• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'सिरिन्ज' आक्रमणको समाचारले बिथोलेको मन

64x64
नेपाल लाइभ बुधबार, असार ११, २०७६  १६:०५
1140x725

कार्यालयमा थिएँ। औंलाको चलायमानसँगै कम्प्युटरमा ‘डाटा इन्ट्री’को रफ्तार बढिरहेको थियो। ड्वारड्वार......, डेस्कमा भएको मोबाइल बज्छ।

यसो फोन हेरेँ, दाजुले गर्नुभएको रहेछ। तर, कामको चापले फोन कल उठाउनसक्ने अवस्था रहेन। केहीबेरमा गर्छु भन्ने सोचेर कामतिरै लागें। केही हलुका भएपछि ‘कल ब्याक’ गरेँ। यसपाला दाजुले फोन उठाउनुभएन। हामीबीचमा लुकामारी खेलेको जस्तो भयो।

एकछिनपछि मोबाइलमा मेसेजको घन्टी बज्छ। दाजुको मेसेज रहेछ। फोन नउठेपछि मेसेज गर्नुभएको थियो होला। ढिलो गरी आयो।

‘बहिनी, आई रिक्वेस्ट यू टू कम होम इन टाइम।’

मन न हो यत्तिकैमा शान्त हुनेवाला थिएन। खुलदुली बढ्न थाल्यो, 'कहिल्यै मेसेज नगर्ने दाजुले आज किन चाँडै घर पुग्नु भन्नुभएको होला?’

दाजुको मेसेज पढिसकेपछि म छक्क परेँ। खासमा त के भन्न खोज्नुभएको होला भन्ने अलमलमा परें। केही काम पर्‍यो कि घरमा भन्ने पनि भयो।

सोच केही गहिराइमा पुगेछ कि, दिमागमा केही तातो लाग्यो। सोच आयो- ‘ह्या! के मेसेज गर्नुभएको होला, दाजुले। केही भएको भए त भन्नुपर्ने। नत्र काम गरिराखेको बेलामा घर चाँडो आइज भनेर मलाई भनिराख्न जरुरी छ र? समय भएपछि पुगिहाल्छु नि।'

कोतुहलताको जालो च्यात्न दाजुलाई फेरि कल गरें। ‘किन के काम छ र त्यस्तो घर छिट्टै जानुपर्ने?,’ अन्य औपचारिकता ननिभइकन दाजुमाथि प्रश्न सोझाएँ।

nimb
nimb
Ncell 2
Ncell 2

‘घर आएपछि भन्छु, तर घर चाँडै पुग्नुपर्‍यो, मलाई अरु कुरा केही पनि थाहा छैन,’ दाजुले आदेश दिए जसरी जवाफ दिनुभयो। त्यसपछि रिसको पारो बढ्यो। केही नभनी फोन काटिदिएँ।

‘आफू चाहिँ राति १०/१२ बजे घर आए पनि हुने, म चाहिँ ७ बजेभन्दा उता लेट हुने?,’ दाजु र आफूलाई सँगै राखेर दाँजें। अघिसम्म समान्य तरिकाले काम गरिरहेकी म, एक्कासी दाजुको भनाइले ‘मुड अफ’ भयो। काम गर्ने जाँगरै हरायो। कामबाट ध्यानै हट्यो।

तर, मन न हो यत्तिकैमा शान्त हुनेवाला थिएन। खुलदुली बढ्न थाल्यो, 'कहिल्यै मेसेज नगर्ने दाजुले आज किन चाँडै घर पुग्नु भन्नुभएको होला?’

‘हिँजो एकजना केटा साथीसँग भेट भएको थियो, एकैछिन बसेर गफ गरेको थिएँ,’ मनमा अ‍नेकन तर्कना खेल्न थाले, ‘घर फर्किन ढिला भएको थियो। न कसैले देखेर दाजुलाई कुरा पो लगाइदियो कि? त्यही कुरामा मलाई गाली गर्न पो घर चाँडो बोलाउनुभएको त होइन?’

वनको बाघले खाओस् नखाओस्, मनको बाघले मलाई लखेट्न थाल्यो। ‘उफ! खासमा के पर्‍यो होला त्यस्तो?,’ सोचको भारीले म थिचिएँ। छटपटी बढ्न थाल्यो।

यो कुरा सहकर्मीहरुसँग पनि भने। मनमा केही हलुका होला भन्ने सोचेकी मैले उनीहरुबाट पनि आश्वस्त हुने केही बाटो पाइनँ। बरु उनीहरुले सम्झाए, ‘केही कारण होला नि? त्यसै त रिसाउनु भएन होला। छिटो पुग्नु न त आज।’

त्यस दिन म साँढे ५ बजेतिरै कार्यालयबाट निस्केँ। घर फर्किँदै गर्दा पनि म दाजुकै अभिव्यक्ति वरिपरि जेलिइरहेको थिएँ। ‘के केटी मान्छेलाई स्वतन्त्र भएर काम गर्ने कुनै अधिकार छैन? ढिलो घर पुग्दा के नै हुन्छ र? बाटोभरी जाम हुन्छ। हस्याङफस्याङ गर्दै सँधै साँढे ७ बजेभन्दा अगाडि नै घर पुगेकै हुन्छु। तैपनि दाजुले किन आज यसो भन्नुभयो होला?,’ अनेकन प्रश्नको बीचमा घेरिएको थिएँ म।

