• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेकपा सरकार जिन्दावाद!

64x64
नेपाल लाइभ शनिबार, असार २१, २०७६  १३:१०
1140x725

व्यंग्य


सरकारले एकदम राम्रो काम गरिरहेको छ। 

यो पंक्ति फेरि पढ्नुहोला– सरकारले एकदम राम्रो काम गरिरहेको छ। 

दशकौं लामो संक्रमण र अस्थिरताको अन्त्यसँगै बनेको दुई तिहाइको सरकारले आज 'सुखी नेपाली, समृद्ध नेपाल'को भव्यतम् नारा लिएर एक वर्षभन्दा बढी समयदेखि गरिरहेका सुन्दर काम र आउने पचासौं वर्षका लागि बनाएका नवीनतम र आधुनिक योजना हेरेर/सुनेर ताली बजाउनुको साटो तपाईं किन काखी बजाउँदै हुनुहुन्छ? प्रशंसाको साटो किन आलोचना गर्दै हुनुहुन्छ? समर्थनमा हर्षोल्लास मनाउनुको सट्टा किन विरोधको स्वर चर्काउँदै हुनुहुन्छ? 

यदि तपाईं यो सरकारका कामको आलोचना गर्दै हुनुहुन्छ भने तपाईंले पक्का पनि चुनावमा भोट हाल्नुभएन होला। भोट हालेकै भए पनि तपाईं सहरिया बुद्धिजीवी हुनुपर्छ। नभए तपाईं घोर दक्षिणपन्थी हुनुहुन्छ, कुनै प्रतिक्रियावादी विदेशी शक्तिको दलाल हुनुहुन्छ, तपाईं व्यवस्थाविरोधी वा अराष्ट्रवादी हुनुहुन्छ। यी कुनै पनि हुनुको अर्थ हो, तपाईं व्यवस्था ढाल्न चाहनुहुन्छ, सत्ता उल्टाउन चाहनुहुन्छ। तपाईं यो देशका लागि खतरा हुनुहुन्छ। 

यो मैले भनेको होइन, स्वयं हाम्रा प्रधानमन्त्रीले भनेको कुरा हो। प्रधानमन्त्रीले मात्रै होइन, उनका विद्वान् सल्लाहकारहरुले भनेको कुरा हो, सरकार कसरी सञ्चालन भइरहेको छ भनेर प्रधानमन्त्रीको टेबुलको अघिल्तिर घुँडा धसेका हरेकले भनेको कुरा हो, सामाजिक सञ्जालमा तपाईंलाई बारम्बार सचेत बनाउन खोजिरहेका मान्छेहरु जसलाई तपाईं 'हनुमान' र 'अरिंगाल' भन्दै खेद्न खोज्दै हुनुहुन्छ; हो उनीहरुले पनि भनिरहेको कुरा हो। तपाईं बढ्ता जान्ने हुनै पर्दैन, तपाईं जसको भक्ति गर्दै हुनुहुन्छ, उसैको भाषामा भन्ने हो भने 'तपाईं बढ्ता बोल्दै हुनुहुन्छ।' तर याद राख्नुस्, तपाईं देशका लागि जति खतरा हुनुहुन्छ, त्योभन्दा कैयन् गुणा अब तपाईंको जीवनलाई खतरा छ।

तपाईंले सामाजिक सञ्जालमा लेख्ने त्यस्ता तुच्छ आलोचनात्मक शब्दले सरकार झुक्दैन, बरु सरकार त्यसको साटो झुक्किइदिन्छ। तपाईंले राम्रोसँग बुझ्नपर्छ, जतिसुकै बाक्लो मास्क लगाएर सहर डुले पनि तपाईंलाई झ्यापझुप्प झ्यालखाना कोचेर सरकारले झुक्किएको वक्तव्य दिएर काम तमाम गरिदिन सक्छ।

तपाईंले के भुल्नु हुँदैन भने यो सडकमा धुलो उडोस् कि धुवाँ, तपाईंलाई रेल र पानीजहाजको ईश्वरीय सपना देख्न सक्षम बनाउने यो सरकारले तपाईंलाई दिएको उपहार हो। सरकारले दिएको उपहार तपाईं नाइँ कसरी भन्न सक्नुहुन्छ? मास्क लगाएर हिँड्ने? यो त सरासर व्यवस्थाको विरोध हो। प्रधानमन्त्रीले सार्वजनिक रुपमै अब काठमाडौंमा कसैले मास्क लगाउँदैनन् भनेको सुन्दासुन्दै मास्क लगाएर हिँड्ने हिम्मत कसरी आउँछ तपाईंलाई? तपाईंलाई मार्क्सवादी हुन स्वागत छ तर मास्कवादी हुन किमार्थ छुट छैन। 

