काठमाडौं- 'कोइराला विरासत'को छुट्टै छवि छ, नेपाली राजनीतिमा। बिपीदेखि गिरिजाप्रसाद, सुशील, शशांक, शेखर हुँदै सुजातासम्म आइपुग्दा यो विरासतको चर्चा भइरहन्छ। कांग्रेस राजनीतिमा कोइराला परिवारको तरंग कायमै छ अझै, भलै कमजोर प्रभाव नै किन नहोस्।
_x000D__x000D_
तर, कोइराला परिवारकै नयाँ पुस्तामा भने राजनीतिप्रति खास रुचि देखिन्न। नेपाली कांग्रेसका अन्य नेताका छोरा-छोरीहरुमा समेतक राजनीतिक सक्रियता शून्यप्रायः छ। शीर्ष तहका हरेकजसो नेताले आफ्ना छोराछोरी अध्ययनका लागि विदेश पठाउने गरेका छन्। विदेशमा अध्ययन सकेर फर्किएकाहरुमा पनि राजनीतिक रुचि देखिन्न। स्वदेश तथा विदेशमा हुने नेताका सन्ततिलाई कांग्रेस राजनीतिले प्रभाव पार्न सकेको छैन।
_x000D__x000D_
कांग्रेसको नीति, सिद्धान्त र संगठन जस्ता विषयमा उनीहरु खास जानकारी राख्दैनन्।
_x000D__x000D_
अघिल्लो पुस्ता कांग्रेसमा आबद्ध भएकै कारण सोही पार्टीमा आस्था राख्नु्बाहेक अन्य गतिविधिमा उनीहरुको संलग्नता छैन। विदेशमा हुनेहरु अध्ययन वा पेसामा संलग्न छन् भने स्वदेश हुनेहरु पनि जागिरमा आबद्ध छन्। अध्ययनका लागि सन्तानलाई विदेश नपठाउने शीर्ष तहका नेता शून्यप्रायः छन्।
_x000D__x000D_
राजनीति पढेका देउवा-पुत्रलाई राजनीतिमै छैन चासो
_x000D_२०४८ सालमा गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा गृहमन्त्री बनेका कांग्रेसका सभापति शेरबहादुर देउवाले २०४९ सालमा आरजु राणासँग बिहे गरे। देउवा–राणा दम्पत्तीका एक मात्रै पुत्र छन्– जयवीर देउवा।
_x000D__x000D_
उनी २५ वर्षका भए। राजनीतिशास्त्रमा बेलायतबाट स्नातकोत्तर सकेर उनी केही दिनअघि नेपाल फर्केका छन्। तर उनलाई नेपाली राजनीतिप्रति रुचि छैन। उनी फुटबल खेलाडीसमेत हुन्।
_x000D__x000D_
पौडेलकी माइली छोरी महिला संघमा
_x000D_वरिष्ठ नेता रामचन्द्र पौडेलका चार छोरी र एक छोरा छन्। उनीहरु पनि राजनीतिक गतिविधिमा सक्रिय छैनन्। चार दशक उमेर पार गर्न लागेका वरिष्ठ नेताका पुत्र चिन्तनले भारत र लन्डनमा डेढ दशक बिताएका थिए। पाँच वर्षदेखि नेपालमा रहेका पौडेलले व्यवस्थापन र इन्जिनियरिङमा स्नातकोत्तर तहको पढाइ सकेका छन्। कांग्रेसको १२ औं महाधिवेशनमा उनी बेलायतबाट महाधिवेशन प्रतिनिधि बनेका थिए। हाल उनी सामाजिक कार्यमा सक्रिय छन्।
_x000D__x000D_
_x000D__x000D_
पार्टीको सांगठनिक कार्यमा भने उनको कुनै भूमिका देखिँदैन। सुशील कोइराला प्रधानमन्त्री भएको समयमा नेता पौडेलको दबाबले इन्जिनियर छोराले सरकारी पद पाएका थिए। पौडेलपुत्रले त्यसबेला ‘गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय बोर्ड’मा जागिर खाए।
_x000D__x000D_
बुवाको राजनीतिलाई सहयोग पुग्नेगरी पछिल्लो समय उनले युवा जागरण अभियान चलाएका छन्। तर, अभियानको काम प्रभावकारी देखिन्न।
_x000D__x000D_
पौडेलका चार छोरीमध्ये माइली संज्ञा पोखरेल महिला संघमा आबद्ध छिन्। अन्य छोरीहरुको नाम राजनीतिमा सुनिँदैन।
_x000D__x000D_
सिटौला सन्तानलाई छैन राजनीतिमा चासो
_x000D__x000D_
_x000D_कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन्। दुई छोरी अमेरिकामा छन् भने छोरा भारतमा अध्ययन सकेर नेपाल फर्केका छन्। कम्प्युटर इन्जिनियरिङमा उनले स्नातकोत्तर सकेका छन्। आइटी व्यवसायमा आबद्ध उनी राजनीतिमा प्रत्यक्ष संलग्न छैनन्।
_x000D__x000D_
निधि-पुत्र राजनीतिबाट अलग
_x000D_उपसभापति विमलेन्द्र निधिका पुत्र अविरल भारतीय दूतावासबाट प्राप्त छात्रवृत्तिमा भारतमा एमडी गरेका छन्। सेन्ट जेभियर्सबाट प्लस टु सकेका उनले अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयबाट एमपिएच पनि सकेका छन्। गत मे मा नेता निधि छोराको दीक्षान्त कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका थिए। निधि पुत्र पनि राजनीतिमा संलग्न छैनन्।
