• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेकपा सरकार जिन्दावाद!

64x64
नेपाल लाइभ शनिबार, असार २१, २०७६  १३:१०
1140x725

व्यंग्य


सरकारले एकदम राम्रो काम गरिरहेको छ। 

यो पंक्ति फेरि पढ्नुहोला– सरकारले एकदम राम्रो काम गरिरहेको छ। 

दशकौं लामो संक्रमण र अस्थिरताको अन्त्यसँगै बनेको दुई तिहाइको सरकारले आज 'सुखी नेपाली, समृद्ध नेपाल'को भव्यतम् नारा लिएर एक वर्षभन्दा बढी समयदेखि गरिरहेका सुन्दर काम र आउने पचासौं वर्षका लागि बनाएका नवीनतम र आधुनिक योजना हेरेर/सुनेर ताली बजाउनुको साटो तपाईं किन काखी बजाउँदै हुनुहुन्छ? प्रशंसाको साटो किन आलोचना गर्दै हुनुहुन्छ? समर्थनमा हर्षोल्लास मनाउनुको सट्टा किन विरोधको स्वर चर्काउँदै हुनुहुन्छ? 

यदि तपाईं यो सरकारका कामको आलोचना गर्दै हुनुहुन्छ भने तपाईंले पक्का पनि चुनावमा भोट हाल्नुभएन होला। भोट हालेकै भए पनि तपाईं सहरिया बुद्धिजीवी हुनुपर्छ। नभए तपाईं घोर दक्षिणपन्थी हुनुहुन्छ, कुनै प्रतिक्रियावादी विदेशी शक्तिको दलाल हुनुहुन्छ, तपाईं व्यवस्थाविरोधी वा अराष्ट्रवादी हुनुहुन्छ। यी कुनै पनि हुनुको अर्थ हो, तपाईं व्यवस्था ढाल्न चाहनुहुन्छ, सत्ता उल्टाउन चाहनुहुन्छ। तपाईं यो देशका लागि खतरा हुनुहुन्छ। 

यो मैले भनेको होइन, स्वयं हाम्रा प्रधानमन्त्रीले भनेको कुरा हो। प्रधानमन्त्रीले मात्रै होइन, उनका विद्वान् सल्लाहकारहरुले भनेको कुरा हो, सरकार कसरी सञ्चालन भइरहेको छ भनेर प्रधानमन्त्रीको टेबुलको अघिल्तिर घुँडा धसेका हरेकले भनेको कुरा हो, सामाजिक सञ्जालमा तपाईंलाई बारम्बार सचेत बनाउन खोजिरहेका मान्छेहरु जसलाई तपाईं 'हनुमान' र 'अरिंगाल' भन्दै खेद्न खोज्दै हुनुहुन्छ; हो उनीहरुले पनि भनिरहेको कुरा हो। तपाईं बढ्ता जान्ने हुनै पर्दैन, तपाईं जसको भक्ति गर्दै हुनुहुन्छ, उसैको भाषामा भन्ने हो भने 'तपाईं बढ्ता बोल्दै हुनुहुन्छ।' तर याद राख्नुस्, तपाईं देशका लागि जति खतरा हुनुहुन्छ, त्योभन्दा कैयन् गुणा अब तपाईंको जीवनलाई खतरा छ।

तपाईंले सामाजिक सञ्जालमा लेख्ने त्यस्ता तुच्छ आलोचनात्मक शब्दले सरकार झुक्दैन, बरु सरकार त्यसको साटो झुक्किइदिन्छ। तपाईंले राम्रोसँग बुझ्नपर्छ, जतिसुकै बाक्लो मास्क लगाएर सहर डुले पनि तपाईंलाई झ्यापझुप्प झ्यालखाना कोचेर सरकारले झुक्किएको वक्तव्य दिएर काम तमाम गरिदिन सक्छ।

तपाईंले के भुल्नु हुँदैन भने यो सडकमा धुलो उडोस् कि धुवाँ, तपाईंलाई रेल र पानीजहाजको ईश्वरीय सपना देख्न सक्षम बनाउने यो सरकारले तपाईंलाई दिएको उपहार हो। सरकारले दिएको उपहार तपाईं नाइँ कसरी भन्न सक्नुहुन्छ? मास्क लगाएर हिँड्ने? यो त सरासर व्यवस्थाको विरोध हो। प्रधानमन्त्रीले सार्वजनिक रुपमै अब काठमाडौंमा कसैले मास्क लगाउँदैनन् भनेको सुन्दासुन्दै मास्क लगाएर हिँड्ने हिम्मत कसरी आउँछ तपाईंलाई? तपाईंलाई मार्क्सवादी हुन स्वागत छ तर मास्कवादी हुन किमार्थ छुट छैन। 

