लन्डन– इंग्ल्यान्डको राष्ट्रिय टिमका लागि अन्तिम खेल खेलेका वाइन रुनीको सुखद् बिदाइ गरिएको छ। बिहीबार वेम्बली रंगशालामा रुनीको बिदाइ खेलमा इंग्ल्यान्डले अमेरिकालाई ३–२ गोलले हरायो।
_x000D__x000D_
मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डको जितमा जिसे लिङगार्डले २५ मिनेटमा गोल गर्दा अलेक्जेन्डर अर्नोल्डले २७ र ७७ मिनेटमा विल्सनल गोल गरे।
_x000D__x000D_
रुनी दोस्रो हाफमा लिङगार्डको स्थानमा मैदान प्रवेश गरेका थिए। विगत २ वर्षदेखि राष्ट्रिय टिममा पर्न संघर्ष गर्न गरिरहेका रुनीले अमेरिकाविरुद्ध कप्तानी गरेका थिए।
_x000D__x000D_
रुनीले सन् २००३ देखि २०१८ वर्षसम्म १५ वर्ष इंग्ल्यान्डको राष्ट्रिय टिमबाट खेल्दा १ सय २० क्याप जिते। उनले इंग्ल्यान्डका लागि ५३ अन्तर्राष्ट्रिय गोल गरे।
_x000D__x000D_
यता बिहीबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले रसियालाई ३–० गोलले हरायो। जर्मनीको जितमा लिरोए सानेले आठौं, निक्लास सुलेले २५ र सेर्जे जिनाब्रीले ४० मिनेटमा गोल गरेका थिए। अन्य खेलमा चेक रिपब्लिकले पोल्यान्डलाई १–० र इजरायलले ग्वाटेमालालाई ७–० गोलले हराएका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।