मदन पुरस्कारका लागि ७ श्रेष्ठ पुस्तकको सूची सार्वजनिक, कुनकुन परे?

नेपाल लाइभ | २०७६ असार २५ बुधबार | Wednesday, July 10, 2019 ११:२६:०० मा प्रकाशित

काठमाडौं- मदन पुरस्कारका लागि श्रेष्ठ पुस्तकहरुको सूची सार्वजनिक भएको छ।

मदन पुरस्कार गुठीले प्राप्त २ सय ५७ पुस्तकबाट ७ पुस्तक छनोट गरेको हो। यिनै पुस्तकमध्ये अब एउटा पुस्तकका लागि २०७५ सालको मदन पुरस्कार प्रदान गरिनेछ।

उत्कृष्ट ७ मा कुनकुन परे?
.  एकादेशमा  
२. ओक्‍कल दोक्‍कल पिपल पात 
३. ज्ञ  
४. फातसुङ  
५. मरीचिका                         
६. रणहार  
७. विचारको लाश