यो देशमा दशकौंदेखि 'बुर्जुवा जीवनशैली अपनाएर पनि', आफ्नो बाहुबली कर्मले नाम कमाएर 'युवाहरुका आदर्श' बनेका स्वतन्त्र राजनीतिज्ञ जसलाई अदालतले पनि चुँ गर्न सकेन, त्यस्ता सर्वशक्तिमान परमप्रतापी राजीव गुरुङ उर्फ दीपक मनाङेसमेत मार्क्सवादी विचारधारामा नुहाउन लालायित भएका छन्। देशलाई विकल्प दिने भनेर समाजवादी वा वैज्ञानिक समाजवादी भन्दै भारीभरकम नाम राखेर खोलिएका पार्टीका गिनेचुनेका नेताले समेत सर्वस्वसहित मार्क्सवादी बन्ने लाइनमा उभिएर फूलको माला लगाइसके। यस्तो बेला तपाईं कसरी मास्कवादी बन्ने कल्पना गर्न सक्नुहुन्छ? 

nimb
nimb
Ncell 2
Ncell 2

सरकारले जे सपना देख्नु भनेको छ, त्यो सपना देख्नु। भन्दै नभनिएको सपना देख्न तपाईंलाई कसले छुट दियो? 

तपाईंले के भुल्न हुँदैन भने तपाईंले सामाजिक सञ्जालमा लेख्ने त्यस्ता तुच्छ आलोचनात्मक शब्दले सरकार झुक्दैन, बरु सरकार त्यसको साटो झुक्किइदिन्छ। तपाईंले राम्रोसँग बुझ्नपर्छ, जतिसुकै बाक्लो मास्क लगाएर सहर डुले पनि तपाईंलाई झ्यापझुप्प झ्यालखाना कोचेर सरकारले झुक्किएको वक्तव्य दिएर काम तमाम गरिदिन सक्छ। काम तमाम भनेको बुझ्नुहुन्छ नि? फेरि बढ्ता नबुझ्नुस्, काम तमामको अर्थ काम तमाम मात्रै हो। 

सरकारले जे निर्णय गर्छ, सरकार चलाउने २ देखि ४ जना देशकै सबैभन्दा तीक्ष्ण बुद्धि भएका व्यक्तिहरुले निकै सोचविचार गरेर मात्रै ती निर्णय गरिएका हुन्छन्। देशलाई, सरकारलाई र सबैभन्दा महत्वपूर्ण ती निर्णयकर्तालाई कहाँकहाँ र कसरी नाफा वा घाटा हुन सक्छ भन्नेबारे पर्याप्त तौलिएर मात्रै निर्णयहरु हुन्छन्। तपाईं संसदमा वा संसदका झिनामसिना बैठकहरुमा उफ्रीउफ्री बोलेर विरोध गरेर बस्नेलाई के थाहा अर्थनीति, तपाईंलाई के थाहा परराष्ट्र नीति, तपाईंलाई के थाहा लोकतन्त्रको सही अर्थ? 

समाचार त सरकारले आफैंले दिन्छ हरेक बिहीबार। त्यही बिहीबारको समाचार सम्मेलनमा पत्रकारले ठिकठिक कुरा लेखून् भन्ने अभिप्रायले करोडौं रकम खर्च गर्‍यो तर मिडियाले आफूलाई मन लागेका कुरा मात्रै लेखे। खास र सत्य समाचार दिन त सरकारले तोकेका मान्छेहरु छँदैछन्!

