काठमाडौं- विदेशी मुद्राको अवैध कारोबार गरेको आरोपमा राजश्व अनुसन्धान विभागले १ जना भारतीय नागरिकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
भारतीय नागरिक वन्दना सानी पोटफोडेसमेतका विरुद्ध विदेशी विनिमय अपचलनमा १० करोड ७६ लाख दण्ड जरिवाना असुल उपर गरी ३ वर्षसम्म कैदको माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मिति सोमबार मुद्दा दायर गरिएको हो।
बैसाख २७ गते काठमाडौंबाट मुम्बई जान लागेकी वन्दना सोनी भन्ने वन्दना घनश्याम सोनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट १ लाख अमेरिकी डलरसहित पक्राउ परेकी थिईन्।
पक्राउ पछि छानबिन अनुसन्धान गर्दा लक्ष्मी बैंक, सिभिल बैंक र नेपाल एसबिआई बैंकमा वन्दना सोनी भनिने वन्दना घनश्याम सोनीले वन्दना पोटफोडे नामबाट बैंक खाता खोलेर अवैध कारोबार गरेको भेटिएको हो।
भारतीय नागरिक सोनीसँगै राजेन्द्र कुमार श्रेष्ठ, राजन श्रेष्ठ, पुष्पराज सापकोटा, हरी प्रसाद सापकोटा, कुमार प्रसाद पन्त, राजेन्द्र श्रेष्ठ, कुमार थापा, आत्मप्रसाद खनालसँग बयान लिँदा राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागबाट प्राप्त विवरणका आधारमा विदेशी विनिमयको अवैध सटही, ओसारपसार कारोबार र राजस्व चुहावट गरेको भेटिएको राजश्व अनुसन्धान विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।