काठमाडौं– नेपाली सेनाले तयार पारेको नेपाली ‘भारतीय एजेन्ट’मा पूर्वप्रधानमन्त्रीदेखि कवि र गायकसम्मका नाम समेटिएका छन्।
नेपाल लाइभले प्राप्त गरेको उक्त दस्ताबेजमा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, सूर्यबहादुर थापासम्मलाई ‘भारतीय एजेन्ट’का रुपमा औंल्याइएको छ। बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाको भने सूचीमा नाम छैन।
सूचीमा कांग्रेस नेताहरु रामचन्द्र पौडेल, रामवरण यादव, विमलेन्द्र निधि, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, डा शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, चित्रलेखा यादव, प्रदीप गिरी, मोहनबहादुर बस्नेत, अर्जुननरसिंह केसी, रमेश लेखक, मोहमद अफताव आलम लगायतको नाम समावेश छ।
त्यसैगरी, एमालेबाट वामदेव गौतम, सुवास नेम्वाङ, भरतमोहन अधिकारी, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, शंकर पोखरेल, रवीन्द्र अधिकारी, राजेन्द्र पाण्डेलगायत नेताको नाम छ। पञ्चायत पृष्ठभूमिका कमल थापा, दिपक बोहोरा लगायतको पनि नाम समेटिएको छ।
तराई मधेसका नेताहरु विजयकुमार गच्छदार, बद्रीप्रसाद मण्डल, जयप्रकाशप्रसाद गुप्ता, मृगेन्द्रप्रसाद सिंह, पदमनारायण चौधरी, राजेन्द्र महत्तो, रामेश्वर राय यादव, महेन्द्र यादव, विमल श्रीवास्तव, सर्वेन्द्रनाथ शुक्ला, हृदयेश त्रिपाठी, रामजनम चौधरीलगायतको नाम छ।
सैनिक सूचीमा विभिन्न पेशाकर्मीको नाम पनि उल्लेख छ। पत्रकारमा चन्द्र भण्डारी झापा, हरिभक्त शर्मा संखुवासभा, रेवतीरमण सुवेदी भोजपुर, केदार सुवेदी भोजपुर, हरि घिमिरे धनकुटा, शशीशरण झा धनुषा, हरिहर विरही, शम्भु श्रेष्ठ, गोपाल थपलिया, चन्द्रलाल झालगायतको नाम छ।
त्यसैगरी, पूर्व आइजिपी मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, रविन्द्रप्रताप शाह (तत्कालीन एसएसपी, पछि आइजिपी र हाल सांसद), तत्कालीन एआइजी सच्चिदानन्द सिटौला, अनन्तराम भट्टराई, साहित्यकार कमलमणि दीक्षित, डा तुलसी भट्टराई, मानवअधिकारवादी सुशील प्याकुरेल, डा सुन्दरमणि दीक्षित, कवि विष्णुविभू घिमिरेसमेतको नाम छ। कानुन व्यवसायीमा सुशील पन्त, कृष्णप्रसाद भण्डारी, रामनारायण बिडारी लगायतको नाम सूचीमा समेटिएको छ।
यो सूची सेनाको गुप्तचर निकाय डिएमआइ (डिरोट्रेक्ट अफ मिलिटरी इन्टेलिजेन्स) ले २०६० साल माघमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा तयार पारेको हो। सूचीमा थापाको नामको पछाडि ‘प्रम’ लेखिएको छ भने गिरिजाप्रसाद कोइरालाको नामका अगाडि ‘भूतपूर्व प्रम’ लेखिएको छ।
सूचीमा माओवादीका चल्तीका नेताको भने नाम छैन। माओवादी भूमिगत रुपमा सशस्त्र युद्ध गरिरहेको र दरबारले उससँग मिलेर मूलधारका दलहरुलाई समाप्त पार्न वार्ता गरिरहेकाले पनि माओवादी शीर्ष नेतृत्वको नाम सूचीमा नपरेको त्यसबेलाका एक उच्च सैनिक अधिकृतले बताए। जिल्ला तहका केही माओवादी नेताका नाम भने सूचीमा समेटिएको छ।
त्यसबेला दरबारका तर्फबाट माओवादीसँग वार्ता गरिरहेका जर्नेल दीलिप रायमाझी नै डिएमआई प्रमुख थिए। उनकै अग्रसरतामा यो सूची तयार भएको हो। भारतीय गुप्तचर संस्था ‘रअ’ (रिसर्च एन्ड एनालिसिस विङ) सँग साँठगाँठ भएकाहरु सूचीमा समेटिएको सैनिक स्रोतको दाबी छ। अञ्चल र जिल्लागत रुपमा सूची तयार पारिएको छ।
