गौर– पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले बाढी प्रभावितका समस्या सम्बोधन गर्न नेपाल सरकार र माओवादी केन्द्रले विशेष पहल गर्ने बताएका छन्।
रौतहटको गौरमा बाढी प्रभावित क्षेत्रको अवलोकन र राहत वितरण कार्यक्रममा अध्यक्ष दाहालले बाढी पीडितका समस्या सम्बोधन गर्न सरकार र पार्टी गम्भीरतापूर्वक लाग्ने बताएका हुन्।
अध्यक्ष दाहालले बिहीबार रौतहट गडर्वामा बाढीबाट भएको क्षतिको अवलोकन गरेका थिए। त्यसपछि उद्योग वाणिज्य संघ गौरले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै अध्यक्ष दाहालले रौतहट लगायतका जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र क्षतिपूर्तिको व्यवस्था गर्न आफ्नो पार्टीले विशेष पहल गर्ने प्रतिबद्धता जनाए।
अध्यक्ष दाहालले रौतहटकै गरुडामा एक हजारभन्दा बाढी पीडित परिवारलाई ग्यास सिलिन्डर, चुल्हो, खाद्यान्न लगायतका राहत सामग्री वितरण गरेका थिए। सहरी विकास मन्त्री प्रभू साहको उपस्थितिमा अध्यक्ष दाहालले राहत सामग्री वितरण गरेका हुन्।
अध्यक्ष दाहालले आफ्नो पार्टीले बाढी प्रभावित सबै जिल्लामा राहत र पुनःस्थापनाको अभियान सञ्चालन गर्ने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।