रसुवा- नेपाल टेलिकमका सम्पूर्ण सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ।
धादिङको गल्छीबाट ल्याएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमको प्रिपेड, पोस्टपेड, पिएसटिएन (ल्यान्डलाइन टेलिफोन) र इन्टरनेट सेवामा समस्या आएको छ। टेलिकमको सेवा बुधबार अपराह्न ३ बजेदेखि अवरुद्ध भएको हो। सेवा अवरुद्ध भएको लामो समय भइसक्दा समेत समाधान नहुँदा रसुवाका उपभोक्ताहरु समस्यामा परेका छन्।
गल्छीबाट ल्याएको फाइबर नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटे आसपासको स्थानमा खराबी देखिएकाले मर्मतको काम भइरहेको टेलिकम रसुवाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।