भारतको प्रभावमा पर्ने भनेर चिनिएका नेता मात्र नभई सामान्य मानिसको पनि सूचीमा नाम समेटेर सेनाले निकै अनुसन्धान गरी सूची तयार पारेको भान दिएको छ। तर सूचीमा अधिकांश नाम पूर्वाग्रही ढंगले समेटिएको स्पष्ट देखिन्छ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘सफ्ट कू’ गरी शासन सञ्चालनमा आफ्नो सक्रियता देखाउन थालेपछि राजनीतिक दल, विभिन्न पेशाकर्मीहरु आन्दोलनमा उत्रिएका थिए। त्यसैले सेनाले लोकतन्त्रका पक्षमा कलम चलाउने लेखक, कविको समेत नाम हालेको छ। त्यससँगै तयार पारिएको सूचीमा सेनाले छानी–छानी राजाविरोधी नाम हालेको देखिन्छ।
सूचीमा समावेश सुशील कोइराला र वामदेव गौतमलाई भारतले जहिले पनि आफूविरोधी र पाकिस्तान पक्षधरका रुपमा चित्रित गर्दै आएको छ। भारतीय गुप्तचर संस्थाले तयार पारेको भन्दै ‘पाकिस्तान्स एन्टी–इन्डिया एक्टिभिटिज इन नेपाल’ शीर्षकमा सन् २००० जुन १२ मा इन्डिया टुडेको वेबसाइटमा राखिएको ७८ पृष्ठ लामो रिपोर्टमा सुशील कोइराला, वामदेव गौतम लगायत करिब १ सय ५० जना नेता, व्यापारी, कर्मचारी, सुरक्षाकर्मीलाई पाकिस्तानी गुप्तचर संस्था आइएसआइ (इन्टर सर्भिसेस इन्टेलिजेन्स) एजेन्टको अभियोग लगाइएको छ। तर, तिनै कोइराला र गौतम सेनाको सूचीमा समेटिएका छन्।
केन्द्रीय कारागारमा थुनामा रहेका युनुस अन्सारीको हत्या गर्ने उद्देश्यले भारत राज्य प्रायोजित गुण्डाबाट २०६७ फागुन २६ मा केन्द्रीय कारागारमै गोली प्रहार भएको थियो। युनुसमाथि गोली प्रहार गर्ने सहज वातावरण बनाउनमा त्यसबेला नेपालस्थित भारतीय दूतावासका ‘रअ’ का दोस्रो तहका अधिकारी सुब्रतो दास नै सक्रिय रहेको कुरा उक्त घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदनमै उल्लेख छ।
समितिले कूटनीतिक उन्मुक्तिका कारण पक्राउ गरी कारबाही चलाउन नमिल्ने भएकाले दासलाई ‘पर्सना नन ग्राटा’ भनी देश निकाला गर्न सुझाव दिएको थियो। दासले केन्द्रीय कारागारमै आएर अन्तर्राष्ट्रिय जगतमै कुख्यात अपराधी चाल्र्स शोभराजलाई भेटेर युनुसको गतिविधि निगरानी गर्न लगाएको प्रतिवेदनमा उल्लेख छ। उनै युनुसलाई समेत सेनाले ‘भारतीय एजेन्ट’को सूचीमा राखेको छ।
सेनाको सूचीमा विश्लेषक झलक सुवेदी र उनकी पत्नी लक्ष्मी कार्की सुवेदीको समेत नाम छ। दुवै राजतन्त्रविरोधी आन्दोलनमा सक्रिय थिए। प्रजातन्त्र स्थापनाको आन्दोलनमा होमिएकी कार्कीलाई २०४६ फागुनमा प्रहरीले निर्मम कुटपिट गरी जेल हालेको थियो। निकै दिनसम्म उनको स्थिति सार्वजनिक नभएपछि बाहिर अनेक हल्ला चले। ती हल्ला चिर्न तत्कालीन रानी ऐश्वर्यले आफ्ना दूतका रुपमा शान्ति थपलियालाई टेलिभिजन टिमसहित कार्कीलाई भेट्न पठाएकी थिइन्। तर, कार्कीले थपलियालाई हप्काएर पठाइदिएकी थिइन्। यसै घटना बाहिर ‘लक्ष्मी कार्कीले रानी ऐश्वर्याको मुखमा थुकिदिइन्’ भन्नेसम्मको हल्ला भएको थियो।
राज्यको चरित्र कसरी निर्माण भएको छ र निरंकुश राज्य संयन्त्रले आफ्नो शासन टिकाउन कतिसम्म हर्कत गर्न सक्छ भन्ने दृष्टान्त प्रस्तुत गर्न पनि यो सूची सार्वजनिक गरिएको हो। सेनाले शाहीकालमा तयार पारेको ‘भारतीय एजेन्ट’को सूचीः
मेची
पाँचथर:
भीष्मराज आङदम्बे - पूर्व सांसद, फिदिम - नेपाल तरुण दल
प्रेमराज आङदम्बे - फिदिम
दीपक प्रकाश बाँस्कोटा – फिदिम - नेपाली कांग्रेस
माव विष्ट - वकिल
नरप्रसाद तिमसिना - नेपाली कांग्रेस
भुविक्रम नेम्वाङ
आनन्द विक्रम नेम्वाङ - राप्रपा
तीर्थ सुब्बा - एमाले
विजय याक्थुम्बा
सोनाम लामा - माओवादी
ताप्लेजुङ:
सूर्यमान गुरुङ - कांग्रेस सभापति - ताप्लेजुङ
विजय सुब्बा - एमाले
कृष्ण लिम्बू सुब्बा - राप्रपा
डा केदारनाथ दाहाल
शिव दाहाल – पत्रकार - पूर्व शिक्षा अधिकारी
प्रकाश साम्बाहाम्फे - नेपाली कांग्रेस
मणि लामा - नेपाली कांग्रेस
गौरीमान कडरिया – भीमेश्वर - पूर्व कर्मचारी ने. वि. प्रा.
