काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ३० जनाको मृत्यु, १८ जना बेपत्ता, १३३ को सकुशल उद्धार
२) राहतमा एकद्वार प्रणाली लागू गर्ने विपद् व्यवस्थापन समितिको निर्णय, आवश्यक स्थानमा हेलिकोप्टर पठाइने
३) बाढी र डुबानका मृतक परिवारलाई ३ लाखका दरले आर्थिक राहत उपलब्ध गराउने प्रदेश २ सरकारको निर्णय, विपद व्यवस्थापन समितिलाई तत्कालका लागि १० लाख रुपैयाँ
४) मलेसिया विरुद्धको पहिलो टी २० मा नेपाल ७ विकेटले विजयी, कप्तान पारस खड्काको शानदार ब्याटिङ
५) र, अमेरिकाको द फेडेरल ट्रेड कमिसनद्वारा फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराउने निर्णय, राजनीतिक स्वार्थका लागि प्रयोगकर्ताको व्यक्तिगत विवरण अवैध रुपमा प्रयोग गरिएको आरोप
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।