तर, मसँग कुनै जवाफ थिएन।

सरसर्ती भाउजूले समाचार पढिसकेपछि दाजुको बल्ल आवाज निस्कियो- 'हो त्यही भएर बहिनी, तँलाई समयमै घर आउने गर् भनेको। तलाईं आज मेसेज गरेर घर चाँडो बोलाउनुको कारण पनि यही हो। रिसले मेरो फोन पनि काटिस्।’

दाजुसँग रिस उठ्यो। सोच्दा-सोच्दै टाउको दुखेजस्तो भयो।

ठ्याक्क साढे ६ बजेतिर घर पुगें। ‘आज त समयमै घर आइपुगेको छु। दाजुले केही मात्र भन्नुभयो भने मैले जवाफ दिन जानेकी छु,’ त्यसका लागि म मानसिक रुपमा तयार थिएँ।

म घर छिर्नु अघिनै दाजु पुगिसक्नुभएको रहेछ।

तर, अघिसम्म रिसले चुर भएकी म आफैं शान्त हुन पुगेँ। दाजुलाई रिस देखाउने आँट नै गर्न सकिनँ। अघि झोंक चलेका बेला सोध्न तयार पारिएका प्रश्नहरु कता हराइगए पत्तो नै भएन। रिसको पोको त्यसै थनक्याएँ। म जस्तै दाजु पनि शान्त।

अघि ‘चाँडै घर आइज’ भन्ने दाजुले पनि केही भन्नुभएन। म पनि ‘फ्रेस’ भएर आफ्नो काम गर्न थालेँ। भान्सामा खाना बनाउनतिर लागेँ। दाजु आफ्नै काममा व्यस्त हुनुभयो। खाना बनाइवरी म दाजुको कोठातिर गएँ। भाउजू मोबाइल चलाउँदै हुनुहुन्थ्यो, अनि दाजु अफिसको काममा व्यस्त।

‘काठमाडौंमा युवतीमाथि सिरिन्ज आक्रमणका शृङ्खला’ शीर्षकको समाचार भाउजूले पढ्न थाल्नुभयो- 'केही दिन यता राजधानीमा युवतीलक्षित ‘सिरिन्ज’ आक्रमणका घटना बढ्दै गएका छन्। राजधानीमा ४ युवती ............।’

सरसर्ति भाउजूले समाचार पढिसकेपछि दाजुको बल्ल आवाज निस्कियो- 'हो त्यही भएर बहिनी, तँलाई समयमै घर आउने गर् भनेको। तलाईं आज मेसेज गरेर घर चाँडो बोलाउनुको कारण पनि यही हो। रिसले मेरो फोन पनि काटिस्।’

दाजुलाई फर्काउने कुनै जवाफ थिएन मसँग। खासमा यो समाचारमा उल्लेखित घटनाबारे म बेखबर थिएँ।

कार्यालयमा एक जना दिदीले पनि यो समाचार पढ्नुभएको रहेछ। उहाँले पनि निकै असुरक्षित महसुस गरिरहनु भएको थियो। ‘अब मलाई त एक्लै हिँड्नै डर लाग्नथाल्यो,’ यो दिदीको भावना मात्रै थिएन, मेरो पनि थियो।

‘तँ एउटी बहिनी, तलाईं पनि केही भयो भने मैले के गर्ने? तेरो चिन्ता लाग्छ, मलाई,’ दाजुका थप वाक्यको बोझले म थिचिएँ। अवाक भइरहेकी मेरो शीर निहुरियो।

कुरा नबुझी रिसको झोंकमा दाजुलाई यसो भन्छु, उसो भन्छु भनेर मुर्मरिएकी थिएँ, सबै बेकार रहेछ भन्ने लाग्यो। म जवाफविहीन नै रहिरहें। ‘दाजुले घर लेट आयो भनेर कराउनु, आखिर मेरै सुरक्षाका लागि त रहेछ नि,’ अन्ततः दाजुप्रतिको मेरो सोच गलत रहेछ।

युवतीहरुमाथि यसरी सिरिन्ज आक्रमण गरेको खबरले समाजलाई सशंकित बनाएको छ। यतिबेला म पनि उस्तै अवस्थामा छु। हरेक दाजु/भाइले आफ्ना दिदी/बहिनीप्रति अनि हरेकका बाबु/आमाले आफ्ना छोरीप्रति यसरी नै असुरक्षित महसुस गरिरहेका छन्, गरिरहेकै होलान्।

कार्यालयमा एक जना दिदीले पनि यो समाचार पढ्नुभएको रहेछ। उहाँले पनि निकै असुरक्षित महसुस गरिरहनु भएको थियो। ‘अब मलाई त एक्लै हिँड्नै डर लाग्नथाल्यो,’ यो दिदीको भावना मात्रै थिएन, मेरो पनि थियो।

डरैडरका बीच हिजोआज यस्तै प्रश्न मनमा उब्जिन्छ- ति सिरिन्ज हान्नेका दिदीबहिनी होलान् की नाइँ? यदि उनीहरुले पनि यो सामाचार पढे भनें?

पढ्नुस यो पनि : काठमाडौंमा युवतीमाथि ‘सिरिन्ज’ आक्रमणका शृंखला

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्