तपाईंलाई त उही २५-२६ वर्षदेखि पालैपिलो सत्ताभोग गरेको दल र नेताहरुको नीति मात्रै थाहा छ। उनीहरुले देशको हालत के बनाए थाहा छ होइन? जुन पार्टीका नेता खल्तीमा भएको भाषणमा के लेखिएको छ भन्नेसमेत थाहा पाउँदैनन्, तपाईं उसको वकालत कसरी गर्न सक्नुहुन्छ? बुढानीलकण्ठमा मध्यदिनमा सुरापान गरेर निदाउने बानी परेकाहरुको विश्वास गर्ने नि देशको चिन्ताले दिनमा ३ घन्टा पनि ननिदाउनेहरुको विश्वास गर्ने? अझै तपाईं उनीहरुकै भाषा बोल्ने? सरकारको भाषामा बोल्नुहोस्। आँट गर्नुहोस्, असम्भव केही छैन। 

जाबो ४०-५० करोडको लगानी गरेर सानोतिनो कार्यक्रम गर्ने आँट नभए तपाईं खर्बौंको समृद्धिको हिस्सेदार बन्न सक्नुहुन्न, पाउनुहुन्न। देशभरिका भूमाफियाहरुलाई तह लगाउने गरी सरकारले ल्याउन लागेको कानुनको तपाईंले नै विरोध गर्नुभएको हो? माइतीघरमा गएर रुने पनि तपाईं नै हो? हो भने तपाईं पनि भूमाफिया हो। कसले भन्यो तपाईंलाई कि सरकारले संस्कृति र सम्पदा मास्न लाग्यो भनेर? सरकारले त झन् त्यस्ता सम्पदाहरु कहाँकहाँ छन् भनेर राजधानीमै बसेर थाहा पाउन धरहरा ठड्याउँदैछ। गाउँगाउँमा भ्यूटावर बनाउने भनेको त्यही सम्पदाहरुको रखबारी गर्न होइन? बालुवाटारको जग्गा खायो भनेर यसै उफ्रेर हुन्छ? खाओस् नखाओस् तर सरकार देश खाने क्षमता राख्छ। जाबो बालुवाटार त यसै पनि अबको ५० वर्ष अहिलेको सरकार चलाउने दल अर्थात् नेकपाले नै राज गर्ने हो। भनेकै छन् त दलका मान्छेहरुले। समाचार पढ्ने/सुन्ने गर्नुभएको छैन?

ए साँच्ची, समाचार भन्नेबित्तिकै याद आयो, समाचार नसुने हुन्छ। समाचार त सरकारले आफैंले दिन्छ हरेक बिहीबार। त्यही बिहीबारको समाचार सम्मेलनमा पत्रकारले ठिकठिक कुरा लेखून् भन्ने अभिप्रायले करोडौं रकम खर्च गर्‍यो तर मिडियाले आफूलाई मन लागेका कुरा मात्रै लेखे। खास र सत्य समाचार दिन त सरकारले तोकेका मान्छेहरु छँदैछन्! नभए प्रधानमन्त्रीले नै बेलाबेलामा जनताको नाममा सम्बोधन गर्नेछन्। महिनौंलाई पुग्ने समाचार त्यही सम्बोधनमा हुन्छ। सत्यतथ्य भन्ने कुरा सब भ्रम हो। एक विद्वान्‌ले भनेका छन्– 'संसारमा सत्य भन्ने कुराको अस्तित्व छैन, छ त केवल बुझाइ।' सरकारको भिजन बुझ्ने हैसियत आजका मिडियामा छैन। त्यसैले मिडियाका कुरा पत्याएर बस्नु आवश्यकै छैन। आज मिडिया अराजक छ। 

धेरथोर विषादी संसारभरको तरकारीमा हुन्छ। त्यति विषादीको कुरालाई लिएर भारतजस्तो समृद्धशाली मुलुकसँगको हजारौं वर्षदेखिको अलौकिक सम्बन्धमा दरार आउन दिनु बुद्धिमानीको कुरा होइन।

जस्तै: असारमा सक्नुपर्ने बजेट असारमा नसके कहिले सक्ने त? यी मिडिया बेक्कारमा असारे विकास भयो भन्दै चिच्याइरहेका छन्। 

सरकारले दिने पुरस्कार र तक्माहरु सरकारलाई मन परेकाहरुलाई दिने कि विरोधीलाई? प्रधानमन्त्रीलाई खुल्लमखुल्ला कालो झन्डा देखाउने, गुगल गरेर विकासका महत्वपूर्ण योजनामा भाँजो हाल्नेगरी अखबारमा लेख्ने, सरकार चलाउने पार्टीकै विरुद्धमा चुनाव लड्नेहरुलाई कसरी तक्मा लगाइदिन सकिन्छ? मह काढ्नेले नै हात चाट्ने हो। 

सरकारले दिने रोजगारी बाँदर धपाउने होस् कि घाँस उखेल्ने, काम कामै हो, ठूलो सानो काम भन्ने केही हुँदैन। हरेक किसिमका कामलाई रोजगारीमा परिणत गर्न सक्ने यति सिर्जनशील सरकार अरु कुन देशमा छ?

