• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३१, २०८३ Sun, Jun 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सप्तरीमा खुल्ला दिसामुक्त अभियान : बजेट सकियो, काम सकिएन

64x64
नेपाल लाइभ शुक्रबार, पुस २१, २०७४  १३:२७
1140x725

राजविराज– जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समिति र सरोकारवाला निकायकै कमजोरीका कारण सन् २०१७ भित्र सप्तरीलाई खुल्ला दिशामुक्त घोषणा गर्ने योजना असफल भएको छ। अन्तिम समयमा मात्रै सक्रियता देखाउने सरकारी कर्मचारी र सरोकारवालाको प्रवृत्तिका कारण योजना असफल भएको हो।

जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिले पहिलो पटक सन् २०१६ भित्रै सप्तरीलाई खुल्ला दिसामुक्त घोषणा गर्ने योजना बनाएको थियो। तर, त्यो योजना असफल भएपछि थप गरिएको एक वर्षको समयमा पनि सन्तोषजनक काम हुन नसक्दा दोस्रो योजना समेत असफल भएको छ। सप्तरीका कुल १ लाख १९ हजार ६ सय ८२ घरधुरीमध्ये हालसम्म हाल १ लाख ९ हजार २ सय ६७ घरधुरीमा चर्पी निर्माण भएका छन्। अहिले पनि १० हजार ५ सय २२ घरधुरीमा शौचालय बन्न बाँकी छ।

तत्कालीन ४ नगरपालिका र ९६ गाविसमध्ये हालसम्म १ नगरपालिका र ५५ गाविस मात्र खुला दिशामुक्त घोषणा भएको खाने पानी तथा सरसफाइ डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर लोकेन्द्रप्रसाद यादवले जानकारी दिए।

युनिसेफ, युएन हाबिट्याट, एसएनभी, अक्सफाम जस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा जिल्ला समन्वय समितिले जिम्मेवारी लिएको ५ मध्ये २, खानेपानी तथा सरसफाइ कार्यालयले पाएको ३ मध्ये १, सबल नेपालले लिएको २० मध्ये १०, वेलले लिएको ३० मध्ये १३, केभिएसले लिएको ७ मध्ये ४, पञ्चावती ग्रामीण विकास केन्द्रले लिएको २५ मध्ये ८, सप्तरी सामुदायिक सेवा केन्द्रले लिएको ३ मध्ये १, महुली सामुदायिक विकास केन्द्रले लिएको ४ मध्ये १ स्थानीय तह खुला दिशामुक्त घोषणा हुन बाँकी छ। हुकोडेकले पाएको २ मध्ये कुनै पनि स्थानीय तहमा सफलता पाएको छैन भने सेभ द सप्तरीले लिएको एउटा गाविस खुल्ला दिसामुक्त भएको छ।

करिब ८ करोड रुपैयाँ खर्चेर पनि योजना असफल भएपछि यतिबेला सरोकारवालाको आलोचना हुन थालेको छ। वर्षका ११ महिना सुस्तता साँध्ने अनि बाह्रौं महिनामा सक्रियता देखाउने प्रवृत्तिले योजना असफल भएको स्थानीयले आरोप लगाउन थालेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

समिति र साझेदार संस्थाले तोकिएकै मितिमा योजना पूरा गर्न नखोजेका भने होइनन्। डिसेम्बर लाग्दै गर्दा स्वयंसेवक बढाउने; दिन–रात गाउँमै बस्ने; सर्वसाधारणलाई डर, त्रास, लोभ देखाउने; जरिवाना गर्ने; प्रहरी लगाएर थुन्ने तथा सरकारी सेवा सुविधा रोक्नेदेखि खुल्ला दिसा गर्ने सर्वसाधारणको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरी अपमानित गर्नेसम्मका काम भए। डिसेम्बर सकिनै लाग्दा सप्तरीका पत्रकारलाई समेत एनजिओकर्मी सरह अभियानमा प्रयोग गरियो। पत्रकारले पनि सोही अनुसार गाउँमा गएर शौचालय निर्माणका लागि काम गरे। तर, ती सबै प्रयासका बाबजुद सरकारी योजना भने असफल भएको छ।

अभियानका स्वयंसेवकले जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित खुरीहुरीमा त शौचालय नबनाएको भन्दै सर्वसाधारणको चुलोसमेत भत्काउने काम गरे। तर, त्यसले शौचालय निर्माणमा प्रेरित गर्नेभन्दा पनि अभियान विरुद्ध माहोल बनाउने काम गरेको स्थानीय वुद्धिजीवीहरु बताउँछन्। चुलो भत्काएको आक्रोशमा स्थानीय महिलाले उल्टै स्वयंसेवकलाई हातपात गरेर लखेटेको उनीहरुले जानकारी दिएका छन्।

अधिकांश घरधुरी आर्थिक रुपमा कमजोर, भूमिहीन र विपन्न समुदायका रहेकाले बाँकी रहेका घरधुरीमा शौचालय निर्माण गर्न नसकिएको समितिकै सदस्यहरु बताउँछन्। समितिका सदस्य सचिव तथा सिनियर डिभिजनल इन्जिनियर यादवले जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न नसकिए पनि ठूलो सफलता मिलेको बताए। 

‘अभियान सञ्चालनअघि २० हजार ९ सय ८० घरधुरीले मात्रै शौचालय प्रयोग गर्थे,’ उनले भने, ‘अहिले जिल्लाभरि १० हजार मात्रै शौचालय बन्न बाँकी छ, यो ठूलो सफलता हो।’

पछिल्लो समय चर्पी प्रयोग गर्ने संख्यामा समेत उल्लेख्य वृद्धि भएको उनले बताएका छन्। ‘२ वर्षअघि गरिएको सर्वेक्षणअनुसार चर्पी बने पनि ६ प्रतिशत घरधुरीका केही सदस्यले प्रयोग गर्दैनथिए। एक वर्षअघिको सर्वेक्षण अनुसार त्यो संख्या पनि ३ प्रतिशतमा झरेको छ,’ यादवले भने।

प्रकाशित मिति: शुक्रबार, पुस २१, २०७४  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिका–इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
परराष्ट्र मन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
गर्मीमा यसकारण नरिवल पानी पिउने आइतबार, जेठ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, जेठ ३१, २०८३
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित आइतबार, जेठ ३१, २०८३
‘राजनीतिलाई सेवाको प्रतीकका रूपमा रूपान्तरण गर्नुपर्छ’ : गगन थापा आइतबार, जेठ ३१, २०८३
२१ किलो गाँजासहित एक जना पक्राउ आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्