पूर्णचन्द्र कडरिया – कर्मचारी - शहरी विकास विभाग
हेमचन्द्र गौतम - राप्रपा
इलाम:
सरस्वती राई – इलाम, राप्रपा
कुलबहादुर गुरुङ - पूर्व मन्त्री, नेपाली कांग्रेस
हिमालय कर्माचार्य, सभापति
केशव थापा - सभापति, नेपाली कांग्रेस प्रजातान्त्रिक
तोयनाथ भट्टराई - राप्रपा
बेनुपराज प्रसाई - नेपाली कांग्रेस
झलनाथ खनाल - एमाले
सुभाष नेम्वाङ - एमाले
हरि खनाल - नेपाली कांग्रेस
विजय लामा - नेपाली कांग्रेस
कृष्णबहादुर भट्टराई - राप्रपा
झापा:
राधाकृष्ण मैनाली - एमाले
डिल्ली सिटौला - नेपाली कांग्रेस प्रजातान्त्रिक
कृष्ण सिटौला - संगठन विभाग प्रमुख, नेपाली कांग्रेस
खगेन्द्र सिटौला - नेपाली कांग्रेस
सच्चिदानन्द सिटौला - कर्मचारी एआइझी सचेतता केन्द्र
भक्ति सिटौला - नेविसंघ
रामबाबु प्रसाईं - नेपाली कांग्रेस
सुधीर सिवाकोटी - सभापति, नेपाली कांग्रेस
गोपाल बस्नेत - सचिव नेपाली कांग्रेस प्रजातान्त्रिक
मनकुमार गौतम - नेपाली कांग्रेस प्रजातान्त्रिक
खड्गप्रसाद ओली - एमाले
युक्त भेटवा - एमाले
नारायणसिंह राजवंशी - एमाले
भारतेन्द्र मल्लिक - सद्भभावना
नकुल सिलवाल - पत्रकार
मदन ढकाल
रविन कोइराला - एमाले
चन्द्र भण्डारी - पत्रकार, एमाले
यमप्रसाद भण्डारी - नेपाली कांग्रेस
वीरमणि ढकाल - नेपाली कांग्रेस
डा गोपाल कोइराला - नेपाली कांग्रेस
डा तुलसी भट्टराई – साहित्यकार - नेपाली कांग्रेस
मीनप्रसाद खतिवडा - नेपाली कांग्रेस प्रजातान्त्रिक
चक्रप्रसाद बाँस्तोला - नेपाली कांग्रेस
देवीप्रसाद बाँस्तोला - पूर्व कर्मचारी
ओमप्रसाद सरावगी - व्यापारी, नेपाली कांग्रेस
बुधकरण अग्रवाल - उद्योगपति - नेपाली कांग्रेस
हेम गिरी - नेपाली कांग्रेस
प्रकासचन्द्र मुखिया - राप्रपा
टंकनाथ धमला - राप्रपा
दिलिप राई – राप्रपा
दवीरमण भट्टराई - राप्रपा
मोरङ:
गिरिजाप्रसाद कोइराला – पूर्व प्रधानमन्त्री - नेपाली कांग्रेस
भरतमोहन अधिकारी - पूर्व मन्त्री - एमाले
शैलजा आचार्य - पूर्व उपप्रधानमन्त्री - नेपाली कांग्रेस
बद्रीप्रसाद मण्डल – पूर्व उपप्रधानमन्त्री – सद्भावना
हरिनारायण चौधरी - नेपाली कांग्रेस
आमोदप्रसाद उपाध्याय - पूर्वमन्त्री - नेपाली कांग्रेस
राधाप्रसाद घिमिरे – राप्रपा
पण्डित मेघराज उपध्याय – राप्रपा
डा शेखर कोइराला - उपकुलपति – विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रल्हाद साह – राप्रपा
केदार कोइराला - राप्रपा
गोपाल सुवेदी – राप्रपा
केशबहादुर कार्की – राप्रपा
सुरेन्द्रबहादुर बस्नेत – राप्रपा
लक्ष्मण बस्नेत - नेपाली कांग्रेस
बद्रीनारायण बस्नेत - पूर्वमन्त्री – स्वतन्त्र
डा उपेन्द्र कोइराला - क्याम्पस प्रमुख - एमाले
मदन कोइराला - प्रोफेसर - नेपाली कांग्रेस
लालबाबु पण्डित - पूर्व सांसद - एमाले
सुशील प्याकुरेल – मानवअधिकारवादी - एमाले
सुनसरी:
विजयकुमार गच्छदार - पूर्वमन्त्री – नेपाली कांग्रेस प्रजातान्त्रिक
आनदन्द आचार्य - मानवअधिकारवादी - नेपाली कांग्रेस
भीष्म आचार्य – एमाले
नरेन्द्र चौधरी – राप्रपा
गोपाल कोइराला - राप्रपा
हेमनारायण चौधरी - नेपाली कांग्रेस
गिरिराज आचार्य - पत्रकार – नेपाली कांग्रेस
रामबहादुर बस्नेत – सभापति - नेपाली कांग्रेस
नरेन्द्र खनाल – पत्रकार - राप्रपा
हरिहर कोइराला - पत्रकार - राप्रपा
धरणीधर दाहाल – एमाले
लक्ष्मण मेहता – नेपाली कांग्रेस प्रजातान्त्रिक
हरि बास्तोला – नेपाली कांग्रेस प्रजातान्त्रिक
अमरकुमार गौली – नेपाली कांग्रेस
देवनारायण चौधरी – नेपाली कांग्रेस प्रजातान्त्रिक
जगदीश कुशियत - एमाले
गोपाल सुवेदी - नेपाली कांग्रेस
कोशी
संखुवासभा:
वासु शाक्य - माओवादी
डेडराज खड्का – एमाले
तुलसी न्यौपाने - एमाले
शिवकुमार गौली – नेपाली कांग्रेस प्रजातान्त्रिक
गोपाल शाक्य - नेपाली कांग्रेस प्रजातान्त्रिक
गोपालराज पहाडी – केन्द्रीय सदस्य – नेपाली कांग्रेस
रामगोपाल श्रेष्ठ – नेपाली कांग्रेस प्रजातान्त्रिक
