काठमाडौं- बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले सित्तैमा वा निःशुल्क बीमा भन्दै भ्रामक प्रचार नगर्न सम्पूर्ण कम्पनीहरुलाई निर्देशन दिएको छ। परिपत्र जारी गर्दै बीमा समितिले सम्पूर्ण बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो।
सित्तैमा वा निःशुल्क बीमा लगायतका शब्दावलीले भ्रम सिर्जना गरेको भन्दै समितिले यस्तो निर्देशन दिएको हो। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनअनुसार कुनै कम्पनीको सहकार्यमा बीमाको प्रचार गर्नुपरेमा त्यस्ता कम्पनीसँग अनिवार्य सम्झौता गर्नुपर्नेछ।
बीमा कम्पनीहरुले ग्राहक आकर्षण गर्न सित्तैमा बीमा वा निःशुल्क बीमा लगायतका शब्दावली प्रयोग गरी अस्वस्थ प्रतिस्पर्धा गरेको पाइएपछि समितिले कडाइ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।