद भरत नाट्यमको रुपमै चर्चित भयो।

दासीअट्टम नै भरत नाट्यम बन्नुले यो पुष्टि हुन्छ कि कला क्षेत्रमा पनि वर्ग शक्तिको प्रयोग हुन्छ। र, त्यसले महत्व पाउँछ भन्ने हो। जुन जाति वा समूहको काम नै नाच्नु/गाउनु थियो, यस क्षेत्रमा आकर्षण हुनेबित्तिकै उनीहरु पाखा लागे भन्ने कुराको प्रमाण पनि भरत नाट्यमको रुपान्तरण हो। 

(द प्रिन्टका लागि डा लक्ष्मण सिंहले तयार पारेको यो सामग्री दुर्गा दुलालले अनुवाद गरेका हुन्।)

प्रकाशित मिति: बुधबार, साउन १, २०७६  ०५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पशुपक्षी र वातावरण स्वस्थ नभई हामी पूर्ण स्वस्थ हुन सक्दैनौँ: स्वास्थ्यमन्त्री मेहता
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
सुन तोलाको ४ सय बढ्यो
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, पेट्रोलियम पदार्थबारे विशेष निर्णय हुन सक्ने मंगलबार, चैत २४, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
पशुपक्षी र वातावरण स्वस्थ नभई हामी पूर्ण स्वस्थ हुन सक्दैनौँ: स्वास्थ्यमन्त्री मेहता मंगलबार, चैत २४, २०८२
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल मंगलबार, चैत २४, २०८२
सुन तोलाको ४ सय बढ्यो मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सरकारले फिर्ता बोलायो भारतसहित ६ देशका राजदूत मंगलबार, चैत २४, २०८२
विदेशी ऋण लिने कुरा स्वीकार्य छैन, विरोध गर्छौं : हर्कराज राई सोमबार, चैत २३, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्