• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २३, २०८३ Tue, Jul 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'टेलिकमभित्र अर्बौं राजस्व घोटाला भएको भेट्टाएको छु'

64x64
नेपाल लाइभ मंगलबार, भदौ २७, २०७४  ०६:५९
1140x725

वर्षौंदेखि पत्रकारहरुको न्यूनतम पारिश्रमिक सुविधाको कुरा उठ्दै आए पनि यो मुद्दाले किनारा पाउन सकेको छैन । प्रविधिको तीव्र विकास भइरहँदा टेलिकमकै गुणस्तरमा प्रश्न उठ्ने गरेका छन् । यस्ता समस्याका बाबजुद सञ्चार मन्त्रालयले के गरिरहेको छ त ? सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतसँग दुर्गा दुलालले गरेको कुराकानी:

टेलिकम गुणस्तरको कुरा सधैं उठ्ने गरेको छ। हरेक मन्त्री फेरिनासाथ सुधारको प्रतिबद्धता जनाउँछन् । तर किन काम हुन सक्दैन?

यहाँभित्रै धेरै खेल रहेको मैले अनुभव गरिसकेको छु । टेलिकम डुबाएर आफ्नो व्यक्तिगत लाभ लिने प्रवृत्ति वर्षौंदेखि विद्यमान छ । त्यसलाई अन्त्य गर्न मैले योजनाबद्ध रुपमा कामको थालनी गरिसकेको छु।

यहाँ अर्बौं रुपैयाँ राजस्व घोटाला भएको मैले भेट्टाएको छु । भिओआइपी लगायतका कार्य गर्ने र देशलाई जानुपर्ने राजस्व लुट्ने कुरा भइरहेका छन् । कल डाइभर्ट गरेर खाने कुरा मैले सुनेको थिएँ । तर, यहाँ आएपछि उक्त कुरा प्रत्यक्ष देख्न पाएँ।

ती व्यक्तिहरुको पहिचान भयो कि छैन त?

त्यही कार्यका लागि म भित्री रुपमा काम गरिरहेको छु ।  अनुसन्धानमा विज्ञहरु खटिएका छन् । केही सीमित व्यक्तिको गलत काम गरेका कारण अर्बौंको राजस्व गुमाउन सकिँदैन । उक्त राजस्व फर्काउने मेरो लक्ष्य हो । ती व्यक्तिहरुको पहिचान पाँच जना विज्ञको अनुसन्धान टोलीले गरिसकेको छ।

को-को छन् टोलीमा? कसरी काम भइरहेको छ त?

त्यसको लागि अध्ययन गर्न मैले विज्ञहरुको टोली निर्माण गरेको छु । वरिष्ठ इञ्जिनियर, कानुन व्यवसायी र टेलिकमका पूर्व प्रमुखहरुलाई उक्त समितिमा राखिएको छ । टेलिकमका पूर्वप्रमुख, अन्य सरोकारवाला समेटेर समिति निर्माण भएको हो । त्यसले केही दिनमा प्रतिवेदन दिनेछ । उक्त प्रतिवेदनका आधारमा ती कर्मचारीमाथि कारबाही हुन्छ । यो मन्त्रालय अन्तर्गत पर्ने टेलिकम देशकै प्रमुख कर तिर्ने निकाय हो । यसलाई समयमै सुधार्नुपर्नेछ । यदि समयमा सुधार्न सकिएन भने टेलिकम डुब्ने निश्चित छ । केही कर्मचारीहरु मिलेर संघसंस्था र बिजनेस पार्टीसँग मिलेर काम गरिरहेका सूचनाका आधारमा मैलै छानबिन थालेको हुँ।

nimb
nimb
Ncell 2
Ncell 2

अब जनताले 'हेलो' भन्दा मात्रै पैसा तिर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ त?

म यसलाई अन्त्य गर्न प्रयास गर्दैछु । दुई महिनाभित्र कसरी कति सम्भव हुन्छ, त्यति नै काम गर्ने मैले योजना बनाइसकेको छु । अहिले यति मात्र प्रतिबद्धता व्यक्त गर्न चाहन्छु- अब हेलो भनेको भरमा मात्र पैसा तिर्ने यसअघिको व्यवस्था कायम रहँदैन । टेलिकमको सेवा र गुणस्तरमा आएको कमीको पहिचान भइसकेकाले छिटै सुधार गरेर जनताको गुनासो आउन नदिने रुपमा मेरो कार्यकालमा काम हुनेछ।

मिडिया क्षेत्रभित्र देखिएका विकृतिहरु रोक्न तपाईंका योजना केके छन्?

