• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ४, २०८२ Fri, Dec 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

लकडाउनले जन्माएको ‘लजिस्टिक’ कम्पनी, यसरी घटायो बिक्रेता र क्रेताबीचको दूरी

सुमित्रा कार्की बिहीबार, असार २३, २०७९  ०७:३०
1140x725

काठमाडौं– सरकारले कोरोना नियन्त्रण गर्न लकडाउन गरे पनि त्यसबेला सर्वसाधारणलाई अर्को चिन्ता थपिएको थियो– बजार बन्द भएका बेला कसरी खानेकुराको जोहो गर्ने? कसरी ग्यास ल्याउने? कसरी अन्य अत्यावश्यक सामग्री जुटाउने?

यस्तो बेला केही युवाले ‘आइडिया’ निकाले– मानिसहरुलाई अत्यावश्यक वस्तुको होम डेलिभरि गरिदिने। दुई वर्षअघि सुरु भएको यही आइडिया अहिले लजिस्टिक कम्पनीमा परिणत भएको छ। ‘पिक एण्ड ड्रप’ नाम दिइएको कम्पनीले आफ्नो कार्यक्षेत्र काठमाडौंमा मात्र सीमित नगरी देशभर फैलाइसकेको छ। 

कोरोनाको त्रास र लकडाउनका कारण घरबाट बाहिर निस्कन नसक्ने क्रेतालाई सामान घरसम्म ल्याइदिएर क्रमशः सेवा विस्तार गर्दै लग्यो। कम्पनीले लकडाउनपछि पनि कामलाई निरन्तरता दिइरह्यो र बिक्रेता र क्रेताको दूरी नजिक बनायो। कम्पनीका सह–सस्थांपक तथा अध्यक्ष शिशिर खनाल भन्छन्, ‘लकडाउनका बेला मानिसहरु ग्यास नपाएर, खाने कुरा ल्याउन नपाएर धेरै गुनासा गरिरहेका थिए। यहीबेला ग्यासको होम डेलभरी गर्न हामीले संस्था सञ्चालनमा ल्यायौं।’

‘पिक एन्ड ड्रप’ ले अहिले पनि देशको मुख्य सहरमा ग्यास, किराना सामान, खाद्यान्न, कपडालगायत सामग्री डेलिभरी गर्छ। दराज, सस्तोडिललगायतका नाम चलेका ३०० भन्दा बढी इ–कमर्स कम्पनीसँग मिलेर काम गरिहेको खनाल बताँउछन्। 

इ–कमर्स कम्पनी सुरु गर्ने सोच उनको पहिल्यैदेखिको थियो। आफ्नै सोचका केही साथीहरु भेटे पनि। अनि तीन जना मिलेर ‘पिक एन्ड ड्रप’ सञ्चालनमा ल्याए। यो कम्पनीमा आउनुअघि घनश्याम खनाल र नवीन पराजुली एउटै कम्पनीमा काम गर्थे। दुवै जना प्रविधि बुझेको भएका कारण पनि इ–कमर्समा काम गर्ने योजनामा सँगै काम गरेको खनाल बताउँछन्।

उनी भन्छन्, ‘त्यसताका नेपालमा फस्टाउँदो इ–कमर्स व्यवसायलाई टेवा पुर्‍याउन सक्ने हिसाबमा केही काम गर्ने सोचमा थियौं। सोचअनुसारको समय मिलेको थिएन। कोरोना महामारीले यो व्यवसायमा काम गर्ने अवसर जुरायो।’

नेपालको सन्दर्भमा लजिस्टिक कम्पनी एकदमै नयाँ हो। यस्तो कम्पनीलाई कोरोना महामारीपछि मात्रै जनताले बुझ्न थालेको खनाल बताउँछन्। उनी भन्छन्, ‘अहिले पनि यसबारे धेरैलाई थाहा छैन। हामीले गरिरहेको काम के हो भनेर मान्छेलाई बुझाउनु पर्ने अवस्था छ।’

जम्मा तीन जनाबाट सुरू पिक एन्ड ड्रपको टोलीमा अहिले ठूलो संख्यामा कर्मचारी छन्। डेलिभरीका लागि कम्पनीले पिक–अप भ्यान र बाइकहरु प्रयोग गरिरहेको छ। डेलिभरी शुल्क भने ६५ रूपैयाँबाट सुरू भएर सामान र ठाउँ अनुसार फरक पर्छ।

