काठमाडौं– सामुदायिक लघुवित्तको साधारण सेयर(आइपिओ) निष्कासन तथा बिक्री खुला भएको छ।
_x000D__x000D_
बैंकले निष्कासन गरेको आइपिओमा लगानीकर्ताले मंसिर २ देखि ५ गतेसम्म आवेदन दिन सक्नेछन्।
_x000D__x000D_
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ३ लाख कित्ता आइपिओ निष्कासन गरेको हो।
_x000D__x000D_
लघुवित्तले निष्कासन गरेको तीन लाख कित्ता आइपिओमध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।
_x000D__x000D_
सर्वसाधारण लगानीकर्ताले २ लाख ७३ हजार कित्ताका लागि मात्र आवेदन गर्न सक्नेछन्।
_x000D__x000D_
संस्थाको आइपिओमा न्यूनतम ५० र बढीमा १ हजार ५ सय कित्तासम्म आवेदन दिन सकिने नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।
_x000D__x000D_
लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि आश्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाबाट आवेदन दिनसक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।