• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भरत नाट्यम् : देवदासीको नाच कसरी बन्यो घरानियाँ महिलाको शास्त्रीय नृत्य?

64x64
नेपाल लाइभ बुधबार, साउन १, २०७६  ०५:४५
1140x725

जातीय एवं वर्गीय वर्चस्व स्थापित गर्ने काम विभिन्न स्तरमा हुने गर्दछ। कला क्षेत्रमा त यस्तो झन् धेरै हुन्छ। यसको असर पनि लामो समयसम्म हुने गरेको पाइन्छ। 

बेलायती औपनिवेशिक शासनपछि स्वतन्त्र भएको भारत योग, धर्मशास्त्र, लोककला जस्ता पूर्वीय सांस्कृतिक सम्पदा अन्य देशका अन्वेषकका लागि कौतुहलको विषय थियो। प्रभावशाली जाति एवं वर्गले मौकाको फाइदा उठाउँदै भारतीय कलामा कब्जा जमाए। यसरी उपल्लो वर्गका मानिसले कलामा गरेको कब्जाको गतिलो उदाहारण भरत नाट्यम् हो।

देवदासीहरुको नाच कसरी सम्भ्रान्त वर्गका महिलाको इज्जतको नाच बन्यो भन्ने इतिहासको खोजले नै यसको पुष्टि गर्दछ। यो कला सिक्न स्कुल र एकेडेमी खुले। तर त्यहाँ सहज रुपमा जोसुकैले प्रवेश पाउन सम्भव भएन। यो नृत्य पैसा र इज्जतको विषय बन्यो। विदेशमा समेत यसको माग हुन थाल्यो। विदेशमा यसको शो गरेर यसलाई थप सम्भ्रान्त वर्गमा पुर्‍याइयो। 

के हो देवदासी प्रथा?
प्राचीनकालदेखि नै मन्दिरमा देवदासी राख्ने प्रथा रहेको थियो। आजसम्म पनि यो प्रथा पूर्ण रुपमा बन्देज नलागेको सुन्न पाइन्छ। यसविरुद्ध भारतमा पहिलो पटक सन् १९४७ मा कानुन निर्माण गरेर प्रतिबन्ध लगाइयो। १९८८ मा पूरा भारतभर यस्तो कार्य गर्नु गैरकानुनी भएको घोषणा गरियो। 

देवदासीहरुको काम मन्दिरमा देवताको सामु नाच्नु हुन्थ्यो। उनीहरु विभिन्न शास्त्रीय रागमा मन्दिरमा देउतालाई खुसी पार्न नाच्ने गर्दथे। यो देखिने आवरण मात्र थियो। वास्तवमा यो प्रथा अन्य रुपमा चलेको थियो। उनीहरुको दैहिक शोषण (यौनजन्य कार्य)मा हुने गरेको थियो।

देवदासी खासमा तल्लो जातिका कन्या हुने गर्दथे। उनीहरुलाई धार्मिक, सामाजिक दबाब र अन्धविश्वासको आडमा मन्दिरमा भगवान्‌लाई चढाइन्थ्यो। यसरी मन्दिरमा चढाएपछि उनीहरुले कुनै पुरुषसँग विवाह गर्न पाउँदैनथे। 

देवदासी प्रथा र नृत्यको सम्बन्ध 
हिन्दू आगम शास्त्रअनुसार नृत्य एवं संगीत देवपूजाको लागि अनिवार्य अंग हो। हिन्दू मन्दिरमा सयौं संख्यामा देवदासी हुने गर्दथे जो नृत्य संगीतमा पारंगत हुने गर्दथे। यस्ता मन्दिरको संरक्षक राजा वा जमिनदार हुने गर्दथे। वस्तुत: देवदासी मन्दिरका पूजारी एवं संरक्षक राजा/जमिनदारको सम्पत्ति हुने गर्दथे। उनीहरु यौनदासीको रुपमा प्रयोग गरिन्थे।

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता देवदासीलाई सादिर या दासीअष्टम भनिन्थ्यो। १९औं शताब्दीसम्म देवदासीहरु राजकीय संरक्षणका कारण राम्रो अवस्थामा थिए। ब्रिटिसकालमा राजारजौटाहरुको पतन भएपछि यिनीहरुको हालत पनि खराब भएको थियो। यसरी उनीहरुको संरक्षण हुन छाडेपछि उनीहरु वेश्यावृत्तिमा समेत लागेको पाइयो। 

यी देवदासीका सन्तान राजा र जमिनदारको संसर्गपछि जन्मन्थे। उनीहरुलाई नटुआनार भनिन्थ्यो। केही नटुआनार मन्दिरको वाद्यसामग्री बजाउने काम गर्दथे। उनीहरु आफ्नो समुदायका महिलाहरुलाई नृत्य सिकाउँथे।

तमिलनाडुमा यिनै नटुआनारहरुसँग नृत्य सिक्दै उच्च वर्गका महिलाहरुले दासीअट्टमलाई नै भरत नाट्यमको नाम दिए। १९३० को दशकमा भरत नाट्यम् शब्दको प्रयोग भएको देखिन्छ। भरत नाट्यमका प्रर्वतकहरुका अनुसार यो दोस्रो शताब्दीमा लेखिएको भरतमुनिको ग्रन्थ नाट्यशास्त्रमा आधारित भएर रचना गरिएको हो। त्यसैले यसको नाम भरत नाट्यम राखिएको हो। वास्तममा भरत नाट्यम नाट्यशास्त्रमा पूर्णरुपले आधिकारिक हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रुक्मणिदेवी अरुन्देलको भूमिका 
दासीअट्टमको भरत नाट्यम् बनाउने काम रुक्मणीदेवी अरुन्देलले गरेकी थिइन्। तर केही मानिसले यसमा पनि फरक मत राख्ने गरेका छन्। 

