काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा सहभागी हुने भएको छ ।
मुलुकमा विद्यमान राजनीतिक अस्थिरता तथा अन्योललाई न्यूनीकरण गर्ने उद्देश्यले पार्टी सरकारमा सहभागी हुन लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिए। प्रत्यक्ष चुनाव जितेका नेतालाई प्राथमिकतामा राखिने पार्टीले जनाएको छ । राप्रपासँग वैचारिक असहमति राख्दै गत साउन २२ गते अलग भएको सो पार्टीले गत साता मात्र दल दर्ता गरेको थियो । उक्त पार्टीकातर्फबाट १८ सांसद छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।