मिडिया क्षेत्रभित्र विकृतिसँगै केही राम्रा काम पनि भएका छन्। यसलाई अझ व्यवस्थित बनाएर लैजान मैले पद बहाली गरेको पहिलो सातामै कार्ययोजना सार्वजनिक गरेको थिएँ। त्यही आधारमा काम गर्ने मेरो सोचाइ छ।

श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक लगायत अन्य कानुनहरुको पालना कहिलेबाट हुन्छ त?

न्यूनतम पारिश्रमिक कार्यान्वयनको कुरा मन्त्रालयले मात्रै चाहेर हुने होइन । यसअघि पनि विभिन्न मन्त्रीहरुले प्रयास गरेकै थिए । म पनि त्यसको कार्यान्वयन गर्ने प्रयासमै छु । यो ऐन लागू नहुनुमा मन्त्री र मन्त्रालयको मात्र दोष छैन । तपाईं हेर्न सक्नुहुन्छ- पत्रकार महासंघका नेतृत्वहरुले के गर्नुभएको छ । कुन मिडिया हाउसमा गएर धर्ना दिनुभएको छ, कुन मिडिया हाउसमा गएर ताला लगाउनुभएको छ । कहाँ ज्ञापनपत्र दिनुभएको छ?

मञ्चमा मात्र चर्का कुरा गर्ने उहाँहरुले त्यसलाई व्यवहारमा उतार्नुभएको छैन । सम्बन्धित व्यक्तिलाई भेटेर कुरै नगर्ने परिपाटीबाट समस्या भएको हो । मन्त्रालयले समन्वय गर्ने हो । आउनुस्, म सधैं तयार छु । पहिला त फलाम तात्ने होला । मैले सञ्चार नीतिमा मिडिया हाउसहरुको गुनासो सम्बोधन गर्ने तयारी गरेको छु । त्यसलाई सम्बोधन गर्ने गरी नीति निर्माण हुँदैछ । अहिले भर्खर निर्वाचित भएका पत्रकार महासंघका पदाधिकारीसँग कुरा गरेको छु । छिटै यसमा म काम गर्नेछु।

पत्रकारिताको सामाजिक सुरक्षाका विषयमा के गर्दै हुनुहुन्छ?

पत्रकारिताभित्र धेरै जटिलता छन् । साहुबाट न्यूनतम पारिश्रमिक नपाएका पत्रकारहरु दुर्घटनामा परे भने कसले उपचार गर्छ भन्नेमा मलाई पीर लाग्छ । यसका लागि मैले बिमाको प्रक्रिया अघि बढाएको छु । आम सञ्चार प्रतिष्ठान गठनको कार्य पनि मेरै पालना हुनेछ । लामो समय यसमा विवाद मात्र भएको रहेछ । अब त्यसको अन्त्य भई काम सुरु हुन्छ।

तपाईं यहाँ आएपछि गरेका सम्झना लायक काम के-के हुन्?

पहिला त मैले देशभर मिडियामैत्री वातावरण बनाउने काम गर्नेछु। दोस्रो देशभर टेलिफोन पुर्‍याउने कार्यमा मैले काम सुरु गरेको छु । अहिले पनि बाजुरा, डोल्पा लगायतका विकट जिल्लाका गाउँपालिकामा टेलिफोन सेवा पुगेको छैन । त्यहाँ टेलिफोन सेवा विस्तार गर्ने कार्य मेरै कार्यकालमा सम्पन्न हुनेछ । टेलिफोन पुगेका स्थानहरुमा इन्टरनेट पुर्‍याउने कार्य म गर्नेछु।

तार काट्न आफैं निस्कनुभयो । यो स्टन्ट मात्र त होइन?

तार काट्ने कार्य मैले चर्चा पाउनका लागि गरेको हैन । चर्चा त सञ्चारमन्त्री भएकाले मलाई आवश्यकता नै छैन । केबलवालाहरुले अटेर गरेका कारण आफै गएर काटेको हुँ । अब छिट्टै त्यसलाई ट्याग लगाउनेदेखि अन्डरग्राउड बिछ्याउने कार्य सुरु हुन्छ । मैले सहर सफा र राजस्व छली नहोस् भनेर यस्तो कार्य गरेको हुँ।

कात्तिक मसान्तसम्म मात्र काम गर्न पाउने अवधि छ । यो समयभित्र सधैं सम्झने खालको नयाँ के कार्य गर्दै हुनुहुन्छ?