Ncell 2
Ncell 2

देशभर सेवा विस्तार गर्ने लक्ष्य
पिक एण्ड ड्रपले आफ्नो सेवा अब देशभर विस्तार गर्ने योजना बनाएको छ। यसले दूरदराजको सामान बजारीकरण गर्न सहज हुने संस्थापक खनाल बताउँछन्। उनी भन्छन्, ‘अहिले काठमाडौंमा बस्ने व्यक्तिले टाढाको गाउँघरमा उत्पादन भएका वस्तु ल्याएर खान्छु वा प्रयोग गर्छु भन्दा समस्या छ। अब आगामी दिनमा त्यस्तो सामान ल्याउन दूरी घटाउने काम हाम्रो कम्पनीको हुनेछ।’

यसरी गाउँको उत्पादनलाई सहरसम्म ल्याउँदा त्यसले गाउँ र सहरको दूरी कम गर्ने र काठमाडौंमा बसेर पनि गाउँमा भएको उत्पादनको प्रयोग गर्न सकिने उनको बुझाइ छ। 

कम्पनी चलाउनै चुनौती
नेपालमा अहिले पिक एण्ड ड्रपजस्तो कम्पनी सञ्चालन गर्न एकदमै कठिन अवस्था रहेको सहसंस्थापक खनाल बताउँछन्। कोरोना महामारीसँगै इ–कमर्स व्यवसायमा पहिलेभन्दा सुधार भए पनि चुनौतीहरु धेरै भएको उनी बताउँछन्। 

नेपालमा अनलाइन व्यवसायी र यस्तो व्यवसायबाट सामान खरिद गर्ने ग्राहकलाई सहज बनाउने खालको कुनै पनि सरकारी नीति नभएको उनको भनाइ छ। ‘ग्राहकले अर्डर गरेको सामान उपयोगविहीन छ या मन परेको छैन भने त्यसलाई फिर्ता गर्ने वा परिवर्तन गर्न पाउनेजस्ता केही नीति निर्माण नभएकाले पनि अनलाइन व्यवसायमा चुनौती देखिएको छ,’ उनी भन्छन्, 'यसले गर्दा  ग्राहक र व्यवसायीलाई नजिक्याउन समस्या भइरहेको छ।' 

ग्राहकले सामान अर्डर गर्दा दिएको लोकेसन परिवर्तन हुँदा पनि समस्या हुने गरेको खनाल बताउँछन्। यसो हुँदा अनलाइन कम्पनीको खर्चको भार बढ्ने र समय पनि खेर जाने हुन्छ। यस्तै, ग्राहकले अर्डर गरेर पनि सामान नलिने मुख्य समस्या रहेको उनी बताउँछन्। ‘सामान मागेको ठाउँमा पुर्‍यायो, ग्राहक त्यहाँ आएका हुँदैनन्। फिर्ता गरौं, उता व्यवसायीले के भन्लान्, गाली गर्लान् भन्ने डर,’ खनाल  भन्छन्। 

केही ग्राहकले विज्ञापन गरिएको फोटो हेरेर अर्डर गर्छन्। तर, वास्तविकतामा अर्कै पाउँदा पनि अनलाइन कम्पनीलाई नराम्रो ठान्ने गरेको उनको भनाइ छ। ‘यसमा हाम्रो होइन, जसले सामान पठायो उसैको भूमिका हुन्छ, तर ग्राहकको नजरमा हामी नराम्रो हुन्छौं,’ उनी भन्छन्। 

अनलाइन कम्पनीका लागि अर्को चुनौती भनेको नगद नै लिनुपर्ने अवस्था हो। ‘अहिले पनि मानिसहरुले अनलाइन पेमेन्टभन्दा नगदै तिर्न रुचाउने गरेका कारण सामान डेलिभरी गरेर आफूले फेरि क्यास ब्याक गर्नुपर्ने अवस्था छ। यसले पनि समयको सदुपयोग गर्न सजिलो छैन,’ खनाल भन्छन्। 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ : अर्थमन्त्री खनाल युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्... बिहीबार, पुस ३, २०८२
सुन फेरि २ लाख ६० हजार नाघ्यो त्यसअघि सोमबार सुन २ लाख ६० हजार ७०० र आइतबार २ लाख ५८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार, पुस ३, २०८२
एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडीबीको नेपालस्थित आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे । बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको म्याद एक महिना थप बिहीबार, पुस ३, २०८२
ओलीले लिए पद तथा गोपनीयताको शपथ बिहीबार, पुस ३, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, पुस ३, २०८२
रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश बिहीबार, पुस ३, २०८२
एमालेको इतिहासमै कर्णालीले पायो पहिलो पदाधिकारी बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए बिहीबार, पुस ३, २०८२
पोखरेल प्यानलबाट विष्ट र भट्टराई विजयी बिहीबार, पुस ३, २०८२
एमालेको चुनावी परिणाम : यस्तो बन्यो पदाधिकारी टिम बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्