वीरगञ्ज– नेपाली कांग्रेसबाट वीरगञ्ज महानगरपालिका मेयर पदका प्रत्यासी अजय द्विवेदी वीरगञ्ज नगरपालिका रहँदै उपमेयर भइसकेका छन्। पहिलो संविधानसभामा सभासद विजयी उनलाई दोस्रो संविधानसभामा पनि पार्टीले उम्मेदवार बनायो। तर, उनी एमालेका बिचारी यादवबाट पराजित भए।
स्थानीय निकाय निर्वाचनमा पुनः मेयरको दौडमा रहेका द्विवेदी पदीय लालसाभन्दा पार्टीले आफूभन्दा बलियो उम्मेदवार नभेटेपछि पार्टीको निर्देशनमा उम्मेदवार बनेको बताउँछन्। केही महिनामै हुन लागेको प्रदेशसभा निर्वाचनमा पर्साबाट दावेदार मानिएका उनको राजनीति स्थानीय तहमै सीमित गर्न पार्टीभित्र चलखेल भएको भन्ने चर्चा पनि कांग्रेसमा व्यापक छ। द्विवेदी पर्सा कांग्रेस सभापति समेत हुन।
स्थानीय र संसदीय दुवै तहको अनुभव भएका अजय मेयरमा जितेपछि वीरगञ्जको कायापलट गर्ने योजनाको गुम्टा फुकाउँदै भन्छन्, ‘वीरगञ्जलाई महानगर जस्तै बनाउने योजना र त्यसको कार्यन्वयनका लागि तयारी अवस्थामा छु’।
द्विवेदी नेपाल लाइभको वीरगञ्जस्थित अस्थायी स्टुडियोमा रुपेश श्रेष्ठसँग यसरी खुले। हेरौं भिडियो वार्ताः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।