नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ असार २४ मंगलबार | Tuesday, July 09, 2019 २०:४०:०० मा प्रकाशित

काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू

१) सर्लाही घटना छानबिनमा संसदीय समिति गठनको माग, सहमति नभएपछि संसद् बैठक स्थगित

२) व्यक्तिगत विदेश भ्रमणमा पनि मुख्यमन्त्रीले परराष्ट्रलाई जानकारी दिनुपर्ने, स्थानीय तहले भगिनी सम्बन्ध गाँस्दा सरकारको स्विकृति आवश्यक

३) विषादी चेकजाँच नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दुई मुद्दा, पहिलो सुनुवाइ बुधबार

४) १९ वर्षमुनिको एसिया कप क्रिकेट छनोटमा नेपालको विजयी, हङकङ ६ विकेटले पराजित

५) र, बेलायती प्रधानमन्त्रीको कार्यालयद्वारा आफ्ना राजदूतको ‘पूर्ण समर्थन’, अमेरिकी राष्ट्रपति ट्रम्प आक्रोशित, बेलायतमा नयाँ प्रधानमन्त्री आउने खबर राम्रो भएको प्रतिक्रिया