काठमाडौं– युवा लेखक प्रयास दुमी राईको पहिलो उपन्यास 'प्राञ्जल' अनामनगरस्थित मण्डला थिएटरमा शुक्रबार सार्वजनिक भएको छ।
लेखक प्रगति राई, कवि स्वप्निल स्मति र युवा अध्येता प्रभात राईले संयुक्त रुपमा विमोचन गरेका थिए।
कार्यक्रमका वक्ता कवि स्वप्निल स्मृतिले विश्वका महान् व्यक्तिहरूले युवावस्थामा आविष्कार र सिद्धान्तहरू प्रतिपादन गरेको र प्रयासको पनि साहित्यमा उतिकै राम्रो सम्भावना रहेको बताए।
युवा वक्ता प्रभात राईले आख्यानमा प्रयासको कवितात्मक शैलीको खुलेर तारिफ गरेका थिए। कार्यक्रमको सञ्चालन कवि बच्चु हिमांशुले गरेका थिए।
उपन्यास 'प्राञ्जल'लाई बुलबुल पब्लिकेशनले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।