यो देशमा दशकौंदेखि 'बुर्जुवा जीवनशैली अपनाएर पनि', आफ्नो बाहुबली कर्मले नाम कमाएर 'युवाहरुका आदर्श' बनेका स्वतन्त्र राजनीतिज्ञ जसलाई अदालतले पनि चुँ गर्न सकेन, त्यस्ता सर्वशक्तिमान परमप्रतापी राजीव गुरुङ उर्फ दीपक मनाङेसमेत मार्क्सवादी विचारधारामा नुहाउन लालायित भएका छन्। देशलाई विकल्प दिने भनेर समाजवादी वा वैज्ञानिक समाजवादी भन्दै भारीभरकम नाम राखेर खोलिएका पार्टीका गिनेचुनेका नेताले समेत सर्वस्वसहित मार्क्सवादी बन्ने लाइनमा उभिएर फूलको माला लगाइसके। यस्तो बेला तपाईं कसरी मास्कवादी बन्ने कल्पना गर्न सक्नुहुन्छ? 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले जे सपना देख्नु भनेको छ, त्यो सपना देख्नु। भन्दै नभनिएको सपना देख्न तपाईंलाई कसले छुट दियो? 

तपाईंले के भुल्न हुँदैन भने तपाईंले सामाजिक सञ्जालमा लेख्ने त्यस्ता तुच्छ आलोचनात्मक शब्दले सरकार झुक्दैन, बरु सरकार त्यसको साटो झुक्किइदिन्छ। तपाईंले राम्रोसँग बुझ्नपर्छ, जतिसुकै बाक्लो मास्क लगाएर सहर डुले पनि तपाईंलाई झ्यापझुप्प झ्यालखाना कोचेर सरकारले झुक्किएको वक्तव्य दिएर काम तमाम गरिदिन सक्छ। काम तमाम भनेको बुझ्नुहुन्छ नि? फेरि बढ्ता नबुझ्नुस्, काम तमामको अर्थ काम तमाम मात्रै हो। 

सरकारले जे निर्णय गर्छ, सरकार चलाउने २ देखि ४ जना देशकै सबैभन्दा तीक्ष्ण बुद्धि भएका व्यक्तिहरुले निकै सोचविचार गरेर मात्रै ती निर्णय गरिएका हुन्छन्। देशलाई, सरकारलाई र सबैभन्दा महत्वपूर्ण ती निर्णयकर्तालाई कहाँकहाँ र कसरी नाफा वा घाटा हुन सक्छ भन्नेबारे पर्याप्त तौलिएर मात्रै निर्णयहरु हुन्छन्। तपाईं संसदमा वा संसदका झिनामसिना बैठकहरुमा उफ्रीउफ्री बोलेर विरोध गरेर बस्नेलाई के थाहा अर्थनीति, तपाईंलाई के थाहा परराष्ट्र नीति, तपाईंलाई के थाहा लोकतन्त्रको सही अर्थ? 

समाचार त सरकारले आफैंले दिन्छ हरेक बिहीबार। त्यही बिहीबारको समाचार सम्मेलनमा पत्रकारले ठिकठिक कुरा लेखून् भन्ने अभिप्रायले करोडौं रकम खर्च गर्‍यो तर मिडियाले आफूलाई मन लागेका कुरा मात्रै लेखे। खास र सत्य समाचार दिन त सरकारले तोकेका मान्छेहरु छँदैछन्!

