कार्यालयमा थिएँ। औंलाको चलायमानसँगै कम्प्युटरमा ‘डाटा इन्ट्री’को रफ्तार बढिरहेको थियो। ड्वारड्वार......, डेस्कमा भएको मोबाइल बज्छ।
यसो फोन हेरेँ, दाजुले गर्नुभएको रहेछ। तर, कामको चापले फोन कल उठाउनसक्ने अवस्था रहेन। केहीबेरमा गर्छु भन्ने सोचेर कामतिरै लागें। केही हलुका भएपछि ‘कल ब्याक’ गरेँ। यसपाला दाजुले फोन उठाउनुभएन। हामीबीचमा लुकामारी खेलेको जस्तो भयो।
एकछिनपछि मोबाइलमा मेसेजको घन्टी बज्छ। दाजुको मेसेज रहेछ। फोन नउठेपछि मेसेज गर्नुभएको थियो होला। ढिलो गरी आयो।
‘बहिनी, आई रिक्वेस्ट यू टू कम होम इन टाइम।’
मन न हो यत्तिकैमा शान्त हुनेवाला थिएन। खुलदुली बढ्न थाल्यो, 'कहिल्यै मेसेज नगर्ने दाजुले आज किन चाँडै घर पुग्नु भन्नुभएको होला?’
दाजुको मेसेज पढिसकेपछि म छक्क परेँ। खासमा त के भन्न खोज्नुभएको होला भन्ने अलमलमा परें। केही काम पर्यो कि घरमा भन्ने पनि भयो।
सोच केही गहिराइमा पुगेछ कि, दिमागमा केही तातो लाग्यो। सोच आयो- ‘ह्या! के मेसेज गर्नुभएको होला, दाजुले। केही भएको भए त भन्नुपर्ने। नत्र काम गरिराखेको बेलामा घर चाँडो आइज भनेर मलाई भनिराख्न जरुरी छ र? समय भएपछि पुगिहाल्छु नि।'
कोतुहलताको जालो च्यात्न दाजुलाई फेरि कल गरें। ‘किन के काम छ र त्यस्तो घर छिट्टै जानुपर्ने?,’ अन्य औपचारिकता ननिभइकन दाजुमाथि प्रश्न सोझाएँ।
‘घर आएपछि भन्छु, तर घर चाँडै पुग्नुपर्यो, मलाई अरु कुरा केही पनि थाहा छैन,’ दाजुले आदेश दिए जसरी जवाफ दिनुभयो। त्यसपछि रिसको पारो बढ्यो। केही नभनी फोन काटिदिएँ।
‘आफू चाहिँ राति १०/१२ बजे घर आए पनि हुने, म चाहिँ ७ बजेभन्दा उता लेट हुने?,’ दाजु र आफूलाई सँगै राखेर दाँजें। अघिसम्म समान्य तरिकाले काम गरिरहेकी म, एक्कासी दाजुको भनाइले ‘मुड अफ’ भयो। काम गर्ने जाँगरै हरायो। कामबाट ध्यानै हट्यो।
तर, मन न हो यत्तिकैमा शान्त हुनेवाला थिएन। खुलदुली बढ्न थाल्यो, 'कहिल्यै मेसेज नगर्ने दाजुले आज किन चाँडै घर पुग्नु भन्नुभएको होला?’
‘हिँजो एकजना केटा साथीसँग भेट भएको थियो, एकैछिन बसेर गफ गरेको थिएँ,’ मनमा अनेकन तर्कना खेल्न थाले, ‘घर फर्किन ढिला भएको थियो। न कसैले देखेर दाजुलाई कुरा पो लगाइदियो कि? त्यही कुरामा मलाई गाली गर्न पो घर चाँडो बोलाउनुभएको त होइन?’