धेरथोर विषादी संसारभरको तरकारीमा हुन्छ। त्यति विषादीको कुरालाई लिएर भारतजस्तो समृद्धशाली मुलुकसँगको हजारौं वर्षदेखिको अलौकिक सम्बन्धमा दरार आउन दिनु बुद्धिमानीको कुरा होइन। प्रेममा मानिसहरुले विष पिउन तयार भएजस्तो हामी भारतसँगको प्रेममा त्यति जाबो विषाक्त तरकारी खान नसक्ने? फेरि जोरी खोज्ने पनि बेला हुन्छ। अघिपछि ठ्याक्क चुनाव हुनपर्छ। भारतमै हेर्नुस्, चुनावको ठिकअगाडि पाकिस्तानसँग भारतको युद्ध नै होलाझैं थिएन? चुनाव आउन दिनुस्, गर्नुपर्ने सब गर्छ सरकारले। अहिलेलाई तरकारीमा ध्यान दिनुस्। देश चलाउने सरकारले हो, तपाईं भान्सा सम्हाल्नुस्। 

यो सरकार बनेदेखि कुनै मानिस भोकै मरेको कतै सुनिएन, जाडोले कठ्याङ्ग्रिएर मरेको कतै देखिएन। बाढी, पहिरो वा हुरी बतासले कसैले ज्यान गुमाएको थाहा पाइएन। तपाईंले देख्नु, सुन्नु वा थाहा पाउनुभएको भए त्यो बेग्लै कुरा।

यस्ता स्वाभाविक र सामान्य कुरालाई लिएर चियाको कपमा तुफान चलाउनुको के फाइदा? 

मिडिया पनि तपाईंकै लाइनमा लागेका देखिन्छन्, खाली विरोधीकै मात्र कुरा राख्छन्। अमेरिकाका राष्ट्रपतिलाई पनि यसैगरी त्यहाँका मिडियाले खेदिरहेका छन्। यहाँ पनि मिडियाले सरकारलाई खेद्नै मात्र खोजेको छ। यी सबै मिडिया प्रतिक्रियावादी भइसके। भारतमा नरेन्द्र मोदी फेरि प्रधानमन्त्रीमा निर्वाचित भए। त्यहाँको मिडियाले प्रधानमन्त्री मोदीलाई कति धेरै सहयोग गरे भन्ने कुरा नेपाली मिडियाले बुझ्नु आवश्यक छ। मिडियाले सरकारको विरोध र आलोचना गर्नुको तुक नै छैन, बरु सहयोग र समर्थन गर्नुपर्छ। देशको आजको आवश्यकता यही हो।

तपाईं जो कागजको डुंगालाई पानीजहाज भनेर देशले गरेको उन्नतिको खेदो खन्दै हुनुहुन्छ, तपाईंकै कारण मनसुन लागिसकेर पनि देशमा आज पानी पर्न सकेको छैन। नत्र अघिल्लो वर्ष कति राम्रो पानी पर्‍यो, उब्जनी कति बढ्यो भन्ने कुरा घामजत्तिकै छर्लंग छ। यो सरकार बनेदेखि आजको दिनसम्म कुनै मानिस भोकै मरेको कतै सुनिएन, जाडोले कठ्याङ्ग्रिएर मरेको कतै देखिएन। बाढी, पहिरो वा हुरी बतासले कसैले ज्यान गुमाएको थाहा पाइएन। तपाईंले देख्नु, सुन्नु वा थाहा पाउनुभएको भए त्यो बेग्लै कुरा। सरकार झिनामसिना कुरामा अल्झिएर बस्ने होइन, यो ऐतिहासिक सरकार हो जसले ठूला कुरा गर्छ, ठूला काम गर्छ र सुन्ने, देख्ने र थाहा पाउने कुरा पनि ठूलै हुनुपर्छ। बुझ्नुभो? 

ल अब खुरुक्क मास्क खोलेर ठूलो स्वरमा यो पंक्ति पढ्नुहोस्– सरकारले एकदम राम्रो काम गरिरहेको छ। 

र, अन्तिममा सबैले मिलेर भन्नुहोस्– नेकपा सरकार जिन्दावाद! 

ट्विटर: @Roopess

प्रकाशित मिति: शनिबार, असार २१, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्