नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक हुन अगावै मर्जरका लागि पार्टनर खोजिसक्न वाणिज्य बैंकहरूलाई निर्देशन दिइसकेको छ। नेपालको अर्थतन्त्रका लागि आवश्यकता भन्दा बढी वाणिज्य बैंक भएको र यसले अस्वस्थ प्रतिस्पर्धा बढाएको भन्दै बैंक मर्ज गर्ने नीति राष्ट्र बैंकले लिएको जनाएको छ।
यसबीचमा जनता बैंक र ग्लोबल आइएमई बैंकले मर्जरमा जाने गरी हस्ताक्षर पनि गरिसकेका छन्। अन्य बैंकले पनि मर्जर पार्टनर खोजीका तीव्र पारेका छन्।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले पनि मर्जरप्रति सकारात्मक भएको सन्देश दिइसकेका छन्। यस राष्ट्रबैंकले मौद्रिक नीति असार २७ गते सार्वजनिक गर्दै छ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी पनि बिग मर्जरप्रति सकारात्मक छन्। अस्वस्थ प्रतिष्पर्धा घटाउन तथा ग्राहकलाई सहज महसुस गराउन बिज मर्जर सहयोग गर्ने उनले अभिव्यक्ति दिएका छन्। नेपालको बैंकिंग क्षेत्र युवा अवस्थामा पुगेको बताउने केसी बैंकिंग क्षेत्रमा केही समस्या भएपनि बाहिर भनिएजस्तो हानीकारक समस्या भने नरहेको दाबी गर्छन्।
बिग मर्जर, समग्र देशको मौद्रिक अवस्था र वित्तीय प्रणाली सुधारलगायतका विषयमा र भावी योजनाका विषयमा नेपाल लाइभका सुमन शर्माले एनएमबी बैंकका सिइओ सुनील केसीसँग गरेको भिडियो वार्ता:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।