नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ असार २३ सोमबार | Monday, July 08, 2019 २०:००:०० मा प्रकाशित

काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू

१) विषादी परीक्षणको जिम्मेवारी आफूले लिने उद्योगमन्त्री यादवको भनाइ, सचिवले गुमराहमा राखेको तर्क 

२) परिवारका नाममा ग्रिनकार्ड फेला परे राजदूत नबन्ने प्रस्तावित राजदूत दाहालको दाबी, ग्रिनकार्डका लागि कुनै पनि आवेदन नदिएको स्पष्ट

३) पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापकसहित ७२ जनाको विज्ञापनमा आर्थिक चलखेल भएको विद्यार्थी संगठनको आरोप, अराजकता मच्चाउन खोजिएको विश्वविद्यालयको तर्क

४) एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपाल फाइनलमा, मलेसियालाई ७ विकेटले हराउँदै उपाधि नजिक

५) र, बेलायती राजदूतले इमेल चुहाएको प्रति अमेरिकी राष्ट्रपति ट्रम्पको आपत्ति, राजदूतले आफ्नै देशको काम नगरेको दाबी ।