काठमाडौं- चालू आर्थिक वर्ष (आव)को पहिलो चार महिनामा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या ७५ प्रतिशत बढेको छ।
गत आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्ममा ९ लाख ९३ हजार ८० जनाले मात्रै स्थायी लेखा नम्बर लिएका थिए। तर, चालू आवको ४ महिनामै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ७ लाख ५२ हजार ३ सय ६४ थप भएको छ।
योसँग चालू आवको मंसिर मसान्तसम्ममा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या १७ लाख ४५ हजार ४ सय ४४ पुगेको छ।
यसैगरी, व्यवसायिक स्थायी लेखा नम्बर लिनेको संख्यामा पनि ४ महिनामै ११ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०७५/०७६५ को असारमा मसान्तसम्ममा व्यवसायी स्थायी लेखा नम्बर लिनेको संख्या ११ लाख ७८ हजार ३ सय ८३ थियो।
यो संख्या चालु आवको मंसिर मसान्तसम्ममा १३ लाख १२ हजार ६ सय ८५ पुगको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।