इलामका ५२ चिया उद्योग बन्द, सञ्चालनको वातावरण बनाउन टी एसोसिएसनको माग

नेपाल लाइभ | २०७६ असार १० मंगलबार | Tuesday, June 25, 2019 २२:३३:०० मा प्रकाशित

इलाम- इलामका ५२ वटा चिया उद्योग बन्द भएका छन्। हरियो चिया पत्तिको मूल्यका विषमाय सूर्योदय नगरपालिका र चिया कारखाना संचालकको विवादले चिया उद्योग बन्द भएका हन्। 

५२ वटा चिया उधोग बन्द भएकोमा नेपाल टि एशोसिएसन भने गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

‘केहि महिना पहिले मजदुर आन्दोलनले आक्रान्त चिया क्षेत्रमा भएको पटकपटकको आन्दोलनले राम्रो सन्देश दिएको छैन,’ एसोसिएसनका अध्यक्ष र महासचिवले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशको कृषिमा आत्मार्निभर भई विदेश निर्यात भइरहेको नेपाली चियालाई सबै सरोकारवालाले विवेकपूर्ण ढंगले बुझ्न जरुरी छ।’

तत्काल कारखाना संचालन गर्ने वातावरण बनाउन सम्बन्धित सूर्याेदय नगरपालिका, सूर्याेदय टि एशोसिएसन, स्थानीय वुद्घिजिवी, राजनीतिक दल तथा अन्य सरोकारवाला सबैमा नेपाल टि एशोसिएसन जोडदार मागसमेत एसोसिएसनले गरेको छ।