रामेछाप– शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित 'सतीदेवी' सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ।
यस्तै निर्देशनमा भने 'दिमाग खराब'बाट निश्चल बस्नेत सर्वोत्कृष्ट घोषित भए। अभिनेत्रीतर्फ 'दिमाग खराब'बाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट हुँदा 'नाङ्गो गाउँ'बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता भए।
यस्तै सर्वोत्कृष्ट घोषित 'सतीदेवी' पटकथामा पनि आफ्नो कब्जा जमायो। अभिनेत्री मलिका महतले यही सिनेमाबाट बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन भने सत्यराज चौलागाईं निर्देशित तथा मुकुन भुषाल अभिनित 'विच्छेद'ले जुरी मेन्सन अवार्ड जित्यो।
यस्तै रंग संयोजनमा 'दिमाग खराब'का राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए। यसैगरी सर्ट फिल्म तर्फ परिच्छेद सेनको 'मदर' उत्कृष्ट हुँदा बेस्ट कल्चरल फिल्ममा बुद्दिया एस मगर निर्देशित मगर भाषाको 'माराङ'ले बाजी मार्यो।
यस्तै, सिनेमा आर्टस् उत्कृष्ट सिनेमा निर्माण कम्पनी घोषित भयो।
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव अवार्ड विजेता सूची:
१. बेस्ट फिल्म- सतीदेवी
२. जुरी मेन्सन अवार्ड- फिल्म विच्छेद
३.बेस्ट प्रोडक्सन कम्पनी- सिनेमा आर्ट्स नेपाल
४. बेस्ट निर्देशक फिचर फिल्म - निस्चल बस्नेत ( दिमाग खराब)
५. बेस्ट स्क्रिन प्ले फिचर फिल्म - लक्ष्मण सुवेदी फिल्म सतीदेवी
६. बेस्ट एक्टर फिचर फिल्म- दयाहाङ राई फिल्म नाङ्गो गाउँ
७. बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड- मलिका महत सतीदेवी
८. बेस्ट एक्ट्रेस फिचर फिल्म - स्वस्तिमा खड्का फिल्म दिमाग खराव
९.बेस्ट म्युजिकल शर्ट फिल्म - अन्तै माया रणधीर श्रेष्ठ
१०.बेस्ट शर्ट फिल्म जुरी मेन्सन अवार्ड - रित्तो गाउँ रामजी ज्ञवाली
११. बेस्ट शर्ट फिल्म- मदर- परिच्छेद सेन
१२. बेस्ट डकुमेन्ट्री- द आइरन डिगर - अनिल बुढा मगर
१३. बेस्ट एडिटर - बनिश शाह- नाङो गाउँ
१४. बेस्ट सिनेम्याटोग्राफर- संकल्प भुजेल बिच्छेद
१५. बेस्ट कलरिस्ट- राजेन्द्र मोक्तान
१६.बेस्ट कल्चरल फिल्म- माराङ मगर भाषा बुद्दिया एस मगर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।