वनको बाघले खाओस् नखाओस्, मनको बाघले मलाई लखेट्न थाल्यो। ‘उफ! खासमा के पर्यो होला त्यस्तो?,’ सोचको भारीले म थिचिएँ। छटपटी बढ्न थाल्यो।
यो कुरा सहकर्मीहरुसँग पनि भने। मनमा केही हलुका होला भन्ने सोचेकी मैले उनीहरुबाट पनि आश्वस्त हुने केही बाटो पाइनँ। बरु उनीहरुले सम्झाए, ‘केही कारण होला नि? त्यसै त रिसाउनु भएन होला। छिटो पुग्नु न त आज।’
त्यस दिन म साँढे ५ बजेतिरै कार्यालयबाट निस्केँ। घर फर्किँदै गर्दा पनि म दाजुकै अभिव्यक्ति वरिपरि जेलिइरहेको थिएँ। ‘के केटी मान्छेलाई स्वतन्त्र भएर काम गर्ने कुनै अधिकार छैन? ढिलो घर पुग्दा के नै हुन्छ र? बाटोभरी जाम हुन्छ। हस्याङफस्याङ गर्दै सँधै साँढे ७ बजेभन्दा अगाडि नै घर पुगेकै हुन्छु। तैपनि दाजुले किन आज यसो भन्नुभयो होला?,’ अनेकन प्रश्नको बीचमा घेरिएको थिएँ म।
तर, मसँग कुनै जवाफ थिएन।
सरसर्ती भाउजूले समाचार पढिसकेपछि दाजुको बल्ल आवाज निस्कियो- 'हो त्यही भएर बहिनी, तँलाई समयमै घर आउने गर् भनेको। तलाईं आज मेसेज गरेर घर चाँडो बोलाउनुको कारण पनि यही हो। रिसले मेरो फोन पनि काटिस्।’
दाजुसँग रिस उठ्यो। सोच्दा-सोच्दै टाउको दुखेजस्तो भयो।
ठ्याक्क साढे ६ बजेतिर घर पुगें। ‘आज त समयमै घर आइपुगेको छु। दाजुले केही मात्र भन्नुभयो भने मैले जवाफ दिन जानेकी छु,’ त्यसका लागि म मानसिक रुपमा तयार थिएँ।
म घर छिर्नु अघिनै दाजु पुगिसक्नुभएको रहेछ।
तर, अघिसम्म रिसले चुर भएकी म आफैं शान्त हुन पुगेँ। दाजुलाई रिस देखाउने आँट नै गर्न सकिनँ। अघि झोंक चलेका बेला सोध्न तयार पारिएका प्रश्नहरु कता हराइगए पत्तो नै भएन। रिसको पोको त्यसै थनक्याएँ। म जस्तै दाजु पनि शान्त।
अघि ‘चाँडै घर आइज’ भन्ने दाजुले पनि केही भन्नुभएन। म पनि ‘फ्रेस’ भएर आफ्नो काम गर्न थालेँ। भान्सामा खाना बनाउनतिर लागेँ। दाजु आफ्नै काममा व्यस्त हुनुभयो। खाना बनाइवरी म दाजुको कोठातिर गएँ। भाउजू मोबाइल चलाउँदै हुनुहुन्थ्यो, अनि दाजु अफिसको काममा व्यस्त।
‘काठमाडौंमा युवतीमाथि सिरिन्ज आक्रमणका शृङ्खला’ शीर्षकको समाचार भाउजूले पढ्न थाल्नुभयो- 'केही दिन यता राजधानीमा युवतीलक्षित ‘सिरिन्ज’ आक्रमणका घटना बढ्दै गएका छन्। राजधानीमा ४ युवती ............।’
सरसर्ति भाउजूले समाचार पढिसकेपछि दाजुको बल्ल आवाज निस्कियो- 'हो त्यही भएर बहिनी, तँलाई समयमै घर आउने गर् भनेको। तलाईं आज मेसेज गरेर घर चाँडो बोलाउनुको कारण पनि यही हो। रिसले मेरो फोन पनि काटिस्।’
दाजुलाई फर्काउने कुनै जवाफ थिएन मसँग। खासमा यो समाचारमा उल्लेखित घटनाबारे म बेखबर थिएँ।
कार्यालयमा एक जना दिदीले पनि यो समाचार पढ्नुभएको रहेछ। उहाँले पनि निकै असुरक्षित महसुस गरिरहनु भएको थियो। ‘अब मलाई त एक्लै हिँड्नै डर लाग्नथाल्यो,’ यो दिदीको भावना मात्रै थिएन, मेरो पनि थियो।
‘तँ एउटी बहिनी, तलाईं पनि केही भयो भने मैले के गर्ने? तेरो चिन्ता लाग्छ, मलाई,’ दाजुका थप वाक्यको बोझले म थिचिएँ। अवाक भइरहेकी मेरो शीर निहुरियो।
कुरा नबुझी रिसको झोंकमा दाजुलाई यसो भन्छु, उसो भन्छु भनेर मुर्मरिएकी थिएँ, सबै बेकार रहेछ भन्ने लाग्यो। म जवाफविहीन नै रहिरहें। ‘दाजुले घर लेट आयो भनेर कराउनु, आखिर मेरै सुरक्षाका लागि त रहेछ नि,’ अन्ततः दाजुप्रतिको मेरो सोच गलत रहेछ।
युवतीहरुमाथि यसरी सिरिन्ज आक्रमण गरेको खबरले समाजलाई सशंकित बनाएको छ। यतिबेला म पनि उस्तै अवस्थामा छु। हरेक दाजु/भाइले आफ्ना दिदी/बहिनीप्रति अनि हरेकका बाबु/आमाले आफ्ना छोरीप्रति यसरी नै असुरक्षित महसुस गरिरहेका छन्, गरिरहेकै होलान्।
कार्यालयमा एक जना दिदीले पनि यो समाचार पढ्नुभएको रहेछ। उहाँले पनि निकै असुरक्षित महसुस गरिरहनु भएको थियो। ‘अब मलाई त एक्लै हिँड्नै डर लाग्नथाल्यो,’ यो दिदीको भावना मात्रै थिएन, मेरो पनि थियो।
डरैडरका बीच हिजोआज यस्तै प्रश्न मनमा उब्जिन्छ- ति सिरिन्ज हान्नेका दिदीबहिनी होलान् की नाइँ? यदि उनीहरुले पनि यो सामाचार पढे भनें?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।