काठमाडाैं- बलिउड अभिनेता आर माधवनलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार माधवनलाई कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
‘फरहानलाई राञ्चोलाई फलो गर्नु नैं थियो। र सधैँजसो भाइरस हाम्रो पछि परिहिरन्छ। तर योपटक मलाई भाइरसलाई समातिसकेको छ। तर अल इज वेल। कोरोना चाँडै नै कुवामा हुनेछ। मायाका लागि सबैलाई धन्यवाद,’ माधवनले सामाजिक सञ्जालमा ‘थ्री इडियट्स’को फोटो राख्दै भनेका छन्।
बलिउड अभिनेता आमिर खानलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियाे। कोरोना संक्रमणपछि उनी क्वारेन्टाइनमा बसेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।