• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २८, २०८३ Sat, Nov 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जम्बो मन्त्रिपरिषद् : मासिक तलब मात्रै १ करोड २४ लाख, कुन मन्त्रीले कति लिन्छन् सुविधा?

64x64
नेपाल लाइभ सोमबार, भदौ २६, २०७४  १७:५३
1140x725

– तलबः ६० हजार ९ सय ७०
– सचिवालयका ७ कर्मचारीको खर्चः १ लाख ५७ हजार ७ सय ६० रुपैयाँ
– मासिक घर भाडाः ४० हजार  रुपैयाँ
– बिजुली पानी टेलिफोनः १५ हजार रुपैयाँ
– इन्धन मासिकः २ सय ७ लिटर पेट्रोल
– दैनिक भ्रमण भत्ता उपत्यकाबाहिर जाँदा ५ हजार रुपैयाँ
– फर्निचर र सुरक्षा बुथ निर्माण एकपटकका लागि मात्रः २ लाख रुपैयाँ

यो सेवा-सुविधा हो, सरकारमा रहने एक जना मन्त्रीको । शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीहरुको संख्या बढ्दै  जाँदा सरकारी ढुकुटीमा आर्थिक भार पनि थपिँदै गएको छ।

मन्त्रिपरिषद् ५४ सदस्यीय पुगिसकेको छ । अझै ३ जना थपिने सम्भावना छ।

सरकारमा हाल ३ उपप्रधानमन्त्री, २३ मन्त्री र २८ राज्यमन्त्री छन् । एक जना उपप्रधानमन्त्री थपिँदा सचिवालय समेतको खर्च जोड्दा तलबमा मासिक २ लाख ६२ हजार ७ सय १० रुपैयाँ खर्च हुन्छ। यस्तै मन्त्रीको मासिक खर्च २ लाख १८ हजार ५ सय ३० पुग्छ भने राज्यमन्त्री थप हुँदा २ लाख १५ हजार १ सय ६० रुपैयाँ व्ययभार थपिन्छ।

यो आधारमा हेर्दा देउवा नेतृत्वका सबै मन्त्रीको मासिक तलब मात्र एक करोड २४ लाख २० हजार ६ सय ६० रुपैयाँ पुग्छ।

देउवा नेतृत्वको सरकारको अवधि अब कम्तिमा ३ महिनाको छ । यही संख्या कायम भए तीन महिनाभित्र तलबमा मात्रै ३७ करोड २६ लाख १९ हजार ८० रुपैयाँ राज्यकोषबाट रित्तिन्छ। 

सरकार परिवर्तन भएलगत्तै नयाँ मन्त्री बन्दा यी खर्चमा थप आर्थिक व्ययभार पनि थपिन्छ ।  त्यो हो, आवासमा राखिने फर्निचर तथा सुरक्षा पोस्टका लागि एक मन्त्री बराबर २ लाख रुपैयाँ । यो खर्च भने एक पटक मन्त्री हुँदा एक पटक मात्र प्राप्त हुन्छ।

सुरक्षा पोस्टको खर्च सरकारी क्वार्टरभन्दा बाहिर बस्नेले पाउँछन् भने फर्निचरको खर्च सबैले लिन्छन् । यो आधारमा ५४ जनालाई फर्निचरका लागि मात्र ५४ लाख रुपैयाँ खर्च हुने देखिन्छ । सुरक्षा पोस्टको खर्च भने ३४ जनाले मात्र प्राप्त गर्नेछन् । पुल्चोकस्थित निवासमा बस्ने १९ मन्त्री र प्रधानमन्त्रीले यो खर्च पाउनेछैनन् । क्वाटरबाहिर बस्ने ३४ जनालाई ३४ लाख रुपैयाँ थप खर्च हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रिपरिषद् सदस्यको सुविधा के-के?

प्रधानमन्त्रीले तलब बाहेक सञ्चार खर्च मासिक ५ हजार रुपैयाँ पाउँछन् । यस्तै अतिथि सत्कार स्वरुप मासिक १० हजार रुपैयाँ बुझ्छन् भने दैनिक भ्रमण भत्ता उपत्यका बाहिर जाँदा ३ हजार रुपैयाँ तोकिएको छ । प्रधानमन्त्रीलाई मासिक ३ सय ६ लिटर पेट्रोल र वार्षिक ४० लिटर मोबिल उपलब्ध हुन्छ।

यस्तै, उपप्रधानमन्त्रीहरुले राज्यकोषबाट सञ्चार खर्च बापत मासिक ३ हजार रुपैयाँ पाउँछन् । अतिथि सत्कार बापत मासिक ३५ सय रुपैयाँ प्राप्त गर्छन् भने भ्रमण भत्ता उपत्यका बाहिर जाँदा दैनिक ३ हजार रुपैयाँ पाउँछन् । उपप्रधानमन्त्रीहरुलाई राज्यले मासिक २ सय ३८ लिटर पेट्रोल र वार्षिक २० लिटर मोबिल उपलब्ध गराउँछ।

मन्त्रीहरुले पनि सञ्चार खर्चबापत मासिक ३ हजार रुपैयाँ नै पाउँछन् । उनीहरुले अतिथि सत्कार बापत मासिक ३५ सय रुपैयाँ लिन्छन् भने भ्रमण भत्ता उपत्यका बाहिर जाँदा दैनिक ३ हजार बुझ्छन् । मन्त्रीलाई मासिक २ सय ७ लिटर पेट्रोल र वार्षिक २० लिटर मोबिल उपलब्ध हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राज्यमन्त्रीले पनि सञ्चार खर्च बापत मासिक ३ हजार रुपैयाँ नै पाउँछन् । अतिथि सत्कार बापत मासिक ३ हजार रुपैयाँ प्राप्त गर्छन् । उनीहरुलाई पनि भ्रमण भत्ता उपत्यका बाहिर दैनिक ३ हजार रुपैयाँ उपलब्ध हुन्छ । राज्यमन्त्रीलाई मासिक १ सय ८० लिटर पेट्रोल र वार्षिक २० लिटर मोबिल उपलब्ध गराइन्छ।