हरिभक्त शर्मा - पत्रकार – एमाले
हरि न्यौपाने – माले
तुलसी दाहाल – नेपाली कांग्रेस
हरि गौतम – नेपाली कांग्रेस
तेह्रथुम:
उर्मिला केसी - नेपाली कांग्रेस
रामनारायण ढुङगाना – नेपाली कांग्रेस
सूर्य सुवेदी – नेपाली कांग्रेस प्रजातान्त्रिक
तुलसी सुब्बा – राप्रपा
कृष्णा सुब्बा – राप्रपा
भरत शर्मा – एमाले
खगेन्द्र ढकाल – एमाले
जय सुब्बा – एमाले
कृष्णबहादुर तुम्बाहाम्फे – एमाले
भोजपुर:
शिव कोइराला – नेपाली कांग्रेस
कृष्णहरि कोइराला – नेपाली कांग्रेस
ज्ञानेन्द्र बहादुर कार्की - नेपाली कांग्रेस प्रजातान्त्रिक
कृष्ण खड्का - नेपाली कांग्रेस प्रजातान्त्रिक
नरेन्द्रबहादुर बस्नेत – नेपाली कांग्रेस प्रजातान्त्रिक
तेजबहादुर बस्नेत – राप्रपा
विष्णुहरि खतिवडा – राप्रपा
उमेशजंग रायमाझी – पूर्व महासचिव – नेविसंघ
रेवतीरमण सुवेदी – पत्रकार
केदार सुवेदी
पदमराज सुवेदी – पूर्व सचिव
परशु प्रधान – पूर्व सहसचिव
शैलेन्द्र साकार – पूर्व कर्मचारी कृषि विकास बैँक
विष्णु चापागाईँ – राप्रपा
मोहन चापागाइँ – पूर्व सांसद – स्वतन्त्र
विजय चापागाइँ – नेपाली कांग्रेस
नारायण कार्की – नेपाली कांग्रेस
शेरधन राई – एमाले
नरेन्द्र कटुवाल – राप्रपा
कुमार राई – नेपाली कांग्रेस प्रजातान्त्रिक
धनकुटा:
सूर्यबहादुर थापा - प्रधानमन्त्री – राप्रपा
हरिराज गुरागाइँ – एमाले
गोपाल गुरागाइँ - एमाले
रकम चेम्जोङ - एमाले
हरि अधिकारी – नेपाली कांग्रेस
देवेन्द्र राई – नेपाली कांग्रेस
मनोहर नारायण श्रेष्ठ - नेपाली कांग्रेस प्रजातान्त्रिक
हरि कुमार राई – राप्रपा
नरेन्द्र थापा – राप्रपा
अजितनारायण सिंह थापा – नेपाली कांग्रेस प्रजातान्त्रिक
अर्जुन थापा – नेपाली कांग्रेस प्रजातान्त्रिक
हरि घिमिरे – पत्रकार - राप्रपा
सन्तोष सन्तोषी राई – नेपाली कांग्रेस
आनन्द सन्तोषी राई – नेपाली कांग्रेस
धर्मेन्द्र पराजुली – माओवादी
देवराज घिमिरे – एमाले
लक्ष्मी उपाध्याय – एमाले
डा रामप्रसाद पोखरेल – राप्रपा
डा दुर्गा पोखरेल – नेपाली कांग्रेस
गोविन्द पोखरेल – राप्रपा
हरिहर पोखरेल - नेपाली कांग्रेस
सगरमाथा
सप्तरी:
जयप्रकाश आनन्द गुप्ता - नेपाली कांग्रेस प्रजातान्त्रिक
अनिस अन्सारी - सद्धभावना (आनन्ददेवी)
मधुप्रसाद सिंह - नेपाली कांग्रेस
रामप्रसाद सिंह - सद्भावना
शिव मधुकर पोखरेल – नेपाली कांग्रेस
अवधेस कुमार झा – नेपाली कांग्रेस
रामनारापण मिश्रा - नेपाली कांग्रेस
प्रमोनानन्द मिश्र - नेपाली कांग्रेस
डा अशोकानन्द मिश्रा - एमाले
आमोदानन्द मिश्रा - कर्मचारी
नागेन्द्र प्रसाद सिंह - नेपाली कांग्रेस प्रजातान्त्रिक
नरेन्द्र प्रसाद सिंह - नेपाली कांग्रेस
बेदानन्द झा - राप्रपा
देवेन्द्र झा – राप्रपा
ललन चौधरी - जनवादी मोर्चा
लक्ष्मणप्रसाद सिंह – जनवादी मोर्चा
राजेन्द्र प्रसाद मिश्रा - जनवादी मोर्चा
खुशीलाल मण्डल – सद्भावना
मृगेन्द्रप्रसाद सिंह – सद्धभावना
गंगा चौधरी - एमाले
देवेन्द्र चौधरी - एमाले
सिराहा:
पदम नारायण चौधरी – नेपाली कांग्रेस
चित्रलेखा यादव - उपसभामुख – नेपाली कांग्रेस प्रजातान्त्रिक
सुरेशचन्द्र दाश – नेपाली कांग्रेस प्रजातान्त्रिक
धर्मनारायण साह – पूर्व सांसद - एमाले
विष्णुबहादुर तामाङ – पूर्व सांसद - माओवादी
कृष्णचरण श्रेष्ठ – राप्रपा
प्रदिप गिरी – केन्द्रिय सदस्य - नेपाली कांग्रेस प्रजातान्त्रिक
शंकर गिरी – कर्मचारी सडक विभाग
सरिता गिरी – सद्भावना
रामनारायण साह – नेपाली कांग्रेस प्रजातान्त्रिक
नथुनी सिंह दनुवार – पूर्व सांसद - नेपाली कांग्रेस
देवराज गोइत – नेपाली कांग्रेस
लगनलाल चौधरी - राप्रपा
उदयपुर:
नारायणबहादुर कार्की - नेपाली कांग्रेस
अर्जुन खड्का - नेपाली कांग्रेस
प्रमोद खड्का बर्मा - नेविसंघ
विदुर बस्नेत – नेपाली कांग्रेस
मनोज बस्नेत – नेपाली कांग्रेस
लक्ष्मीनारायण चौधरी – नेपाली कांग्रेस
राजीव चौधरी – सद्भावना
