काठमाडौँ- नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन्।
आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारका नियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई शपथ ग्रहण गराइन्।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डल विस्तार यो पाँचौं पटक हो। मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री देउवाले आफ्नै रेकर्ड तोडेर इतिहासकै सबैभन्दा जम्बो मन्त्रिपरिषद् बनाका छन्। यसअघि २०५२ सालमा आफैंले विस्तार गरेको ५१ सदस्यीय मन्त्रिपरिषदको रेकर्ड उनले तोडे। अब मन्त्रिपरिषद्को संख्या अब ५४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।