• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २६, २०८३ Fri, Jul 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘राज्जा’ नाजिर भन्छन्– कलाकार बन्नुअघि बेहुलीको सारीमा सितारा भर्थें

64x64
नेपाल लाइभ मंगलबार, पुस १८, २०७४  १८:२४
1140x725

अहिलेका चर्चित अभिनेतामध्ये पर्छन् नाजिर हुसेन। ‘होस्टल रिटन्र्स’ मा रामेश्वर यादवको भूमिकाबाट उदाएका हुन् उनी। यतिबेला फिल्म ‘राज्जा रानी’को राज्जाका रुपमा चर्चित छन्। बाराका स्थायी बासिन्दा हुसेनलाई संयोगले फिल्ममा चर्चित बनाउने दुवै मधेसी पात्र छन्। तर, उनी यसमा खुसी छन्।

यसको कारण बताउँछन्, ‘मैले नेपाली फिल्म हेर्न थालेदेखि नै मधेसी पात्रलाई सधैं हेपेको मात्र पाएँ। सधैँ मधेसी पात्रलाई स–सानो भूमिकामा राखिन्थ्यो। कहिले चटपटे बनाउने त कहिले कपाल काट्नेको रोलमा देखाइन्थ्यो। मात्र कमेडीका लागि उनीहरूलाई प्रयोग गरिन्थ्यो।’ 

तर, यतिबेला उनी तराईकै पात्र भए पनि ‘हिरो’को भूमिकामा छन्।

कुनैदिन उनी सोच्थे– उनीहरू (मधेसी)को पनि जीवन हुन्छ। उनीहरूको पनि आफ्नै लवाइखुवाइ र रहनसहन हुन्छ।’ उनी अभिनय थालेदेखि नै मधेसको त्यो जीवनलाई सशक्त रूपमा निर्वाह गर्न चाहन्थे। फिल्ममा मधेसीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न चाहन्थे। 

समयले त्यो अवसर उनलाई जुराइदिएको छ। ‘राज्जा रानी’को ट्रेलरबाटै उनको अभिनयको तारिफ भइरहेको छ। फिल्ममा उनको अपोजिटमा केकी अधिकारी छिन्।

यो अवस्थामा आइपुग्न बारा डुबरवानाका नाजिरले निकै कष्ट झेलेका छन्। कक्षा १० पास गरेपछि उनी एउटा डान्स वर्कसपमा सहभागी हुन काठमाडौं आएका थिए। सोही क्रममा उनी मण्डला नाटकघर पुगे। मण्डलामै थिए, उनले बारामै देखेका रंगकर्मी राजन खतिवडा। उनकै सहयोगमा उनले मण्डलामा प्रवेश पाए। 

पहिलो पटक उनले ‘चरनदास चोर’ नामक नाटकमा सानो भूमिकामा मौका पाए।  

nimb
nimb
Ncell 2
Ncell 2

‘नाटकमा अभिनय गर्न पाएकोमा म खुसी थिएँ भने अग्रज र साथीहरुले दिएको स्याबासीले मलाई हौस्यायो’, उनले स्मरण गरे।  

नाजिरले सपना देखेका थिए, ‘एकदिन मेरो अभिनय देखाएर अम्मीलाई खुस बनाउँछु।’ 

तर, त्यो अवसर पाएनन्। अकस्मात् उनकी आमाको मृत्यु भयो। त्यसपछिका केही वर्ष उनलाई अभिनय यात्रा अघि बढाउन निकै गाह्रो भयो। 

उनलाई अभिनयको चस्का पसिसकेको थियो। झन्डै–झन्डै यतातिरबाट टुट्न लागेको मन आफैंले जोडे। छिमेकीबाट ५ सय रुपैयाँ ऋण लिएर काठमाडौंको बस चढे। 

‘४ सय २५ रुपैयाँ त गाडीभाडा नै लाग्थ्यो। जम्मा ७५ रुपैयाँले गुजारा चलाउनुपर्‍यो’, उनले भने, ‘काठमाडौं आएपछि अनेकथोक गरियो गुजारा चलाउन।’ उनले त्यो समय कति रात आधा पेट खाएर सुते त कति रात भोकै।

‘पेट भर्न के गरिनँ? बेहुलीको घुम्टो र बेहुलाको टोपीमा सितारा भर्ने काम समेत गरेँ’, उनी संघर्षका दिन सम्झिन्छन्। 

अभिनय सिक्न उनी सामाखुसीबाट मण्डला थिएटर रहेको अनामनगर हिँडेरै ओहोरदोहोर गर्थे। काठमाडौंमा सहज हुन उनलाई लामो समय लाग्यो।  

उनले भने, ‘काठमाडौं शून्य र विरानो लाग्थ्यो। कैयौं घन्टा आकाशेपुलमा बसेर ट्राफिक जाम र सडक हेर्थेँ। कहिले वसन्तपुर दरबारमा त्यहाँ बालिएका बत्ती, पेन्टिङ गर्नेहरु र ओहोरदोहोर गर्ने मान्छेहरु हेरेर रातै बिताउँथेँ।’

मातृवियोगले उनलाई झन् एक्ल्याएको थियो। उनीसँग आमाले सम्झनास्वरुप छाडेको नाकको फुली थियो। 

भावुक हुँदै भन्छन्, ‘मेरा लागि आमाले नाकको फुली छाडेर जानुभएको थियो। त्यही हेर्थें, जुन आज मसँगै छ।’

उनका बुवा जादुगर हुन्। १०–११ वर्षको उमेरदेखि नै उनी बिदाको समयमा बुबासँगै हिँड्थे। बुबाको जादु देखाउने कार्यक्रम सुरु हुनुअघि उनी नाच्थे। तर, उनले जादु सिकेनन्। 

उनले भने, ‘नजिकको तीर्थ हेला भन्छन्, हो रै’छ। आफ्नै बुबा जादुगर हुँदा पनि मैले जादु सिक्नमा त्यति रुचि देखाइनँ।’

तर, अहिले उनको अभिनयको जादु भने चलिरहेको छ।

उनी अभिनीत फिल्म ‘राज्जा रानी’ आउँदो शुक्रबारदेखि नेपाली र मैथिली भाषामा प्रदर्शन हुँदैछ। उनलाई लागेको छ, ‘यसले मलाई सफल अभिनेता र मधेसी पात्रलाई हिरोको रुपमा स्थापित गर्नेछ।’

प्रकाशित मिति: मंगलबार, पुस १८, २०७४  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राससले देशैभर माग्यो पत्रकार
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण
टेलिकम बिलिङको मुद्दामा विशेष अदालतले दियो आरोपितहरूलाई सफाइ
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
राससले देशैभर माग्यो पत्रकार शुक्रबार, असार २६, २०८३
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण शुक्रबार, असार २६, २०८३
टेलिकम बिलिङको मुद्दामा विशेष अदालतले दियो आरोपितहरूलाई सफाइ बिहीबार, असार २५, २०८३
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको भन्दै पुनर्लेखनको प्रयास नगर्न सरकारलाई दलहरुको चेतावनी बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ बिहीबार, असार २५, २०८३
राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्