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईंलाई त उही २५-२६ वर्षदेखि पालैपिलो सत्ताभोग गरेको दल र नेताहरुको नीति मात्रै थाहा छ। उनीहरुले देशको हालत के बनाए थाहा छ होइन? जुन पार्टीका नेता खल्तीमा भएको भाषणमा के लेखिएको छ भन्नेसमेत थाहा पाउँदैनन्, तपाईं उसको वकालत कसरी गर्न सक्नुहुन्छ? बुढानीलकण्ठमा मध्यदिनमा सुरापान गरेर निदाउने बानी परेकाहरुको विश्वास गर्ने नि देशको चिन्ताले दिनमा ३ घन्टा पनि ननिदाउनेहरुको विश्वास गर्ने? अझै तपाईं उनीहरुकै भाषा बोल्ने? सरकारको भाषामा बोल्नुहोस्। आँट गर्नुहोस्, असम्भव केही छैन। 

जाबो ४०-५० करोडको लगानी गरेर सानोतिनो कार्यक्रम गर्ने आँट नभए तपाईं खर्बौंको समृद्धिको हिस्सेदार बन्न सक्नुहुन्न, पाउनुहुन्न। देशभरिका भूमाफियाहरुलाई तह लगाउने गरी सरकारले ल्याउन लागेको कानुनको तपाईंले नै विरोध गर्नुभएको हो? माइतीघरमा गएर रुने पनि तपाईं नै हो? हो भने तपाईं पनि भूमाफिया हो। कसले भन्यो तपाईंलाई कि सरकारले संस्कृति र सम्पदा मास्न लाग्यो भनेर? सरकारले त झन् त्यस्ता सम्पदाहरु कहाँकहाँ छन् भनेर राजधानीमै बसेर थाहा पाउन धरहरा ठड्याउँदैछ। गाउँगाउँमा भ्यूटावर बनाउने भनेको त्यही सम्पदाहरुको रखबारी गर्न होइन? बालुवाटारको जग्गा खायो भनेर यसै उफ्रेर हुन्छ? खाओस् नखाओस् तर सरकार देश खाने क्षमता राख्छ। जाबो बालुवाटार त यसै पनि अबको ५० वर्ष अहिलेको सरकार चलाउने दल अर्थात् नेकपाले नै राज गर्ने हो। भनेकै छन् त दलका मान्छेहरुले। समाचार पढ्ने/सुन्ने गर्नुभएको छैन?

ए साँच्ची, समाचार भन्नेबित्तिकै याद आयो, समाचार नसुने हुन्छ। समाचार त सरकारले आफैंले दिन्छ हरेक बिहीबार। त्यही बिहीबारको समाचार सम्मेलनमा पत्रकारले ठिकठिक कुरा लेखून् भन्ने अभिप्रायले करोडौं रकम खर्च गर्‍यो तर मिडियाले आफूलाई मन लागेका कुरा मात्रै लेखे। खास र सत्य समाचार दिन त सरकारले तोकेका मान्छेहरु छँदैछन्! नभए प्रधानमन्त्रीले नै बेलाबेलामा जनताको नाममा सम्बोधन गर्नेछन्। महिनौंलाई पुग्ने समाचार त्यही सम्बोधनमा हुन्छ। सत्यतथ्य भन्ने कुरा सब भ्रम हो। एक विद्वान्‌ले भनेका छन्– 'संसारमा सत्य भन्ने कुराको अस्तित्व छैन, छ त केवल बुझाइ।' सरकारको भिजन बुझ्ने हैसियत आजका मिडियामा छैन। त्यसैले मिडियाका कुरा पत्याएर बस्नु आवश्यकै छैन। आज मिडिया अराजक छ। 

धेरथोर विषादी संसारभरको तरकारीमा हुन्छ। त्यति विषादीको कुरालाई लिएर भारतजस्तो समृद्धशाली मुलुकसँगको हजारौं वर्षदेखिको अलौकिक सम्बन्धमा दरार आउन दिनु बुद्धिमानीको कुरा होइन।

जस्तै: असारमा सक्नुपर्ने बजेट असारमा नसके कहिले सक्ने त? यी मिडिया बेक्कारमा असारे विकास भयो भन्दै चिच्याइरहेका छन्। 

सरकारले दिने पुरस्कार र तक्माहरु सरकारलाई मन परेकाहरुलाई दिने कि विरोधीलाई? प्रधानमन्त्रीलाई खुल्लमखुल्ला कालो झन्डा देखाउने, गुगल गरेर विकासका महत्वपूर्ण योजनामा भाँजो हाल्नेगरी अखबारमा लेख्ने, सरकार चलाउने पार्टीकै विरुद्धमा चुनाव लड्नेहरुलाई कसरी तक्मा लगाइदिन सकिन्छ? मह काढ्नेले नै हात चाट्ने हो। 

सरकारले दिने रोजगारी बाँदर धपाउने होस् कि घाँस उखेल्ने, काम कामै हो, ठूलो सानो काम भन्ने केही हुँदैन। हरेक किसिमका कामलाई रोजगारीमा परिणत गर्न सक्ने यति सिर्जनशील सरकार अरु कुन देशमा छ?