_x000D__x000D_
सिंह-पुत्र तरुण दलको पार्षद
_x000D_२०४६ सालको जनआन्दोलनको सर्वोच्च कमान्डर गणेशमान सिंहका पुत्र प्रकाशमानले कांग्रेसमा आफ्नो स्थान बनाइरहे। उनलाई पछ्याउँदै जेठो छोरा प्रभासमान पनि राजनीतिमा लागेका छन्। उनी तरुण दलको पार्षद् हुन्।
_x000D__x000D_
सिंहका दुवै छोरा अस्ट्रेलियामा अध्ययन गरी फर्केका छन्। प्रभासमानले राजनीति र अर्थशास्त्रको अध्ययन पूरा गरेका छन्।
_x000D__x000D_
कान्छो छोरा भाष्करमान एक फाउन्डेसनमा कार्यरत छन्। उनी पनि अस्ट्रेलियामा समाजशास्त्र विषयमा अध्ययन पूरा गरी नेपाल फर्किएका हुन्।
_x000D__x000D_
केसी सन्तान राजनीतिमा देखिन्नन्
_x000D_अर्का नेता अर्जुननरसिंह केसीका तीन छोरी र एक छोरा छन्। तर उनीहरुको झुकाव राजनीतिमा देखिन्न।
_x000D__x000D_
जेठी छोरी अर्चना केसी राणा नेपाल पर्यटन बोर्डमा अधिकृत तहको कर्मचारी हुन्। माइली छोरी अन्जना केसी थापा चिकित्सक हुन्। अन्जनाको बिहे कांग्रेस नेता गगन थापासँग भएको हो।
_x000D__x000D_
कान्छी छोरी प्रजनी केसी पाण्डेय परिवारसहित अमेरिकामा छिन्। अमेरिकामा रहेका केसीका छोरा ओमश्री नरसिंह केसी हाल नेपाल फर्किएका छन्। उनले स्नातक तहको अध्ययन सकेका छन्।
_x000D__x000D_
के गर्दैछ महत परिवारको नयाँ पुस्ता?
_x000D_पूर्व अर्थमन्त्रीसमेत रहेका डा रामशरण महतका दुवै सन्तान अमेरिकामा छन्। छोरा रक्षक अमेरिकामै वकालत पेसामा आबद्ध छन्। १२ वर्षदेखि उनी अमेरिकामा बस्दै आएका छन्।
_x000D_छोरी आज्ञा भने पेसाले चिकित्सक पनि हुन्। डा महतको परिवारको नयाँ पुस्ताले पनि राजनीतिमा चासो राख्दैनन्। छोराछोरीसँग दसैं मान्न डा महत अमेरिका गएका थिए। उनी केही दिनअघि नेपाल फर्केका छन्।
_x000D__x000D_
सहमहामन्त्री डा प्रकाशशरण महतकी छोरी प्रसन्ना लाइसेन्स प्राप्त कानुन व्यवसायी हुन्। हाल उनी नेपालमै छिन्। महतपुत्र पुकारसिंह भने आइटीमा स्नातक गर्दैछन्। भारतमा अध्ययनरत उनी पनि हाल नेपालमा छन्। महतले अमेरिकामा पिएचडी गर्ने क्रममा उनको जन्म भएको हो। महतका दुवै सन्तानाम पनि राजनीतिको लगाव छैन।
_x000D__x000D_
कोइराला परिवारको राजनितिक छायाँ छैन नयाँ पुस्तामा
_x000D_कोइराला परिवारमा पनि नयाँ पुस्ता राजनीतिबाट टाढा छ। पार्टी महामन्त्री डा शशांक कोइरालाकी एक मात्रै छोरी छिन्– सुप्रिया। दन्त चिकित्सकका रुपमा अमेरिकामा कार्यरत उनी विवाहित हुन्। अमेरिकामा एमडी तहको अध्ययन सकेर उनले उतै विवाह गरेकी हुन्। नेपाली नागरिकसँग विवाह गरेकी उनी एक दशक अघिदेखि अमेरिकामा छिन्। उनी राजनीतिका विषयमा बेखबर छन्।
_x000D__x000D_
नेहा कोइराला अर्का नेता डा शेखर कोइरालाकी एकमात्रै पुत्री हुन्। भारतको जेएनयु विश्वविद्यालयबाट अध्ययन सकेकी उनी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा परामर्शदाताका रुपमा कार्यरत छिन्। उनले समाजशास्त्र र अंग्रेजीबाट स्नातकोत्तर सकेकी छन्।
_x000D__x000D_
स्वयंसेवीका रुपमा तीन वर्ष माइती नेपालमा कार्यरत उनले आइएनजिओमा कार्य गरेको पाँच वर्ष पुगेको छ। राजनीति क्षेत्रमा अभिरुचि नभएकी उनले सामाजिक चासोका विषयमा भने बुबालाई सल्लाह दिने गरेकी छन्।
_x000D__x000D_
कोइराला परिवारकी कांग्रेस नेतृ सुजाता कोइरालाका एक छोरा र छोरी छन्। तर दुवै राजनीतिबाट अलग।
_x000D__x000D_
बंगलादेशका नागरिकसँग छोरी मेलानीको बिहे भएको छ भने छोरा एमरेस्ट जर्मनीमा छन्। सुजातापुत्री मेलानीले बंगलादेशका नागरिक रुबेल चौधरीसँग बिहे गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।