देवेन्द्र साह कानु – सद्भावना
देवेन्द्र ढुंगाना – एमाले
दिलबहादुर ढुंगाना - एमाले
दिल बहादुर राई – एमाले
दिप बस्नेत – कर्मचारी राष्ट्रिय अनुसन्धान विभाग
खगेन्द्र बस्नेत - पूर्व सचिव
लिलित बहादुर थापा - सह सचिव
हरिबहादुर बस्नेत – शिक्षा मन्त्री – राप्रपा
विष्णुबहादुर राउत - एमाले
सोलुखुम्बु:
बलबहादुर केसी - पूर्वमन्त्री – नेपाली कांग्रेस प्रजातान्त्रिक
पेशलकुमार निरौला – नेपाली कांग्रेस प्रजातान्त्रिक
छवि निरौला – नेपाली कांग्रेस प्रजातान्त्रिक
सीताराम निरौला - नेपाली कांग्रेस प्रजातान्त्रिक
अनारसिंह कार्की - नेपाली कांग्रेस प्रजातान्त्रिक
दलसिंह कार्की - नेपाली कांग्रेस
आङछिङ शेर्पा – राप्रपा
सोनाम छिरिङ्ग शेर्पा - राप्रपा
शिवध्वज बस्नेत – नेपाली कांग्रेस
पुरुषोत्तम बस्नेत – नेपाली कांग्रेस
गोकर्ण राई - नेपाली कांग्रेस
पासाङ शेर्पा – एमाले
कुन्साङ छिरिङ शेर्पा - एमाले
खोटाङ:
पर्शुराम राई – पूर्व मन्त्री – राप्रपा राष्ट्रवादी
केदार राई - राप्रपा
अशोक राई - एमाले
सर्वधन राई – नेपाली कांग्रेस प्रजातान्त्रिक
शिवकुमार बस्नेत – सभापति - नेपाली कांग्रेस
विदुर पौडेल – नेपाली कांग्रेस
भोजराज पोखरेल – पूर्व सचिव – नेपाली कांग्रेस
पदमप्रसाद पोखरेल – नेपाली कांग्रेस
शरदकुमार भट्टराई – नेपाली कांग्रेस
सर्वजित राई – राप्रपा
दानध्वज बस्नेत - कर्मचारी
ओखलढुंगा:
लेखनाथ कोइराला – राप्रपा
तुलसी कोइराला - नेपाली कांग्रेस
माधव कोइराला - कर्मचारी गुठी संस्थान
महेश – नेपाली कांग्रेस प्रजातान्त्रिक
होमनाथ दाहाल - नेपाली कांग्रेस प्रजातान्त्रिक
चम्पक सुनुवार – राप्रपा
रामहरि खतिवडा – नेपाली कांग्रेस प्रजातान्त्रिक
जनकपुर
धनुषा:
शिवधारी यादव - पूर्व सांसद
समिर घिमिरे – नेपाली कांग्रेस
तोरणबहादुर कार्की – पत्रकार - एमाले
भरत अधिकारी – एमाले
कृष्ण यादव – एमाले
डा रामवरण यादव – नेपाली कांग्रेस
विमलेन्द्र निधि – नेपाली कांग्रेस प्रजातान्त्रिक
लिला कोइराला - नेपाली कांग्रेस
देवनारायण यादव – पूर्वमन्त्री – राप्रपा
कृष्णप्रताप मल्ल – पूर्व सांसद - राप्रपा
राजेश्वर नेपाली - पत्रकार
सुशिल घिमिरे
माधव घिमिरे
माधव आधार्य
धमेन्द्र मल्ल
बलराम सुवेदी – राप्रपा
वृषेश चन्द्र - नेपाली कांग्रेस
दामोदर उपाध्याय – नेपाली कांग्रेस
माधव भट्टराई – प्रोफेसर
देवनारायण चौधरी – राप्रपा
शशिशरण झा – पत्रकार
शुभ चन्द्र मिश्रा - प्रोफेसर
रामभरोस कापडी - पत्रकार
सुशीला आचार्य
महोत्तरी:
महेश्वरप्रसाद सिंह – पूर्व मन्त्री – नेपाली कांग्रेस
सीताराम भण्डारी – नेपाली कांग्रेस
गणेश नेपाली – एमाले
रामचन्द्र तिवारी – नेपाली कांग्रेस
महेन्द्र मधुकर यादव – पूर्व सांसद नेपाली कांग्रेस
महेन्द्र यादव - पूर्व सहायक मन्त्री - नेपाली कांग्रेस
सीतानन्लन राय – नेपाली कांग्रेस
दिगम्बर राय – नेपाली कांग्रेस
शरदसिंह भण्डारी - नेपाली कांग्रेस प्रजातान्त्रिक
कृष्णचन्द्र मिश्रा – नेपाली कांग्रेस
भोजराज घिमिरे – राप्रपा
देवेन्द्र मिश्रा – सद्धभावना
रावबिलास राय – राप्रपा
सर्लाही:
रामेश्वर राय यादव - पूर्व मन्त्री – सद्भावना
राजेन्द्र महतो – पूर्व सांसद – सद्भावना
नागेन्द्र राय – सभापति नेपाली कांग्रेस
बासुदेव सरण कोइराला – नेपाली कांग्रेस
माधव कोइराला – नेपाली कांग्रेस
केशव मैनाली – नेपाली कांग्रेस
प्रकाश देवाकोटा - नेपाली कांग्रेस
मेघराज कोइराला – नेपाली कांग्रेस
प्रदिप कोइराला – कर्मचारी कृषि विकास बैंक
हरिशचन्द्र खड्का - नेपाली कांग्रेस
तपसी राय - सद्धभावना
रामनारायण सिंह – राप्रपा
रामचन्द्र राय – राप्रपा
सूर्यनारायण दास – सद्भावना
महेन्द्र यादव – एमाले
जगदिश यादव - एमाले
सिन्धुली:
विपिन कोइराला - सभापति - नेपाली कांग्रेस
मदन ढुङगेल – एमाले
गोमा देवकोटा – पूर्व सांसद – एमाले
कृष्ण देवकोटा – जनमोर्चा
डा ध्रुव शर्मा – नेपाली कांग्रेस प्रजातान्त्रिक
