काठमाडौं- किर्ते दस्तखत गरी रकम निकालेको अभियोगमा मंगलबार राति प्रहरीले युवकलाई पक्राउ गरेको छ। सर्लाही कविलासी नगरपालिका-९ घर भई हाल नागर्जुन नगरपालिका-९ स्यूचाटार बस्दै आएका २८ वर्षीय राजकिशोर मण्डललाई पक्राउ गरेको छ प्रहरीले जानकारी दिएको छ।
_x000D__x000D_
मण्डलले सोही ठाउँ बस्ने प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै कैलाश विकाश बैंकको कलंकी शाखाबाट कीर्ते दस्तखत गरी नगद ५ लाख निकालेका थिए।
_x000D__x000D_
राजकिशोरलाई खोजी गर्ने क्रममा सुन्धारास्थित हिलटन गेस्ट हाउसमा फेला पारी उनीसँगै बसिरहेका सोही ठाउँ बस्ने २८ वर्षीय विकास लामा र सुनका विभिन्न गहना र मोबाइल १ थान गरी करिब १ लाख ६ हजार ८ सय ९२ रुपैयाँ बराबरको धनमाल सहित प्रहरीले पक्राउ गरेको हो।
_x000D__x000D_
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।