काठमाडौं- रेखा थापाको होम प्रोडक्सन 'रूद्रप्रिया'को ट्रेलर रिलिज भएको छ।
रेखा र आर्यन सिग्देलले लामो समयपछि एकसाथ काम गरेको फिल्मको ट्रेलरमा रोमान्स, सस्पेन्स र ड्रामा देख्न सकिन्छ।
फिल्ममा रेखा र आर्यनका अलावा राजन इशान तथा विश्व बस्नेत आदिको अभिनय रहेको छ। सुदिप 'बबी' भूपाल सिंह निर्देशित फिल्मले बदलाको प्रेमकथा भन्छ। रेखाले बदलिँदो नेपाली फिल्म निर्माण शैलीलाई पछ्याउँदै 'रूद्रप्रिया' निर्माण गरेको बताउँदै आएकी छन्। उनले दर्शकहरूमा समयसँगै बदलिएको सिनेमा रूचिलाई आत्मसात गर्दै फिल्म बनाएको यसअघि नै बताइसकेकी छन्।
फिल्म कात्तिक २ मा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।