हरिहर विरही – पत्रकार - नेपाली कांग्रेस
रमेशजंग थापा - निर्वाचन आयुक्त
मदनराज शर्मा - पूर्व कर्मचारी
भरतराज शर्मा – पूर्व कर्मचारी
विना कोइराला – नेपाली कांग्रेस
डा सुरेशराज शर्मा - उपकुलपति काठमाडौं विश्वविद्यालय
दोलखा:
लालकुमार खड्का - एमाले
जिप छिरिङ लामा शेर्पा – नेपाली कांग्रेस प्रजातान्त्रिक
जगदीश खड्का – राप्रपा
पिके श्रेष्ठ - राप्रपा
आत्मकृष्ण श्रेष्ठ - नेपली कांग्रेस प्रजातान्त्रिक
मोहन कृष्ण श्रेष्ठ
माधवमणि राज भण्डारी
दीपमणि राजभण्डारी – नेपाली कांग्रेस प्रजातान्त्रिक
ताराबहादुर कोइराला
राजेन्द्र उप्रेती – राप्रपा
कृष्णप्रसाद उप्रेती – राप्रपा
देव बबहादुर केसी – एमाले
रामेछाप:
कैलाश ढुङगेल – एमाले
कृष्णकुमार श्रेष्ठ – राप्रपा
आङफुटी शेर्पा – राप्रपा
लक्ष्मण घिमिरे – नेपाली कांग्रेस
दुर्गा घिमिरे – नेपाली कांग्रेस
जगदिश घिमिरे – नेपाली कांग्रेस
माधव घिमिरे – कर्मचारी
केशवराज घिमिरे – कर्मचारी
उत्तरकुमार श्रेष्ठ – कर्मचारी नेपाली विद्युत् प्राधिकरण
शिवबहादुर खड्का – नेपाली कांग्रेस
रामचन्द्र खड्का– नेपाली कांग्रेस
बागमती
काठमाडौं:
रविन्द्रलाल श्रेष्ठ – पूर्व सांसद– नेपाली कांग्रेस
मार्शल जुलुम शाक्य – पूर्व मन्त्री – नेपाली कांग्रेस
प्रयागराज सिंह सुवाल – नेपाली कांग्रेस
साहना प्रधान – पूर्व मन्त्री – एमाले
डा मथुरा श्रेष्ठ– एमाले
विरेन्द्र भक्त श्रेष्ठ – नेपाली कांग्रेस
मुकुन्द रेग्मी– वरिष्ठ अधिवक्ता – नेपाली कांग्रेस
सिन्धुनाथ प्याकुरेल – माओवादी
हरिहर दाहाल – नेपाली कांग्रेस
सुशिल पन्त – नेपाली कांग्रेस
श्रीहरी अर्याल – नेपाली कांग्रेस प्रजातान्त्रिक
महादेव यादव – नेपाली कांग्रेस प्रजातान्त्रिक
कृष्णप्रसाद भण्डारी
मावध कोइराला – नेपाली कांग्रेस
कमल चित्रकार – नेपाली कांग्रेस प्रजातान्त्रिक
रत्न संसार श्रेष्ठ – नेपाली कांग्रेस
हरिमोहन श्रेष्ठ– कर्मचारी - नेपाल विद्युत् प्राधिकरण
डा जनकलाल कर्माचार्य – कार्यकारी निर्देशक - नेपाल विद्युत् प्राधिकरण
कृतिचन्द्र ठाकुर – पूर्व कार्यकारी निर्देशक - नेपाल विद्युत् प्राधिकरण
गोविन्दबहादुर केसी – महाप्रबन्धक - नेपाल विद्युत् प्राधिकरण – कांग्रेस प्रजातान्त्रिक
गणेशबहादुर श्रेष्ठ – निर्देशक, नेपाल विद्युत् प्राधिकरण – कांग्रेस प्रजातान्त्रिक
भुवनचन्द्र ठकुरी – महाप्रबन्धक, नेपाल विद्युत् प्राधिकरण – कांग्रेस प्रजातान्त्रिक
मेघराज उपाध्याय – नेपाली कांग्रेस प्रजातान्त्रिक
लोकमानसिंह कार्की – सचिव, श्री ५ को सरकार
महेशकुमार उपाध्याय – पूर्व उपकुलपति त्रिभुवन विश्व विद्यालय
श्रीधर खनाल – वरिष्ठ पत्रकार – राप्रपा
रघुनाथ भण्डारी – पूर्व कर्मचारी
बनवारीलाल मित्तल – उद्योगपति
अच्युत नारायण राजभण्डारी – पूर्व प्रमुख निर्वाचन आयुक्त
सूर्यप्रसाद श्रेष्ठ
विष्णुप्रताप साह
दिव्यप्रभा शाही
शिवभक्त शर्मा – सहसचिव, श्री ५ को सरकार
नर्जानन्द वैद्य – सचिव, श्री ५ को सरकार
महेन्द्रनाथ अर्याल – सचिव श्री ५ को सरकार
भरत विमली – नेपाली कांग्रेस
शम्भु श्रेष्ठ – एमाले
गोपाल थपलिया – एमाले
सूर्य भुषाल – नेपाली कांग्रेस
जशोदा प्रधान – नेपाल समता पार्टी
वीरेन्द्र झापाली – नेपाल समता पार्टी
श्रीष शमशेर जबरा – शाही नातेदार
मजुरत्न शाक्य – राप्रपा
अनन्तराम भट्टराई - एआइजी – नेपाली कांग्रेस
हरिवोल भट्टराई – नेपाली कांग्रेस
शरद मिश्र – पूर्व कर्मचारी – नेपाली कांग्रेस
चन्द्रलाल झा – नेपाली कांग्रेस
उज्जवल झा – नेपाली कांग्रेस प्रजातान्त्रिक
गोविन्द प्रसाद प्रधान– नेपाली कांग्रेस प्रजातान्त्रिक
उज्वल शर्मा – नेपाली कांग्रेस
जनार्दश आचार्य – पूर्व सांसद – राप्रपा
मदनमणी दीक्षित – पूर्व उपकुलपति – नेपाली कांग्रेस
ध्रुवचन्द्र गौतम – नेपाली कांग्रेस
कृष्णप्रसाद सिग्देल – नेपाली कांग्रेस
हेमराज शर्मा – कर्मचारी
शेमन्त चापागाईँ – प्रशासक - गुठी संस्थान