उनीहरु इन्जिनियर कृष्ण अय्यरको कारण यो भरत नाट्यम भएको मान्यता राख्दछन्। मदुरैको एक तमिल ब्राह्मण परिवारमा जन्मेकी रुक्मणिदेवी बच्चादेखि ने निकै महत्वाकांक्षी थिइन्। उनले प्रसिद्ध नर्तकी एना पावलोवासँग बेली नाच सिकेकी थिइन्। मीनाक्षी पिल्लैबाट रुक्मणीदेवीले दासीअट्टम सिकेकी थिइन्। उनको ब्रिटिस थियोसोफिस्ट जर्ज अरुन्देलसँग विवाह भएको थियो। रुक्मणी राज्यसभाका लागि चयन हुने पहिलो महिलासमेत हुन्। 

रुक्मणीले पहिले युरोपमा बेली नाच सिकिन्। उनले उक्त नृत्यबाट आफू नाम कमाउन नसक्ने देखिएपछि उनको ध्यान भारततिर गयो। भारतमा भएका नृत्यहरुको अध्ययनमा उनले आफूलाई केन्द्रित गराइन्। १९३६ मा रुक्मणिले चेन्नईमा कलाक्षेत्रको नृत्य विद्यालय खोलिन्। 

त्यहाँ उनले देवदासीहरुको नृत्य सादिर नाट्यम र दासीअट्टमको नयाँ रुप दिइन्। यहीँबाट यो नृत्य भरत नाट्यमको रुपमा चर्चित हुन थाल्यो। भारत स्वतन्त्र भएलगत्तै विदेशमा भारतीय कलाको प्रदर्शन गर्न पोख्त देवदासी नगएर उच्च वर्गका कुलीन महिलाहरु जान थाले। किनकि यो समयसम्म दासीअट्टम भरत नाट्यम भइसकेको थियो।  
 
विदेशमा भरत नाट्यम नै भारतको मुख्य पहिचानको रुपमा देखाउन थालिसकिएको थियो। यससँगै भरत नाट्यम सिकाउनका लागि विश्वविद्यालय, संगीत एकेडेमी र शास्त्रीय नृत्यको नाममा औपचारिक शिक्षा दिन थालियो। यसबाट धेरैले आकर्षक रोजगारी समेत पाए।

रुक्मणिदेवी भर्सेस बाला सरस्वती
रुक्मणिदेवीको भनाइ सधैं एउटै हुने गर्दथ्यो। उनी भन्थिन्, 'भारतीय अमूल्य कला परम्पराको उद्धार गर्नुपर्छ।' जसले गर्दा आगामी दिनमा युवा पिँढीहरुले पनि यो कुरा सिक्न सिकून् भन्ने आफ्नो उद्देश्य रहेको उनको तर्क थियो। 

उनले उक्त नृत्यको व्यावसायीकरण गरिन्। रुक्मणिभित्र यो नृत्यद्वारा चर्चामा आउने यत्रो भोक थियो कि उनले एक वर्षमात्र सिकेर मञ्चमा आफूलाई उतारेकी थिइन्। जबकि उनका गुरुले उनलाई यति सिक्नु पर्याप्त नभएको भनेका थिए। यो नृत्य प्रस्तुत गर्ने उनी गैरदेवदासी एक मात्र महिला थिइन्। 

धेरै मानिसले यो नृत्य बाँचेकोमा खुसी मनाए र प्रश्न पनि उठाए कि उनी किन देवदास भनेर चिनिइन्? 

कला क्षेत्रमा भरत नाट्यम, सादिर नाट्यम समान शृंगार रसतिर केन्द्रित नभएर पौराणिक, महाभारत, रामायाण र अन्य देवीदेवतातिर केन्द्रित हुन थाल्यो। एक देवदासी परिवारसँग सम्बन्ध भएकी नर्तकी टी बाला सरस्वतीले भरत नाट्यमको संस्कारित रुपको चुनौती दिइन्। उनले विश्वभर यसको प्रदर्शनसमेत गरिन्। योसँगै यस नृत्यमा दुई धार निर्माण भयो। भरत नाट्यमको प्रतिनिधित्व रुक्मणिदेवीले गरिन् भने दासीअट्टमको प्रतिनिधित्व बाला सरस्वतीले गरिन्। यो विवाद भरत नाट्यमको रुपमै चर्चित भयो।

दासीअट्टम नै भरत नाट्यम बन्नुले यो पुष्टि हुन्छ कि कला क्षेत्रमा पनि वर्ग शक्तिको प्रयोग हुन्छ। र, त्यसले महत्व पाउँछ भन्ने हो। जुन जाति वा समूहको काम नै नाच्नु/गाउनु थियो, यस क्षेत्रमा आकर्षण हुनेबित्तिकै उनीहरु पाखा लागे भन्ने कुराको प्रमाण पनि भरत नाट्यमको रुपान्तरण हो। 

(द प्रिन्टका लागि डा लक्ष्मण सिंहले तयार पारेको यो सामग्री दुर्गा दुलालले अनुवाद गरेका हुन्।)

प्रकाशित मिति: बुधबार, साउन १, २०७६  ०५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा
सम्बन्धित सामग्री
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन । आइतबार, कात्तिक ८, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपाल २९औँ स्थानमा सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : किशोर र शेरको घातक बलिङ, सुदूरपश्चिम ८७ रनमै अलआउट सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्