• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

नेपालमा नियात्रा साहित्यको इतिहास ५ सय २५ वर्ष पुरानो

64x64
नेपाल लाइभ बिहीबार, असार १९, २०७६  ०६:४६
1140x725

काभ्रेपलाञ्चोक- नेपालमा नियात्रा साहित्यको इतिहास ५२५ वर्ष पुरानो रहेको पाइएको काभ्रेपलाञ्चोकको धुलिखेलमा बुधबार आयोजित एक सहित्यिक कार्यक्रममा जानकारी दिइएको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र र आख्यान विभाग तथा नेपाल वाङ्मय परिषद् काठमाडौंद्वारा आयोजित ‘समकालीन नेपाली नियात्रा लेखनमा सामाजिक चिन्तन’ विषयक विचार गोष्ठीमा नियात्राकार जय छाङ्छाले नियात्रा साहित्यको इतिहास विसं १५५० मा तत्कालीन राजा गगनीराजले मुगुदेखि मुस्ताङसम्मको आफ्नो यात्रालाई लिपिबद्ध गरेको सङ्ग्रहलाई मानिएको जानकारी दिए।

उनले भने, 'जे जस्तो उद्देश्यबाट प्रेरित भएर कृतिको जन्म भए पनि नेपाली नियात्रा साहित्यको इतिहास आरम्भ कृतिका रूपमा उक्त यात्रा सङ्ग्रह सुरक्षित हुन सफल भएको छ।'

सेलो फाउन्डेनसनद्वारा संयोजित कार्यक्रममा छाङ्छाद्वारा प्रस्तुत ‘नेपाली नियात्रा साहित्यको विकासमा सामाजिक चेतना’ विषयक कार्यपत्रमा विसं १९७० मा शेरसिंह रानाको ‘मेरो लण्डन राजतिलक यात्रा’, विसं १९७४ मा चिरञ्जीवी शर्मा पौड्यालको ‘काश्मीर यात्रा प्रसङ्ग’, विसं १९९६ मा रणशुर लिम्बूको ‘बर्माको सम्झना’, विसं १९९९ मा भवानी भिक्षुको ‘सिमलासम्म’, विसं २०१४ मा लैनसिंह वाङ्देलको ‘यूरोपको चिठ्ठी’ र विसं २०२० मा ‘स्पेनको सम्झना’ तथा विसं २०२२ मा केदारमणि आ.दि.को ‘बेलायत जाँदा’ जस्ता अनेकन नियात्रा कृति प्रकाशित भएको उल्लेख गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विसं २०२६ मा डा तारानाथ शर्माको यात्रा कृति ‘बेलायततिर बरालिँदा’ प्रकाशन भएपछि यात्रा वृत्तान्त वा यात्रा विवरणलाई भाषाविद् बालकृष्ण पोखरेलले ‘नियात्रा’ शब्दले सम्बोधन गरेपछि नेपालमा यस्ता कृतिलाई नियात्रा साहित्य भन्न थालिएको समेत कार्यपत्रमा उल्लेख गरिएको छ। 'नेपालभन्दा कयौँ गुणा विकसित पश्चिमा मुलुकहरुमा पनि अझै यस्ता कृतिलाई नामकरण गर्न सकिरहेका छैनन्', छाङ्छाले भने।

उनले जीवित प्रमाणिकता नियात्राको प्रमुख तत्व भएकाले कहिले, कहाँ, को, कसरी र किन आदि कुरालाई नियात्राको मुटु मानिने बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

वरिष्ठ साहित्यकार मोहन दुवालले नेपाली साहित्यमा यात्रा निबन्ध, यात्रा संस्मरण, यात्रा वृत्तान्त, भ्रमण वृत्तान्त, यात्रा वर्णन आदिको नामबाट नियात्रा साहित्यको सम्बोधन भएको सुनाए। उनले करिब ५० वर्षयता नियात्रा लेखनलाई प्रगतितर्फ डोर्‍याउन ६ दर्जनभन्दा बढी सर्जक लागिरहेका जानकारी दिए।

प्रतिष्ठानका शास्त्र र आख्यान विभाग प्रमुख प्रा दिनेशराज पन्तले नेपालमा शोधग्रन्थको विषयमा प्रतिष्ठानले विशेष चासो दिइरहेको जिकिर गरे। प्राज्ञ माया ठकुरीले नियात्रा साहित्यका कारण पूर्वी र पश्चिमी मौलिकता, संस्कृति पहिचान एवं आदानप्रदान भएको धारणा राखिन्। प्राज्ञसभा सदस्य नन्दु उप्रेतीले नियात्रा साहित्यले परिवर्तनको संवाहकको भूमिका खेल्नुपर्ने तर्क गरे।

सो अवसरमा फुलमान बल, शारदाप्रसाद शर्मा, राजबाबु श्रेष्ठ, सन्ध्या पहाडी, गोविन्द बस्नेत, हीरामान तामाङ, जगत तामाङ, बिएम लामा, अनामिका सजल, हरिप्रसाद चौलागाईं र निर्भिकजङ्ग रायमाझीले कविता वाचन गरेका थिए।

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  ०६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] पर्वमा आइसोलेट भएर, एउटा कुनामा बसेर किताब पढ्छन् जस्तो मलाई लाग्दैन। कुनै मान्छेसँग सम्बन्धै नराखी, सम्पर्क नै नगरी जंगलमा बसे जस्त... मंगलबार, कात्तिक ३, २०८३
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्