सुनिल मानन्धर – वामपन्थी
विष्णुबहादुर मानन्धर – वामपन्थी
कल्याणी शाह
महेशमणि दीक्षित – नेपाली कांग्रेस प्रजातान्त्रिक
चक्रबन्धु अर्याल – पूर्व सचिव
चन्दा रौनियार – नेपाली कांग्रेस
विष्णु विभु घिमिरे – नेपाली कांग्रेस
हसना शाक्य – राप्रपा
अष्टलक्ष्मी शाक्य – पूर्व सांसद – एमाले
भुषाल लामिछाने – नेपाली कांग्रेस
शम्भुशरण कायस्थ – पूर्व सचिव
भरतराज उप्रेती – अधिवक्ता – नेकपा एमाले
अर्जुनप्रसाद लम्साल – नेपाली कांग्रेस
पदम सिंह कार्की – नेपाली कांग्रेस
तारा बराल – नेपाली कांग्रेस
लोकराज बराल – पूर्वराजदूत र प्राध्यापक
रामविनोद भट्टराई – पूर्व सचिव
भानुप्रसाद आचार्य – सचिव, श्री ५ को सरकार
डा किशोरबाबु अर्याल – जलस्रोत सचिव, श्री ५ को सरकार
विजयराज भट्टराई – सचिव, श्री ५ को सरकार
मुकुन्द शर्मा पौडेल
विद्याधर मल्लिक
अनन्तराज पाण्डे
श्रीकान्त रेग्मी
कृष्णप्रसाद शर्मा
खेमराज रेग्मी
तुलसीप्रसाद भट्टराई – सहचिव
प्रकाशमान सिंह – पूर्व मन्त्री – नेपाली कांग्रेस प्रजातान्त्रिक
प्रभाकर अधिकारी – सह सचिव
रमेशचन्द्र नेपाली – पूर्व नायव महाप्रबन्धक, नेपाल दूरसञ्चार संस्थान
डा त्रिरत्न मान्नधर – प्रोफेसर, त्रिभुवन विश्व विद्यालय
प्रेमलाल सिंह – पूर्व मन्त्री – नेपाली कांग्रेस
अच्युत वाग्ले – नेपाली कांग्रेस
देवेन्द्र गौतम – राप्रपा
हरि लम्साल – राप्रपा
कमल जोशी – राप्रपा
भक्तपुर:
माथवरसिंह बस्नेत - नेपाली कांग्रेस प्रजातान्त्रिक
विनोद कायस्तथ – सभापति – नेपाल तरुण दल
राधेश्याम जोन्छे– सभापति – नेपाली कांग्रेस
सुरेन्द्रबहादुर शाह – राप्रपा
अभिराज न्यौपाने – राप्रपा
प्रवीण बन – नेपाली कांग्रेस
देवेन्द्र अवाले – कांग्रेस प्रजातान्त्रिक
महेशबहादुर खत्री – राप्रपा
गोविन्द दुवाल – नेमकिपा
भेषबहादुर कार्की – कांग्रेस प्रजातान्त्रिक
देवराज न्यौपाने – कांग्रेस प्रजातान्त्रिक
सुरेश कार्की– एमाले
सुवर्ण शाक्य– एमाले
राजेन्द्र भुजु – नेपाली कांग्रेस
श्रीकृष्ण नकर्मी – नेपाली कांग्रेस
कृष्णहरि शर्मा – राप्रपा
ललितपुर:
बेखारत्न शाक्य – नेपाली कांग्रेस
जगतराज शाक्य– नेपाली कांग्रेस
डा बुद्धिराज बज्राचार्य – एमाले
केशर बशादुर विष्ट – पूर्व मन्त्री – नेपाली कांग्रेस
सागर शमशेर जबरा - सभापति – कांग्रेस प्रजातान्त्रिक
बासुदेव रिमाल – पूर्व महामन्त्री – नेपाली कांग्रेस
विष्णु गोपाल रिसाल – प्रोफेसर– नेपाली कांग्रेस
गोपाल महर्जन– नेपाल तरुण दल
मदन महर्जन
सुशिला नेपाल – पूर्व सांसद – एमाले
शशि श्रेष्ठ – जनमोर्चा
शशिराज श्रेष्ठ – प्रमुख, मध्य मर्स्याङदी जलविद्युत् आयोजना
कमला मास्के – महासचिव, नेपाल महिला संघ
कमलमणि दीक्षित – साहित्यकार/समाजसेवी – नेपाली कांग्रेस
हर्षमान श्रेष्ठ – पूर्व कर्मचारी
काभ्रे:
वेदप्रसाद श्रेष्ठ – राप्रपा
योगेन्द्र कर्माचार्य – नेपाली कांग्रेस
शैलेन्द्रकुमार उपाध्याय – पूर्वमन्त्री
यादव थपलिया – नेपाली कांग्रेस
सुरेश बजगाइँ – एमाले
देवीप्रसाद चौलागाईँ – राप्रपा
विष्णु हुमागाई – नेपाली कांग्रेस
राजेन्द्र खरेल – नेपाली कांग्रेस प्रजातान्त्रिक
मधु आचार्य – नेपाली कांग्रेस
शिव हुमागाईँ – पूर्व सांसद
बुद्धवीर लामा
प्रेमबहादुर लामा
देबराज लामा – नेपाली कांग्रेस
कमला थापा – नेपाली कांग्रेस
मणिक लामा – माओवादी
उत्तमराज उप्रेती – माओवादी
देवीप्रसाद उप्रेती – माओवादी
पदम त्रिपाठी – माओवादी
रामेश्वर खरेल – नेपाली कांग्रेस
अच्युतकृष्ण खरेल – पूर्व आइजिपी – नेपाली कांग्रेस
पदमराज सापकोटा – माओवादी
पदम खरेल – प्रहरी उपरीक्षक
विदुर सापकोटा – एमाले
कृष्णप्रसाद सापकोटा – एमाले
शिवबहादुर देउजा – पूर्व सांसद – एमाले
यामप्रसाद गौतम – माओवादी
शिवजी प्रसाद पन्त – माओवादी
शिशिर शर्मा – माओवादी
अर्जुननाथ उप्रेती - माओवादी
सिन्धुपाल्चोक:
चन्द्रबहादुर घुरासैनी — एमाले
निमा शेर्पा — एमाले