धेरथोर विषादी संसारभरको तरकारीमा हुन्छ। त्यति विषादीको कुरालाई लिएर भारतजस्तो समृद्धशाली मुलुकसँगको हजारौं वर्षदेखिको अलौकिक सम्बन्धमा दरार आउन दिनु बुद्धिमानीको कुरा होइन। प्रेममा मानिसहरुले विष पिउन तयार भएजस्तो हामी भारतसँगको प्रेममा त्यति जाबो विषाक्त तरकारी खान नसक्ने? फेरि जोरी खोज्ने पनि बेला हुन्छ। अघिपछि ठ्याक्क चुनाव हुनपर्छ। भारतमै हेर्नुस्, चुनावको ठिकअगाडि पाकिस्तानसँग भारतको युद्ध नै होलाझैं थिएन? चुनाव आउन दिनुस्, गर्नुपर्ने सब गर्छ सरकारले। अहिलेलाई तरकारीमा ध्यान दिनुस्। देश चलाउने सरकारले हो, तपाईं भान्सा सम्हाल्नुस्। 

यो सरकार बनेदेखि कुनै मानिस भोकै मरेको कतै सुनिएन, जाडोले कठ्याङ्ग्रिएर मरेको कतै देखिएन। बाढी, पहिरो वा हुरी बतासले कसैले ज्यान गुमाएको थाहा पाइएन। तपाईंले देख्नु, सुन्नु वा थाहा पाउनुभएको भए त्यो बेग्लै कुरा।

यस्ता स्वाभाविक र सामान्य कुरालाई लिएर चियाको कपमा तुफान चलाउनुको के फाइदा? 

मिडिया पनि तपाईंकै लाइनमा लागेका देखिन्छन्, खाली विरोधीकै मात्र कुरा राख्छन्। अमेरिकाका राष्ट्रपतिलाई पनि यसैगरी त्यहाँका मिडियाले खेदिरहेका छन्। यहाँ पनि मिडियाले सरकारलाई खेद्नै मात्र खोजेको छ। यी सबै मिडिया प्रतिक्रियावादी भइसके। भारतमा नरेन्द्र मोदी फेरि प्रधानमन्त्रीमा निर्वाचित भए। त्यहाँको मिडियाले प्रधानमन्त्री मोदीलाई कति धेरै सहयोग गरे भन्ने कुरा नेपाली मिडियाले बुझ्नु आवश्यक छ। मिडियाले सरकारको विरोध र आलोचना गर्नुको तुक नै छैन, बरु सहयोग र समर्थन गर्नुपर्छ। देशको आजको आवश्यकता यही हो।

तपाईं जो कागजको डुंगालाई पानीजहाज भनेर देशले गरेको उन्नतिको खेदो खन्दै हुनुहुन्छ, तपाईंकै कारण मनसुन लागिसकेर पनि देशमा आज पानी पर्न सकेको छैन। नत्र अघिल्लो वर्ष कति राम्रो पानी पर्‍यो, उब्जनी कति बढ्यो भन्ने कुरा घामजत्तिकै छर्लंग छ। यो सरकार बनेदेखि आजको दिनसम्म कुनै मानिस भोकै मरेको कतै सुनिएन, जाडोले कठ्याङ्ग्रिएर मरेको कतै देखिएन। बाढी, पहिरो वा हुरी बतासले कसैले ज्यान गुमाएको थाहा पाइएन। तपाईंले देख्नु, सुन्नु वा थाहा पाउनुभएको भए त्यो बेग्लै कुरा। सरकार झिनामसिना कुरामा अल्झिएर बस्ने होइन, यो ऐतिहासिक सरकार हो जसले ठूला कुरा गर्छ, ठूला काम गर्छ र सुन्ने, देख्ने र थाहा पाउने कुरा पनि ठूलै हुनुपर्छ। बुझ्नुभो? 

ल अब खुरुक्क मास्क खोलेर ठूलो स्वरमा यो पंक्ति पढ्नुहोस्– सरकारले एकदम राम्रो काम गरिरहेको छ। 

र, अन्तिममा सबैले मिलेर भन्नुहोस्– नेकपा सरकार जिन्दावाद! 

ट्विटर: @Roopess

प्रकाशित मिति: शनिबार, असार २१, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्