सचिवालय खर्च पनि महँगो

प्रधानमन्त्रीको सचिवालय ४५ सदस्यीय हुन्छ । सचिवालयका कर्मचारीको तलबमा मात्रै मासिक १२ लाख ७१ हजार ४ सय ५० रुपैयाँ खर्च हुन्छ। यस्तै, उपप्रधानमन्त्रीको सचिवालय ८ सदस्यीय हुन्छ । सचिवालयमा काम गर्ने कर्मचारीको तलबमा मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँ खर्च हुन्छ। 

मन्त्री र राज्यमन्त्रीको सचिवालयमा ७-७ कर्मचारी हुन्छन् । सचिवालयमा कार्यरत कर्मचारीको तलबमा मासिक १ लाख ५७ हजार ४ सय २० रुपैयाँ खर्चिनुपर्छ । प्रधानमन्त्रीको सचिवालयका कर्मचारी उपत्यका बाहिरा जाँदा दैनिक भ्रमण भत्ता न्यूनतम ६६ हजार २ सय रुपैयाँ खर्च हुन्छ। 

उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको सचिवालयको दैनिक भ्रमण भत्तामा राज्यकोषबाट न्यूनतम १० हजार ४ सय खर्च हुन्छ । ७ दिनभन्दा बढीको भ्रमणमा भने सचिवालयका कर्मचारीले ५० प्रतिशत मात्रै भ्रमण भत्ता पाउँछन्। 

संविधानको धारा ७६ को उपधारा २ मा २५ सदस्यीय मन्त्रिपरिषद् सदस्य हुने व्यवस्था छ । तर, संक्रमणकालीन व्यवस्थाको प्रावधानमा टेकेर तत्कालीन प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि २५ सदस्यीय मन्त्रिपरिषद्को  व्यवस्था कार्यान्वयन गरेनन् । प्रधानमन्त्री देउवाले भने इतिहासकै जम्बो मन्त्रिपरिषद् बनाउँदै २२ वर्षअघिको आफ्नै रेकर्ड तोडे।

प्राध्यापक एवं विश्लेषक लोकराज बराल दलहरु सत्तामुखी भएका कारण संक्रमणकालीन प्रावधानको फाइदा उठाउँदै राज्यलाई भार पार्ने काम गरिरहेको बताउँछन् । ‘संविधानले नै मन्त्रिपरिषद्को  संख्या यकिन गरेको छ। सत्तामुखी भएका कारण दलहरुले संक्रमणकालीन व्यवस्थालाई टेकेर राज्यमाथि भार थुपारेका छन् । यो निकै गलत छ,’ बरालले भने।

यस्तै, जम्बो मन्त्रिपरिषद्कोे विरोध गर्दै विश्लेषक जयराज आचार्य प्रधानमन्त्री देउवाले जनतामा वितृष्णा सिर्जना गर्ने काम गरेको बताउँछन्।

‘संविधानले संख्या तोकेको अवस्थामा आफुखुसी मन्त्रिपरिषद् विस्तार गर्ने काम गलत हो। दलहरु संविधानलाई कुल्चेर सत्ताभोगी भएको तथ्य खोज्न अब अन्त जानुपर्दैन,’ उनले भने।

प्रधानमन्त्रीको सचिवालयले भने सरकार गठनका क्रममा सहयोग गरेका राजनीतिक दललाई सहभागी गराउनुपर्ने बाध्यता भएकाले विगतको इतिहास तोडिएको बताएको छ। ‘सरकारले मन्त्रालय फुटाएको होइन सहमति अनुसार रिक्त मन्त्रालयमा मन्त्री पठाउँदा सदस्यको संख्या ठूलो हुन पुगेको हो,' प्रधानमन्त्रीका सञ्चार सल्लाहकार गोविन्द परियारले भने, 'संवैधानिक पद रिक्त राख्ने कुरो पनि भएन।’

प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा
विदेशबाट कोही आएर हाम्रो सिंहदरबारमा आगो लगाएनन् : ओली
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान
सम्बन्धित सामग्री
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा देउवा पक्षको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ललितपुर जिल्लाको नियमित जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै उनले आफूलाई व्यक्तिग... शनिबार, कात्तिक २८, २०८३
विदेशबाट कोही आएर हाम्रो सिंहदरबारमा आगो लगाएनन् : ओली उनले भने, ‘मैले भनिरहनुपर्ला जस्तो लाग्दैन । आगो लगाउनेमा को–को सामेल थिए ? लुट्नेमा को–को सामेल थिए ? विदेशबाट कोही आएर लुटेन । विद... शनिबार, कात्तिक २८, २०८३
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान राजिनामा स्विकृतिसँगै प्रदेश प्रमुख कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । शनिबार, कात्तिक २८, २०८३
ताजा समाचारसबै
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छु : देउवा शनिबार, कात्तिक २८, २०८३
विदेशबाट कोही आएर हाम्रो सिंहदरबारमा आगो लगाएनन् : ओली शनिबार, कात्तिक २८, २०८३
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान शनिबार, कात्तिक २८, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
सभामुख अर्याल र कांग्रेस सभापति थापालाई उच्च महत्व, वीरगञ्जमा छठ मनाउने क्रममा सुरक्षा सतर्कता अपनाउन जिल्ला प्रशासनको अपिल शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा नेपाल लाइभ
छठ पर्वको विशिष्ट पक्ष नेपाल लाइभ
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्