आङदण्डी शेर्पा — एमाले
पासाङ शेर्पा — एमाले
चन्द्रलाल श्रेष्ठ — नेपाली कांग्रेस
मोहनबहादुर बस्नेत — पूर्व राज्यमन्त्री — नेपाली कांग्रेस प्रजातान्त्रिक
मनकुमार श्रेष्ठ — नेपाली कांग्रेस
अशोक थापा — माओवादी
विनोद मुक्तान — नेपाली कांग्रेस प्रजातान्त्रिक
विकास लामा — नेपाली कांग्रेस प्रजातान्त्रिक
कान्छा लामा — नेपाली कांग्रेस प्रजातान्त्रिक
कृष्ण घले — माओवादी
अमृतकुमार बाहोरा— एमाले
देवराज बजगाईँ — माओवादी
गोविन्द खोखाली — नेपाली कांग्रेस
हरिकृष्ण श्रेष्ठ — नेपाली कांग्रेस
राजेन्द्रमान श्रेष्ठ— माओवादी
कृष्णमान श्रेष्ठ— एमाले
प्रेमध्वज प्रधान — गायककार — नेपाली कांग्रेस
कृष्णध्वज प्रधान — राप्रपा
नुवाकोट:
अर्जुननरसिंह केसी — प्रवक्ता — नेपाली कांग्रेस
जगदिश नरसिंह केसी — सभापति — नेपाली कांग्रेस
बद्रीनरसिंह केसी — सभापति नेपाली कांग्रेस
कान्छा लामा— राप्रपा
कमानसिंह लामा — नेपाली कांग्रेस
वसन्तराज जोशी — नेपाली कांग्रेस
गुणराज लोहनी — नेपाली कांग्रेस
वसन्त लोहनी — नेपाली कांग्रेस प्रजातान्त्रिक
रामप्रसाद अधिकारी — नेपाली कांग्रेस प्रजातान्त्रिक
ध्रुव अधिकारी — नेपाली कांग्रेस
शिव गजुरेल — राप्रपा
सीताराम घिमिरे — नेपाली कांग्रेस प्रजातान्त्रिक
कृष्णमान लामा — नेपाली कांग्रेस प्रजातान्त्रिक
इन्द्रमान लामा — नेपाली कांग्रेस प्रजातान्त्रिक
कुलामान लामा — राप्रपा
निरञ्जन केसी — राप्रपा
कृष्ण केसी — राप्रपा
लक्ष्मण लोहनी — राप्रपा
डा मोहन प्रसाद लोहनी — राप्रपा
विजय लोहनी — नेपाली कांग्रेस
रामकृष्ण थापा — नेपाली कांग्रेस
धादिङ:
ठाकुरप्रसाद शर्मा — राप्रपा
रामनाथ अधिकारी — नेपाली कांग्रेस
रोजेन्द्रप्रसाद पाण्डे — एमाले
बुद्धिमान तामाङ — राप्रपा
शिवराज अधिकारी — नेपाली कांग्रेस प्रजातान्त्रिक
भरत कोइराला — माओवादी
देवेन्द्र प्रताप शाह — नेपाली कांग्रेस
राजेन्द्र प्रताप शाह — नेपाली कांग्रेस प्रजातान्त्रिक
भरत थपलिया — जनमोर्चा
देवप्रकाश त्रिपाठी — पत्रकार — नेपाली कांग्रेस
रविन्द्रप्रताप शाह — एसएसपी
देवेन्द्र पराजुली — माओवादी
कृष्णप्रसाद शर्मा — माओवादी
केशव शर्मा — नेपाली कांग्रेस
हरि अधिकारी — राप्रपा
हरिबहादुर थापा — राप्रपा
योगेन्दसिंह थापा — राप्रपा
रसुवा:
डिबी लामा — नेपाली कांग्रेस प्रजातान्त्रिक
बालचन्द्र पौडेल — नेपाली कांग्रेस प्रजातान्त्रिक
आङदम्बी लामा — नेपाली कांग्रेस प्रजातान्त्रिक
केशरसिंह लामा — राप्रपा
रामकृष्ण आचार्य — राप्रपा
लालु शर्मा — राप्रपा
भीमलाल थकाली — एमाले
नारायणी
रौतहट:
गोविन्दप्रसाद कोइराला — नेपाली कांग्रेस
मदनराज शर्मा — एमाले
राजनाथ भट्टराई — एमाले
वंशीधर मिश्र — एमाले
माधवकुमार नेपाल — महासचिव — एमाले
गोविन्द चौधरी — नेपाली कांग्रेस
उद्धव ढकाल — नेपाली कांग्रेस
राजेन्द्रबाबु यादव — नेपाली कांग्रेस
मोहम्मद अफताव आलम — पूर्व सांसद — नेपाली कांग्रेस
रुपनारायण सिंह — नेपाली कांग्रेस
रामनारायण यादव — नेपाली कांग्रेस
मोहम्मद आरेफ मिया — एमाले
मदनमोहन उपाध्याय — नेपाली कांग्रेस
प्रदीपराज शर्मा — नेपाली कांग्रेस
कमलेशकुमार सिंह — नेपाली कांग्रेस
अशोकानन्द दास — माओवादी
बारा:
मोहम्मद अरिफ— राप्रपा
युनुश अन्सारी — राप्रपा
शेख इन्द्रिस मिया — एमाले
मोहम्मद सिद्धिकी — एमाले
राधेचन्द्र राय यादव — नेपाली कांग्रेस प्रजातान्त्रिक
सीताराम प्रसाद गुप्ता — नेपाली कांग्रेस प्रजातान्त्रिक
जगदीशचन्द्र साह तेली — नेपाली कांग्रेस प्रजातान्त्रिक
तेजनारायण साह — नेपाली कांग्रेस प्रजातान्त्रिक
रघुनाथ मिश्र — नेपाली कांग्रेस प्रजातान्त्रिक
सुनीलचन्द्र श्रेष्ठ — नेपाली कांग्रेस प्रजातान्त्रिक
श्यामजी प्रसाद तिवारी — नेपाली कांग्रेस प्रजातान्त्रिक
शेख अब्दुल्लाह — नेपाली कांग्रेस प्रजातान्त्रिक
दामोदर उप
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।