मैले सार्वजनिक गरेको प्रतिबद्धता छँदैछ । त्यस बाहेक धेरै कार्यको सुरुवात भइसकेको छ । हुलाक अहिले निस्क्रिय हुँदै गएको छ । त्यसलाई सक्रिय रुपमा ल्याउन नयाँ रुपमा चलाउने योजनाहरु निर्माण गरिरहेको छु।

सार्वजनिक संस्थानहरुको नियुक्तिमा सधैं किन विवाद आइरहन्छ?

राजनीतिकभन्दा सक्षम व्यक्तिले सार्वजनिक नेतृत्व सम्हाल्नुपर्छ भन्ने पक्षमा छु म । त्यसका लागि सार्वजनिक सूचना निकालिएको छ । त्यहाँ योग्य हुने व्यक्ति नै छनोट हुनेछ । मेरो कुनै हस्तक्षेप रहँदैन । केही सार्वजनिक निकायमा नियुक्तिका लागि निर्वाचन आयोगको आचारसंहिता बाधक देखिएको छ । त्यसलाई सच्याउन हामीले आयोगका पदाधिकारीलाई आग्रह गरेका छौं।

सञ्चार मन्त्रालय सम्हाल्दाका अनुभव के-कस्ता छन्?

यो ठूलो मन्त्रालय हो, त्यही अनुसारको काम गर्न जरुरी हुने रहेछ । मैले पनि त्यही अनुसार समय दिएर काम गर्ने गरेको छु । काम गर्दै जाँदा अप्ठेरो र समस्या जुन ठाउँमा पनि आउँछ । त्यसलाई सुल्झाएर काम गर्न जरुरी छ । म आएको ९ दिनको दिन यहाँबाट गर्ने ३१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको थिएँ । त्यसलाई कार्यान्वयन गर्न १५/१५ दिनमा फलोअप बैठक गर्दै आएको छु । देशभर टेलिफोन र इन्टरनेट विस्तार गर्ने मेरो कार्यकालको पहिलो लक्ष्य हो ।  तर, यसमा धेरै चुनौती छन्।

पहिलो चुनौती भनेको अवधि कम हुनु हो । त्यसैले बिदाको दिन र अबेरसम्म मैले काम गर्ने कार्यसूची बनाएको छु । मैले मिडियामैत्री वातावरण बनाउन केही काम गर्ने सोच अघि सारेको छु । मेरो मन्त्रालय अन्तर्गत रहेको र धेरै जनताको प्रत्यक्ष सरोकार जोडिएको टेलिफोनको गुणस्तर सुधार गर्ने पहिलो लक्ष्य हो । देशभरका जिल्ला प्रमुखको भेला गराई यस विषयमा सल्लाह समेत गरिसकेको छु।

प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  ०६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा
सम्बन्धित सामग्री
एनसेलका ग्राहकले अल्टिमा ग्याजेटमा ६०% सम्म छुट पाउने भएका छन् एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेल ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेटहरूमा छुट प्राप्त गर्ने भएका हुन्। मंगलबार, जेठ २६, २०८३
करेन्ट चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एक निश्चित ब्याचबाहेक सबै उत्पादन खान योग्य कम्पनीले जारी गरेको सूचनाअनुसार उत्पादन मिति २०२६/०२/२३ तथा ब्याच नम्बर ०४ए भएको ‘करेन्ट हट एण्ड स्पाइसी’ १०० ग्राम प्याकेटमा मात्र... मंगलबार, जेठ २६, २०८३
काजरिया रमेश टायल्सद्वारा गण्डकी प्रदेशमा उपस्थितिको विस्तार: दलदलेमा नयाँ शोरुम सञ्चालनमा शोरुमलाई ग्राहकहरूलाई आकर्षित गर्ने तथा सहज सेवा प्रदान गर्ने उद्देश्यले आधुनिक शैलीमा व्यवस्थित गरिएको छ। यहाँ आउने ग्राहकहरूले काज... आइतबार, जेठ १७, २०८३
ताजा समाचारसबै
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ? मंगलबार, असार २३, २०८३
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना मंगलबार, असार २३, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित] सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्