



नयाँ दिल्ली– राजकपुरको ‘राम तेरी गंगा मैली’ फिल्मबाट रातारात चर्चाको शिखरमा पुगेकी मन्दाकिनी छिट्टै नै हिन्दी चलचित्र उद्योग बलिउडबाट ओझल भइन्। यो फिल्ममा जहाँ उनको अभिनयको चर्चा भएको थियो, त्यही बोल्ड दृश्यका कारण उनी समकालीन हिरोइनहरुको पंक्तिमा छुट्ट्रै परिचय बनाउन सफल भएकी थिइन्।
तर, तपाईहरुलाई थाहा छ, ८० को दशकमा आफ्नो सौन्दर्य र बोल्ड दृश्यका कारण चर्चा बटुलेकी तिनै मन्दाकिनी अहिले कस्तो देखिन्छिन्। मन्दाकिनीले भर्खरै फेसबुकबाट आफ्नो तस्बीर शेयर गरेकी छिन्। यद्धपी त्यो अकाउन्ट ‘भेरिफाइड’ छैन।
मन्दाकिनीको जन्म एङ्लो–इन्डियन परिवारमा भएको थियो। उनको वास्तविक नाम यासमिन जोसफ हो। बलिउडमा मन्दाकिनीको यात्रा निकै छोटो रहयो। राजकपुरको ‘राम तेरी गंगा मैली’ उनको पहिलो फिल्म थियो।

मन्दाकिनीको नाम अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग पनि जोडिसकेको छ। तर, मन्दाकिनीले दाउदसँगको सम्बन्धको विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन्। शारजहामा दाउदसँगै बसेर क्रिकेट हेरिरहेको तस्बीर सार्वजनिक भएपछि मन्दाकिनी र अन्डरवल्र्ड डनबीचको सम्बन्धलाई लिएर चर्चा चलेको थियो।
त्यतिबेला मन्दाकिनीले दाउदालाई चिन्ने तर सम्बन्ध नभएको बताएकी थिइन्।
मन्दाकिनीले डा. काग्युर टी रिनपाचे ठाकुरसँग विवाह गरेकी थिइन्। मन्दाकिनीको दुई वटा बच्चा छन्। ठूलो छोराको नाम रब्बिल र सानो छोरीको नाम रब्जा इनाया ठाकुर हो। मन्दाकिनी अहिले सामान्य जीवनयापन गर्छिन। उनी योगा सिकाउने गर्छिन्। उनी तिब्बतको हर्बल सेन्टर सञ्चालन गर्छिन।
मन्दाकिनीले ‘राम तेरी गंगा मैली’ सँगै ‘डान्स डान्स’, ‘कहाँ हे कानुन’, ‘प्यार करके देखो’ जस्ता फिल्म खेलेकी थिइन्। तर, उनलाई अहिले पनि ‘राम तेरी गंगा मैली’ फिल्मका कारण चिन्ने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।